Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

संसदको स्वास्थ्य उपसमितिले सुनकुमारीलाई भेट्यो

\"sunkumari-750\"भैरहवा, २६ कात्तिक । रोल्पा थबांग झकिबांगकी ४८ वर्षिय सुनकुमारी नेपालीको स्वास्थ्य अवस्था बुझी उपचारमा कुनै कसुर बाँकी नराख्न संसदको स्वास्थ्य उपसमितिले युसीएमएस भैरहवालाई निर्देशन दिएको छ । आर्थिक अभावका कारण अस्पतालको शैयामा मृत्युसगँ जुधिरहेकी नेपालीको समस्याको बारेमा विभिन्न सञ्चार माध्यमबाट थाहा पाएपछि संसदीय उपसमितिले युसीएमएसमै पुगी भेटेको थियो । आइसीयु वार्डको बेड नम्बर ८ मा कोमामा रहेकी सुनकुमारीलाई भेटेपछि संसदीय टोलीले युसीएमएसका प्रबन्ध निर्देशक खुमा अर्याललाई उपचारमा कुनै कसुर नराख्न निर्देशन दिएको हो । टोलीले सुनकुमारीको कुरुवा बसेकी १३ वर्षिय बालिका विनिता नेपालीलाई समेत भेटी नआत्तिन आग्रह गर्दै उनको उपचारको लागी संसदबाटै पहल गर्ने आश्वासन पनि दिएको छ । सुनकुमारीलाई भेटेपछि उपसमितिका संयोजक सांसद जीवन परियारले पत्रकारहरुसंग भने “हामीले सुनकुमारीलाई आईसीयु वार्डमै भेटेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लियौं । तत्काल युसीएमएसको व्यवस्थापनलाई निर्देशन पनि गरेका छौं की उनको उपचारमा कुनै कमी नहोस् । ” टोलीको सदस्य सांसद अनुराधा थापा मगरले बालिका विनितालाई आश्वस्त पार्दै भनेकी छन् “आर्थिकको कारण उपचार रोकिदैन । तत्काल उपचारको जिम्मा लिएको लुम्बिनी प्रेस क्लबसंग समन्वय गरेर हाम्रो उपसमितीले पनि सहयोग गर्छ । ” संयोजक सांसद परियारले विनितालाई तत्काल नगद २ हजार सहयोग गर्दै भने “नानु तिमी नआत्तिनु, हामी छौं आमाको उपचार राम्रो हुन्छ । केही समस्या परे मलाई सम्पर्क गर्नु ।” पश्चिमी क्षेत्रको शिक्षण अस्पतालहरुको अनुगमन गर्न आएको उक्त टोलीले भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा (युसिएमएस) उपचाररत सुनकमारी नेपालीको स्वास्थ्य अवस्था बारे जानकारी लिएको युसिएमएसका जनसम्पर्क अधिकृत शुशिल गुरुङ्गले बताए । सुनकुमारीको स्वास्थ्य अवस्था बारे जानकारी लिएपछि संसदीय टोलीले पत्रकारहरुसगँ संक्षिप्त कुरा गर्दै सुनकुमारी उपचारमा लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरले गरेको कार्य सराहनिय भएको उल्लेख गर्दै आफुहरुले पनि सहज उपचारको लागि पहल गर्ने प्रतिवद्धता जनाएका थिए । संसदीय उपसमितिमा संयोजक परियार सहित सदस्य सांसदहरु अनुराधा थापामगर, सिन्धू जलेसा, आशा कोइराला, रत्नदेवी गुरुंग र जन्नुतनु निशा सहभागी थिए । सो टोलीले लुम्बिनी प्रेस क्लबको कार्यसमितिसंग सोही विषयमा छलफल समेत गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending