Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

मधेसी मोर्चा मनाउँदै कांग्रेस, सहमति नभए पनि विधेयक दर्ता गर्ने आश्वासन

\"congres_morcha\"काठमाडौं, २ मंसिर । संविधान संशोधन गरेर मधेसको असन्तुष्टि सम्बोधन गर्ने भन्दै सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतालाई मनाउने प्रयास थालेका छन् । आजको राजधानी दैनिकमा खबर छ –देउवाले बुधबार मोर्चाका नेतासँग छलफल गरी सहमतिका आधारमा नै संविधान संशोधन गर्ने भन्दै मनाउने प्रयास गरेका हुन् । संविधान संशोधनका विषयमा सहमति जुटाउन प्रमुख तीन दल र मोर्चासहितको संघीय गठबन्धनका शीर्ष नेताहरूबीच छुट्टाछुट्टै आन्तरिक छलफल तीव्र बनेको छ । एमाले नेताहरूसँगसमेत मोर्चाका नेताहरूले छलफल अघि बढाउने प्रयास गरिरहेका छन् । कांग्रेस सभापति देउवाले मधेसी मोर्चाका नेताहरूलाई बुधबार आफ्नै संसदीय दलको कार्यालयमा बोलाएर संविधान संशोधन हुने आश्वासन दिँदै नआत्तिन सुझाएका हुन् । शीर्ष नेताबीच छुट्टाछुट्टै आन्तरिक छलफल भइरहेको भए पनि सहमति जुट्न सकेको छैन । सहमति जुटन नसकेका कारण सत्तारूढ दलका नेताहरूले छलफल सकारात्मक भइरहेको भन्दै मधेसी मोर्चाका नेतालाई थामथुम गर्दै साम्य पार्ने प्रयास गरिरहेका छन् । छलफलमा सहभागी सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन विधेयक व्यवस्थापिका–संसद्मा दर्ता गर्नमा सरकारले ढिलाइ गरेको भन्दै मोर्चाका नेताहरूले असन्तुष्टि पोखेका छन् । ‘हामीले तपाईंहरूलाई विश्वास गरेर तीनबुँदे सम्झौता गर्दै प्रधानमन्त्रीलाई समर्थन ग¥यौं, तर त्यो सम्झौताअनुसार सरकारले काम गर्नमा ढिलाइ गरिरहेको छ,’ देउवासँग मोर्चाको भनाइ उद्धृत गर्दै कर्णले राजधानीसँग भने, ‘१५ दिनको अल्टिमेटम दिएका छौं, सम्झौताअनुसार काम अघि बढ्यो भने ठीकै छ, होइन भने अब समर्थन फिर्ता लिएर हामी आन्दोलनमा जान्छौं ।’ संविधान संशोधन विधेयक दर्ताको काममा सरकारले गरिरहेको ढिलाइबारे मोर्चाका नेताहरूले कांग्रेस सभापति देउवा र गृहमन्त्री विमलेन्द्र निधिसँग असन्तुष्टि पोख्दै आन्दोलनमा जानुपर्ने बाध्यता रहेको बताएका हुन । मधेस आन्दोलनका क्रममा घाइतेको उपचार, सहिद घोषणा, क्षतिपूर्ति, न्यायिक छानबिनको काम पनि तीनबुँदे सहमतिअनुसार सरकारले पूरा नगरी आंशिक रूपमा गरेको भन्दै मोर्चाका नेताहरूले असन्तुष्टि जनाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending