Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

यस्तो छ पूर्वपश्चिम घुमफिरको प्याकेज

\"rara-lake\"काठमाडौँ, २५ कात्तिक । नेपाल पर्यटन बोर्डले घुमफिर वर्षलाई मध्यनजर गरी नयाँ पर्यटकीय प्याकेज तयार गरेको छ ।  निजी पर्यटन व्यवसायीको छाता सङ्गठनसँगको साझेदारीमा बोर्डले पूर्वदेखि पश्चिमसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर प्याकेज तयार गरेको हो । नेपालीलाई घुम्न सजिलो होस् र आन्तरिक पर्यटक बढुन् भन्ने उद्देश्यले घुमफिरको प्याकेज बनाएको बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले जानकारी दिए । “पूर्वदेखि पश्चिमसम्मका विभिन्न स्थान र गतिविधिलाई समेटेर प्याकेज बनाएका छौँ, यी प्याकेजलाई नमुनाका रुपमा १० वटाबाट सुरु गरेका छौँ, प्याकेजले नेपालीको यात्रालाई सहज र सुलभ बनाउनेछ,” उनले भने । बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो)नेपालसँगको सहकार्यमा प्याकेज सार्वजनिक गरेको छ । नयाँ गन्तव्यसहितका प्याकेज व्यवसायीसँगको सहकार्यमा बनाइएकाले पर्यटकका लागि उपयोगी र प्रभावकारी हुने सुवेदी बताए । घुमफिर प्याकेजमा नयाँ गन्तव्य नै बढी छन् । रारा तालदेखि खप्तडसम्मका प्याकेजलाई प्रवद्र्धन गरिनुका साथै सेवाग्राहीको सिधै पहुँचका लागि अनलाइनमा समेत राखिएको बोर्डले जनाएको छ । पहिलो चरणको प्याकेजमा हलेसी महादेव दर्शन टुर, जनकपुरधाम, पाथीभरा मन्दिरको भ्रमण, खप्तड टुर, लुम्बिनी–स्वर्गद्वारी भ्रमण, रारा टुर रहेको छ । ट्रेकिङ, राफ्टिङ, होमस्टे, क्यानोनिङसहितका पर्यटकीय प्याकेज पनि सम्बन्धित संस्थाको सहकार्यमा आउने बताइएको छ । सरकारले बजेट वक्तव्य तथा नीति कार्यक्रममा सन् २०१७ लाई घुमफिर वर्षका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसअनुरुप मातहत निकाय र निजी सङ्घसङ्स्थाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending