Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

विद्यार्थी कम भएका सामुदायिक विद्यालय गाभिने

[caption id=\"attachment_81242\" align=\"aligncenter\" width=\"1000\"]\"फाइल फाइल फोटो[/caption] काठमाडौँ, २५ कात्तिक । शिक्षामन्त्री धनीराम पौडेलले सरकारले नियमावली बनाएर विद्यार्थी कम भएका सामुदायिक विद्यालयलाई अर्को विद्यालयमा गाभिने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र सिकाइ समूहले आज आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पौडेलले अब जारी हुने नयाँ शिक्षा नियमावलीमा विद्यार्थी कम भएका सामुदायिक विद्यालयलाई अर्को विद्यालयमा गाभ्ने र भएका विद्यालयमा गुणस्तरीय शिक्षाको सवाललाई प्राथमिकता दिइने बताए । हाल मुलुकभर करिब ३३ हजार सामुदायिक विद्यालय छन् । नयाँ विद्यालय खोल्नेभन्दा पनि भएका विद्यालयको व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित भएको उनले बताए शिक्षा ऐन (आठौँ संशोधन), २०७३ बमोजिम शिक्षा मन्त्रालयले शिक्षा नियमावली संशोधनको अन्तिम तयारी गरेको जानकारी दिँदै मन्त्री पौडेलले सरोकार भएका पक्षको सुझाव लिएर कानुन र अर्थ मन्त्रालयको रायपछि अर्को साता मन्त्रिपरिषद्मा पेस गरिने बताए । उनले संविधान र सङ्घीयता बमोजिम शिक्षासम्बन्धी कानुन र संरचनामा परिवर्तनका लागि नयाँ शिक्षा ऐनको आवश्यकता औँल्याउँदै अधिकारमा आधारित शिक्षाको व्यवस्थाका लागि आफ्नो ध्यान जाने विश्वास व्यक्त गरे । शिक्षाविद् डा विष्णु कार्कीले विद्यालयलाई नियन्त्रण गर्नेभन्दा व्यवस्थापन गर्ने गरी नियमावली आउनुपर्ने बताए । शिक्षा मन्त्रालयका सहसचिव एवम् नियमावली मस्यौदा कार्यदलका संयोजक डा हरि लम्सालले आएका सबै सुझाव नियमावलीले समेट्न नसक्ने भएकाले ऐन नै परिमार्जन गर्नुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending