Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कान्तिपुरका पत्रकारबारे एउटा बकपत्र

२०६० सालतिर हो, आदरणीय गुरु तथा अग्रज पत्रकार विजयप्रसाद मिश्र र म काठमाडौंको सुनधारा स्थित एक गेष्ट हाउसमा बसेका थियौं । त्यो रात गुरु मिश्र ४ वजेसम्म जागराम बस्नु भयो । कारण थियो, अखबारका लागि उहाँ आफ्नो अन्तरमनको वेदना कागजमा उतार्दै हुनुहुन्थ्यो । गुरु नसुतेपछि म पनि टीभी हेर्दै समय गुजार्दै थिएँ । ३ वजेतिर उहाँले आफ्नो लेखाईको वीट मारेर मलाई पढ्न दिनुभयो । केही थप्न पर्छ कि भनेर सोध्नुभयो । मैले उहाँको आलेख पढें । अन्त्यमा मेरा आँखा आँशुले टलपल भरियो । त्यतिवेला माओवादीका एक नेताले गुरु मिश्रको लेखाईले उनको स्वार्थमा धक्का लाग्दा नेपाली कांग्रेसका नेता तथा जिविसका तत्कालिन सभापति चन्द्रनारायण यादवजस्तै बनाइदिन्छु भनेर पत्रकार मिश्रमाथि धम्की आएको थियो । । त्यो धम्कीले उहाँका पत्नी र बालवच्चा यतिविघ्न भयआतुर भएका थिए की पत्रकारितालाई सधैको लागि तिलान्जली दिन आग्रह गरिरहेका थिए । गुरु मिश्र सिरहा छाड्ने निष्कर्षमा पुगेका थिए । [caption id=\"attachment_101370\" align=\"alignleft\" width=\"206\"]\"arjun-thapaliya\" अर्जुन थपलिया[/caption] आखिरमा उहाँले सिरहा छाड्नै प¥यो । आलेखमा धम्कीपछि उहाँको परिवारमा उत्पन्न भय र त्रासको कारुणिक वर्णन गरिएको थियो । पढिसकेर मैले भने, यस्तो के सीप सिकाउनु भयो गुरु मलाई ? आँशु पुछ्दै मैले यसमा तपाईँको आत्मिक अनुभूति शीर्षकको रुपमा थप्नुस भनेर आग्रह गरे । उहाँले एक हरफ थप्नु भयो “पत्रकारीता पेशाको सुन्दरता ।” त्यो उहाँको आफ्नो पेशाप्रतिको सम्मान पनि होला तर मलाई लाग्यो गुरुले मेरा आँखामा आशु देखेर वा शिष्यले आफूले प्रदान गरेको सीप र ज्ञानप्रति निराशाजनक प्रश्न उठाएकोले उहाँले त्यो कारुणिक वर्णनलाई पत्रकारिता पेशाको सुन्दरता भनेर थप्नुभयो । दुई दिनपछि कान्तिपुरमा त्यो आलेख छापियो । शिर्षक थियो, पत्रकारिता पेशाको सुन्दरता । २०७३ कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालयको परिसरमा कान्तिपुरकर्मी देवनारायण साह भेटिए । उनलाई धरापमा पारिएको खवर सुनेर उनैसँग भेट्न गएको थिए । भेट्नासाथ गहभरी आँशु पारेर उनले भने “दाजु आत्महत्या गरिन यो नै ठूलो साहस देखाएँ मैले ।” उनको कारुणिक अवस्था देखेर म एक क्षण स्तव्ध भए । मैले तत्कालै ढाडस दिँदै भने भाइ हामी पत्रकार अगेनाबीच फूलेका फूल हौं, हामीलाई तातो हावाको डर हुँदैन । न्यायका लागि लड्नु पर्छ । हामीसाथ छौं । उनले प्रश्न गरे– दाजु मसँगमात्रै किन यस्तो हुन्छ ? मेलै उनलाई भने भाइ तिमी मिडिया जगतमा ठूलो रुखको हांँगा भएर बसेका छौ, आँधीले पहिले तिमीलाई भेट्छ । चरित्र हत्याको भिषण विषादले मर्माहत साहलाई मैले सम्झाएँ । बन्दुुक बोक्नेहरुलाई डर हुन्छ अर्कोले मलाई सिध्याउँछ की ? त्यसकारण उसले पहिले आफूसँग असहमतलाई सिध्याउन खोज्छ । बन्दुक बोक्नेहरुमा आफू नसिद्धिने तर अरुलाई सिध्याउने मनोविज्ञान हुन्छ । हामी कलम बोक्छौं । हामी अरुलाई सिध्याउन चाहन्नौं । आफूभन्दा भिन्नमत राख्ने र प्रतिद्वन्द्वीको पनि रक्षा हुनुपर्छ भन्छौं । यही भिन्नता हो बन्दुकधारी र कलमजीवीमा ।
प्रहरीले साहलाई झुठा आरोप लगाएर नैतिक रुपमा उनको शिरोच्छेदन गरेको छ । पत्रकारलाई दच्काएर नियन्त्रणमा राख्ने एसपी ज्ञवालीको मनसुवा हो । हामी यसलाई प्रेस स्वतन्त्रतामाथिको प्रहार भन्छौं ।
घटना अनुसार २०७३ कात्तिक १० गते माडर नाकावाट ‘साना हातहरु’ नामक गैरसरकारी संस्थाका दुई महिला कर्मचारी र जिल्ला प्रहरी कार्यालय सिरहावाट खटिएका प्रहरी टोलीले घरेलु कामदारको रुपमा काम गर्न दिल्ली जान लागेका ४ जना महिला र एक पुरुषलाई चेलीवेटी वेचविखनको आरोपमा पक्राउ ग¥यो । त्यो सूचना पाएर पत्रकार देवनारायण साह समाचार संकलनका लागि घटनास्थल तर्फ गए । घटनास्थल पुगेर के भएको हो ? भनेर सोधिखोजी गर्दा प्रहरीले उनलाई पनि पक्राउ ग¥यो । जिल्ला प्रहरी कार्यालयमा पु¥यायो । हाजिरी जमानीमा कागज गराएर पत्रकार सहालाई केहीवेर पछि मुक्त गरियो र प्रहरीले चेलीवेटी वेचविखनको आरोपमा अनुसंधानको लागि पत्रकार साहलाई पक्राउ गरी सोधपुछ गरेर छाडियो भनेर मिडियालाई सूचना संप्रेषित गर्यो । साहको अपराध यति नै छ की उनी समाचार संकलन गर्न घटनास्थल पुगेर के भएको हो भनेर सोधेछन् । व्यक्तिगत रुपमा पत्रकार साहले एसपी ज्ञवालीको पिँडालुवारी फाँडेका छैनन् । विगतमा पत्रकार साहले संप्रेषण गरेको कतिपय समाचार एसपीविरुद्ध भयो । त्यसैको परिणाम हो उनलाई नियन्त्रणमा लिइयो, कागज गराइयो । कात्तिक १२ गते नै नेपाल प्रहरीका मुख्य कमाण्डर उपेन्द्रकान्त अर्याल जिल्ला प्रहरी कार्यालय सिरहाको निर्माण हुन लागेको भवन शिलान्यास गर्न आएका थिए । उनको स्वागतमा उनकै गृह जिल्लाका लव्ध प्रतिष्ठित र मूर्धन्य व्यक्तित्वहरुको ठूलै जमात उपस्थिति थियो । उहाँले भाषणमा भन्नुभयो– नेपाल प्रहरीले मुस्कानसहितको सेवा , प्रहरी मेरो साथी र व्यावसायिक प्रहरी जस्ता नारा दिएर काम गर्दैछ ।’ पत्रकारहरुलाई विशेष प्रोटेक्सन दिनु भनेर उहाँले निर्देशन पनि जारी गर्नु भएको छ रे । तर यहाँ त अर्कै परिस्थिति छ । १२ हातको टाङ्गले पनि नछुने निर्दोष पत्रकारलाई चेलीवेटी वेचविखन जस्तो नैतिक पत्तन देखिने संगीन फौजदारी अपराधमा फसाइँदै छ । हाम्रो ठहर छ– पत्रकार देवनारायण साह चेलीवेटी वेचविखनको घटनामा १२ कोष टाढा छन् । १२ हाते टाङ्गले पनि उनलाई भेट्दैन । अर्यालको कमाण्डमा रहेको प्रहरीले साहलाई झुठा आरोप लगाएर नैतिक रुपमा उनको शिरोच्छेदन गरेको छ । पत्रकारलाई दच्काएर नियन्त्रणमा राख्ने एसपी ज्ञवालीको मनसुवा हो । हामी यसलाई प्रेस स्वतन्त्रतामाथिको प्रहार भन्छौं । हामीले यो प्रकरणवारे कुरा राख्न प्रहरी महा निरीक्षकँंग समय माग्यौं तर उनले व्यस्त छु भनेर पछि कुरा गर्छु भने । घटनावारे थोरै कुरा तै पनि कानमा खुसुक्क भन्न भ्यायौं । पूर्व क्षेत्र प्रहरी प्रमुख केशरी राज घिमिरेलाई घटना वारे विस्तृत सुनायौं । प्रहरीले हर हालतमा कानूनको पालना गर्छ, रिसिबी साँध्ने काम गर्दैन, पूर्वाग्रही भएर प्रतिशोधपूर्ण कार्य गर्दैन र निर्दोषलाई फसाउँदैन भनेर जनताले तिरेको करवाट तलव खुवाएर राज्यले प्रहरी संगठन संचालन गरेको हो । तर एसपी ज्ञवालीले पत्रकार साहलाई झुठा मुद्दामा फसाउन खोजेर सिरहाको प्रहरी फगत एउटा हथियारधारी जत्था हो भनेर प्रमाणित गर्न खोजेका छन् । खोई सिरहा प्रहरीमा व्यावसायिकता ? तर उनले कुनै प्रतिक्रिया दिएनन् । प्रहरी महानिरीक्षक सिरहावासी हुन् । उनले देख्नासाथ मुस्कुराउँदै के छ हालखवर ? यति नै त अर्थ नहोला मुस्कानसहितको प्रहरी सेवाको । उनले भाषण गरेको सुनियो वरु पानी र खाना नभए पनि मानिस केहीवेर थात थलोमै बस्छन् । तर सुरक्षा भएन भने एक क्षण बस्न सक्दैनन् । असुरक्षाको स्थिति ज्यादै भयावह हुन्छ । आईजी साहव, सामान्य नागरिकका लागि तपाईँले भनेको भन्दा पनि विकराल अवस्था हो राज्य शक्तिको दुरुपयोगवाट हुने असुरक्षा । बन्दुकधारी राज्यको अंग प्रहरीवाट श्रृजना गरिएको अहिलेको अवस्थाले ज्यान र प्रतिष्ठा सवै खतरामा छ सिरहाली पत्रकारहरुको । हामी दारुण दुख र भय महसुस गरिरहेका छौं । सिरहाका पत्रकारले प्रहरीवाट अहिले असुरक्षा र भयावह स्थिति महसुस गरिरहेका छन् । निर्दोष फसाईने समाजलाई वर्वर भनिन्छ आईजी साहेव । हिन्दीमा एउटा भनाइ छ, सिर्फ हाँगामा खडा करनेका मकसद नही होना चाहिए , परिस्थितियो मे कुछ बदलाव होना चाहिए । नारा मात्र दिनु हल्ला खडा गर्नु हो । परिस्थिति फेरिएको हामी अनुभुति गर्न चाहन्छौ । प्रहरी बदलिएको हेर्न चाहन्छन् जनता ।
हिन्दीमा एउटा भनाइ छ, सिर्फ हाँगामा खडा करनेका मकसद नही होना चाहिए , परिस्थितियो मे  कुछ बदलाव होना चाहिए ।
हामी कानूनी राज्यका पक्षपाति र हिमायति हौं । त्यसकारण हामी यो पनि भन्छौ, यदि पत्रकार साह दोषी छन् भने उनलाई उन्मुक्ति दिनु हुंदैन । तर उनी निर्दोष देखिए भने र प्रहरीले प्रतिशोध लिनका लागि उनलाई फसाएको रहेछ भने दोषी प्रहरीमाथि कारवाही गरिनु पर्छ । हाम्रो न्युनतम आग्रह छ आईजी साहवसँग एउटा स्वतन्त्र र निष्पक्ष आयोग बनाएर घटनाकोे छानविन गरियोस् र सत्य तथ्य बाहिर ल्याइयोस् । अन्यथा प्रहरीमा सुधार होईन सिर्फ हांगामा खडा गर्न लागेको ठहर्छ । जहाँसम्म भय त्रासको कुरा छ हाम्रा आदर्नीय गुरु विजय मिश्रले यसलाई पत्रकारिता पेशाको सुन्दरता भनेर सिकाउनु भएकै छ । सिरहामा प्रहरी निर्दोष पत्रकार विरुद्ध शुन्य सहनशिलताको नीतिमा छ । हामी धम्की डर त्रासलाई पूर्ण धैर्यताकोे नीतिले पराजीत गरौंला । तर १३ वर्षको अन्तरालमा राज्य र राज्य ईतर बन्दुकधारी शक्तिले पत्रकारमाथि धावा बोलेको यी दुई घटना सिरहाली पत्रकारहरु मानसपटलमा लामो समयसम्म रहिरहने छ । arjunactivist@gmail.com (थपलिया सिरहाका पत्रकार हुन् ।)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending