Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

भारु ५ सय र हजारमा प्रतिवन्ध, प्रतिव्यक्ति २५ हजार सम्म साट्न दिने भारतको संकेत

\"varu\"काठमााडौं, २८ कात्तिक । एकजना नेपालीले आफूसँग भएको हजार र ५ सय दरको बढीमा २५ हजार भारतीय रुपैयाँ (भारु) सम्म साटेर नेपाली रुपैयाँ लिन पाउने सम्भावना बढेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) सो परिमाणको भारु सटहीका लागि सकारात्मक रहेको र त्यसैअनुसारको व्यवस्था मिलाउन भारतको वित्त मन्त्रालयलाई पत्राचार गरेको हो । आजको राजधानी दैनिकमा खबर छ –नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति २५ हजार भारुसम्म साट्न पाउने व्यवस्था मिलाइदिन आरबीआईलाई पत्राचार गरेको थियो । यस्तै राष्ट्र बैंकका अधिकारीले आरबीआईका अधिकारीहरूलाई टेलिफोन सम्पर्क गरेर पनि त्यस्तो व्यवस्थाका लागि आग्रह गरेका थिए । राष्ट्र बैंकको यस्तो औपचारिक र अनौपचारिक आग्रहलाई आरबीआईले सकारात्मक रूपमा लिएकाले सो परिमाणको भारु सटही हुनसक्ने राष्ट्र बैंकअन्तर्गत विदेशी विनिमय विभागका प्रमुख भीष्म ढुंगानाले जानकारी दिए । ‘प्रतिव्यक्ति २५ हजार भारुसम्मका हजार र ५ सय दरका नोट साट्न पाउने व्यवस्था मिलाउन हामीले गरेको आग्रहलाई आरबीआईले सकारात्मक रूपमा लिएको छ, हामी सकारात्मक छौं भन्ने मौखिक जानकारी आएको र त्यहाँ (भारत) को वित्त मन्त्रालयलाई हाम्रो पत्रसाथ सकारात्मक पहल गरिदिन आरबीआईले पत्राचार गरेकाले हामी धेरै आशावादी छौं,’ विदेशी विनिमय विभागका प्रमुखसमेत रहेका कार्यकारी निर्देशक ढुंगानाले भने । नेपाल राष्ट्र बैंकले हजार र ५ सय दरका २५ हजार भारुसम्मका नोट साट्न पाउने व्यवस्था मिलाई दिन आरबीआईलाई आग्रह गरेको थियो । राष्ट्र बैंकले यो पत्र अर्थ मन्त्रालयलाई पठाएको थियो भने अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत आरबीआईलाई पत्राचार गरेको थियो । आरबीआईले गत शुक्रबार नै यस्तो पत्र आफ्नो रायसहित भारतीय वित्त मन्त्रालयमा पठाएको थियो । आरबीआईले नेपालबाट गएको पत्रका साथ पठाएको रायमा नेपालले उठाएको विषय सान्दर्भिक र जायज भएकाले उचित व्यवस्था गर्नु उपयुक्त हुने उल्लेख गरिएको बुझिएको राष्ट्र बैंकका अधिकारीले बताएका छन् । नेपाल राष्ट्र बैंकले आरबीआईलाई पठाएको पत्रमा भारतको वैदेशिक मुद्रा व्यवस्थापन ऐन (फेमा) को व्यवस्थामा टेकेर २५ हजार भारुसम्मको हजार र ५ सय दरको नोट साट्न पाउनुपर्ने अडान राखेको छ । फेमाको ‘नोटिफिकेसन’मा भारतबाट नेपाल प्रवेश गर्दा एकजना नेपाली वा भारतीय नागरिकले हजार र ५ सय दरका २५ हजार भारुसम्म लान पाउने उल्लेख गरिएको छ । भारतको कानुनअनुसार नेपाल ल्याएको भारु साट्न पाउनुपर्ने अडान राष्ट्र बैंकले गरेको हो । फेमामा नेपालसँगै भुटानमा पनि भारु लिएर जान पाउने व्यवस्था उल्लेख गरिएको छ । नेपालको बैंकिङ प्रणाली बाहिर ठूलो परिमाणमा भारु रहेको हुन सक्ने आँकलन गर्दै राष्ट्र बैंकले नागरिकसँग रहेको नोट साट्न पाउनुपर्ने दाबी गरेको हो । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, होटल, ट्राभल एजेन्सी र मनिचेन्जरहरूमा जम्मा साढे ३ करोड भारु मात्रै रहेको कार्यकारी निर्देशक ढुंगानाले जानकारी दिए । नेपालमा कति होलान् हजार र ५ सयका भारु नोट ? नेपालको औपचारिक बैंकिङ प्रणालीभित्र सो दरका जम्मा साढे ३ करोड भारु मात्रै रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । तर, भारतसँगको आयातनिर्यात व्यापारमा संलग्न व्यापारी, भारतमा गएर ज्याला मजदुरी गर्ने मध्य र सुदूरपश्चिममा सर्वसाधारण नेपाली, भारतको गोर्खा फौजमा कार्यरत नेपालीका परिवार र भारतसँगको सीमावर्ती क्षेत्रका नेपालीसँग यी दरका नोट बढी भएको अनुमान गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending