Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

कान्तिपुरका पत्रकारबारे एउटा बकपत्र

२०६० सालतिर हो, आदरणीय गुरु तथा अग्रज पत्रकार विजयप्रसाद मिश्र र म काठमाडौंको सुनधारा स्थित एक गेष्ट हाउसमा बसेका थियौं । त्यो रात गुरु मिश्र ४ वजेसम्म जागराम बस्नु भयो । कारण थियो, अखबारका लागि उहाँ आफ्नो अन्तरमनको वेदना कागजमा उतार्दै हुनुहुन्थ्यो । गुरु नसुतेपछि म पनि टीभी हेर्दै समय गुजार्दै थिएँ । ३ वजेतिर उहाँले आफ्नो लेखाईको वीट मारेर मलाई पढ्न दिनुभयो । केही थप्न पर्छ कि भनेर सोध्नुभयो । मैले उहाँको आलेख पढें । अन्त्यमा मेरा आँखा आँशुले टलपल भरियो । त्यतिवेला माओवादीका एक नेताले गुरु मिश्रको लेखाईले उनको स्वार्थमा धक्का लाग्दा नेपाली कांग्रेसका नेता तथा जिविसका तत्कालिन सभापति चन्द्रनारायण यादवजस्तै बनाइदिन्छु भनेर पत्रकार मिश्रमाथि धम्की आएको थियो । । त्यो धम्कीले उहाँका पत्नी र बालवच्चा यतिविघ्न भयआतुर भएका थिए की पत्रकारितालाई सधैको लागि तिलान्जली दिन आग्रह गरिरहेका थिए । गुरु मिश्र सिरहा छाड्ने निष्कर्षमा पुगेका थिए । [caption id=\"attachment_101370\" align=\"alignleft\" width=\"206\"]\"arjun-thapaliya\" अर्जुन थपलिया[/caption] आखिरमा उहाँले सिरहा छाड्नै प¥यो । आलेखमा धम्कीपछि उहाँको परिवारमा उत्पन्न भय र त्रासको कारुणिक वर्णन गरिएको थियो । पढिसकेर मैले भने, यस्तो के सीप सिकाउनु भयो गुरु मलाई ? आँशु पुछ्दै मैले यसमा तपाईँको आत्मिक अनुभूति शीर्षकको रुपमा थप्नुस भनेर आग्रह गरे । उहाँले एक हरफ थप्नु भयो “पत्रकारीता पेशाको सुन्दरता ।” त्यो उहाँको आफ्नो पेशाप्रतिको सम्मान पनि होला तर मलाई लाग्यो गुरुले मेरा आँखामा आशु देखेर वा शिष्यले आफूले प्रदान गरेको सीप र ज्ञानप्रति निराशाजनक प्रश्न उठाएकोले उहाँले त्यो कारुणिक वर्णनलाई पत्रकारिता पेशाको सुन्दरता भनेर थप्नुभयो । दुई दिनपछि कान्तिपुरमा त्यो आलेख छापियो । शिर्षक थियो, पत्रकारिता पेशाको सुन्दरता । २०७३ कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालयको परिसरमा कान्तिपुरकर्मी देवनारायण साह भेटिए । उनलाई धरापमा पारिएको खवर सुनेर उनैसँग भेट्न गएको थिए । भेट्नासाथ गहभरी आँशु पारेर उनले भने “दाजु आत्महत्या गरिन यो नै ठूलो साहस देखाएँ मैले ।” उनको कारुणिक अवस्था देखेर म एक क्षण स्तव्ध भए । मैले तत्कालै ढाडस दिँदै भने भाइ हामी पत्रकार अगेनाबीच फूलेका फूल हौं, हामीलाई तातो हावाको डर हुँदैन । न्यायका लागि लड्नु पर्छ । हामीसाथ छौं । उनले प्रश्न गरे– दाजु मसँगमात्रै किन यस्तो हुन्छ ? मेलै उनलाई भने भाइ तिमी मिडिया जगतमा ठूलो रुखको हांँगा भएर बसेका छौ, आँधीले पहिले तिमीलाई भेट्छ । चरित्र हत्याको भिषण विषादले मर्माहत साहलाई मैले सम्झाएँ । बन्दुुक बोक्नेहरुलाई डर हुन्छ अर्कोले मलाई सिध्याउँछ की ? त्यसकारण उसले पहिले आफूसँग असहमतलाई सिध्याउन खोज्छ । बन्दुक बोक्नेहरुमा आफू नसिद्धिने तर अरुलाई सिध्याउने मनोविज्ञान हुन्छ । हामी कलम बोक्छौं । हामी अरुलाई सिध्याउन चाहन्नौं । आफूभन्दा भिन्नमत राख्ने र प्रतिद्वन्द्वीको पनि रक्षा हुनुपर्छ भन्छौं । यही भिन्नता हो बन्दुकधारी र कलमजीवीमा ।
प्रहरीले साहलाई झुठा आरोप लगाएर नैतिक रुपमा उनको शिरोच्छेदन गरेको छ । पत्रकारलाई दच्काएर नियन्त्रणमा राख्ने एसपी ज्ञवालीको मनसुवा हो । हामी यसलाई प्रेस स्वतन्त्रतामाथिको प्रहार भन्छौं ।
घटना अनुसार २०७३ कात्तिक १० गते माडर नाकावाट ‘साना हातहरु’ नामक गैरसरकारी संस्थाका दुई महिला कर्मचारी र जिल्ला प्रहरी कार्यालय सिरहावाट खटिएका प्रहरी टोलीले घरेलु कामदारको रुपमा काम गर्न दिल्ली जान लागेका ४ जना महिला र एक पुरुषलाई चेलीवेटी वेचविखनको आरोपमा पक्राउ ग¥यो । त्यो सूचना पाएर पत्रकार देवनारायण साह समाचार संकलनका लागि घटनास्थल तर्फ गए । घटनास्थल पुगेर के भएको हो ? भनेर सोधिखोजी गर्दा प्रहरीले उनलाई पनि पक्राउ ग¥यो । जिल्ला प्रहरी कार्यालयमा पु¥यायो । हाजिरी जमानीमा कागज गराएर पत्रकार सहालाई केहीवेर पछि मुक्त गरियो र प्रहरीले चेलीवेटी वेचविखनको आरोपमा अनुसंधानको लागि पत्रकार साहलाई पक्राउ गरी सोधपुछ गरेर छाडियो भनेर मिडियालाई सूचना संप्रेषित गर्यो । साहको अपराध यति नै छ की उनी समाचार संकलन गर्न घटनास्थल पुगेर के भएको हो भनेर सोधेछन् । व्यक्तिगत रुपमा पत्रकार साहले एसपी ज्ञवालीको पिँडालुवारी फाँडेका छैनन् । विगतमा पत्रकार साहले संप्रेषण गरेको कतिपय समाचार एसपीविरुद्ध भयो । त्यसैको परिणाम हो उनलाई नियन्त्रणमा लिइयो, कागज गराइयो । कात्तिक १२ गते नै नेपाल प्रहरीका मुख्य कमाण्डर उपेन्द्रकान्त अर्याल जिल्ला प्रहरी कार्यालय सिरहाको निर्माण हुन लागेको भवन शिलान्यास गर्न आएका थिए । उनको स्वागतमा उनकै गृह जिल्लाका लव्ध प्रतिष्ठित र मूर्धन्य व्यक्तित्वहरुको ठूलै जमात उपस्थिति थियो । उहाँले भाषणमा भन्नुभयो– नेपाल प्रहरीले मुस्कानसहितको सेवा , प्रहरी मेरो साथी र व्यावसायिक प्रहरी जस्ता नारा दिएर काम गर्दैछ ।’ पत्रकारहरुलाई विशेष प्रोटेक्सन दिनु भनेर उहाँले निर्देशन पनि जारी गर्नु भएको छ रे । तर यहाँ त अर्कै परिस्थिति छ । १२ हातको टाङ्गले पनि नछुने निर्दोष पत्रकारलाई चेलीवेटी वेचविखन जस्तो नैतिक पत्तन देखिने संगीन फौजदारी अपराधमा फसाइँदै छ । हाम्रो ठहर छ– पत्रकार देवनारायण साह चेलीवेटी वेचविखनको घटनामा १२ कोष टाढा छन् । १२ हाते टाङ्गले पनि उनलाई भेट्दैन । अर्यालको कमाण्डमा रहेको प्रहरीले साहलाई झुठा आरोप लगाएर नैतिक रुपमा उनको शिरोच्छेदन गरेको छ । पत्रकारलाई दच्काएर नियन्त्रणमा राख्ने एसपी ज्ञवालीको मनसुवा हो । हामी यसलाई प्रेस स्वतन्त्रतामाथिको प्रहार भन्छौं । हामीले यो प्रकरणवारे कुरा राख्न प्रहरी महा निरीक्षकँंग समय माग्यौं तर उनले व्यस्त छु भनेर पछि कुरा गर्छु भने । घटनावारे थोरै कुरा तै पनि कानमा खुसुक्क भन्न भ्यायौं । पूर्व क्षेत्र प्रहरी प्रमुख केशरी राज घिमिरेलाई घटना वारे विस्तृत सुनायौं । प्रहरीले हर हालतमा कानूनको पालना गर्छ, रिसिबी साँध्ने काम गर्दैन, पूर्वाग्रही भएर प्रतिशोधपूर्ण कार्य गर्दैन र निर्दोषलाई फसाउँदैन भनेर जनताले तिरेको करवाट तलव खुवाएर राज्यले प्रहरी संगठन संचालन गरेको हो । तर एसपी ज्ञवालीले पत्रकार साहलाई झुठा मुद्दामा फसाउन खोजेर सिरहाको प्रहरी फगत एउटा हथियारधारी जत्था हो भनेर प्रमाणित गर्न खोजेका छन् । खोई सिरहा प्रहरीमा व्यावसायिकता ? तर उनले कुनै प्रतिक्रिया दिएनन् । प्रहरी महानिरीक्षक सिरहावासी हुन् । उनले देख्नासाथ मुस्कुराउँदै के छ हालखवर ? यति नै त अर्थ नहोला मुस्कानसहितको प्रहरी सेवाको । उनले भाषण गरेको सुनियो वरु पानी र खाना नभए पनि मानिस केहीवेर थात थलोमै बस्छन् । तर सुरक्षा भएन भने एक क्षण बस्न सक्दैनन् । असुरक्षाको स्थिति ज्यादै भयावह हुन्छ । आईजी साहव, सामान्य नागरिकका लागि तपाईँले भनेको भन्दा पनि विकराल अवस्था हो राज्य शक्तिको दुरुपयोगवाट हुने असुरक्षा । बन्दुकधारी राज्यको अंग प्रहरीवाट श्रृजना गरिएको अहिलेको अवस्थाले ज्यान र प्रतिष्ठा सवै खतरामा छ सिरहाली पत्रकारहरुको । हामी दारुण दुख र भय महसुस गरिरहेका छौं । सिरहाका पत्रकारले प्रहरीवाट अहिले असुरक्षा र भयावह स्थिति महसुस गरिरहेका छन् । निर्दोष फसाईने समाजलाई वर्वर भनिन्छ आईजी साहेव । हिन्दीमा एउटा भनाइ छ, सिर्फ हाँगामा खडा करनेका मकसद नही होना चाहिए , परिस्थितियो मे कुछ बदलाव होना चाहिए । नारा मात्र दिनु हल्ला खडा गर्नु हो । परिस्थिति फेरिएको हामी अनुभुति गर्न चाहन्छौ । प्रहरी बदलिएको हेर्न चाहन्छन् जनता ।
हिन्दीमा एउटा भनाइ छ, सिर्फ हाँगामा खडा करनेका मकसद नही होना चाहिए , परिस्थितियो मे  कुछ बदलाव होना चाहिए ।
हामी कानूनी राज्यका पक्षपाति र हिमायति हौं । त्यसकारण हामी यो पनि भन्छौ, यदि पत्रकार साह दोषी छन् भने उनलाई उन्मुक्ति दिनु हुंदैन । तर उनी निर्दोष देखिए भने र प्रहरीले प्रतिशोध लिनका लागि उनलाई फसाएको रहेछ भने दोषी प्रहरीमाथि कारवाही गरिनु पर्छ । हाम्रो न्युनतम आग्रह छ आईजी साहवसँग एउटा स्वतन्त्र र निष्पक्ष आयोग बनाएर घटनाकोे छानविन गरियोस् र सत्य तथ्य बाहिर ल्याइयोस् । अन्यथा प्रहरीमा सुधार होईन सिर्फ हांगामा खडा गर्न लागेको ठहर्छ । जहाँसम्म भय त्रासको कुरा छ हाम्रा आदर्नीय गुरु विजय मिश्रले यसलाई पत्रकारिता पेशाको सुन्दरता भनेर सिकाउनु भएकै छ । सिरहामा प्रहरी निर्दोष पत्रकार विरुद्ध शुन्य सहनशिलताको नीतिमा छ । हामी धम्की डर त्रासलाई पूर्ण धैर्यताकोे नीतिले पराजीत गरौंला । तर १३ वर्षको अन्तरालमा राज्य र राज्य ईतर बन्दुकधारी शक्तिले पत्रकारमाथि धावा बोलेको यी दुई घटना सिरहाली पत्रकारहरु मानसपटलमा लामो समयसम्म रहिरहने छ । arjunactivist@gmail.com (थपलिया सिरहाका पत्रकार हुन् ।)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending