Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

दश उत्कृष्ट कृषक पुरस्कृत

पाल्पा, २५ कात्तिक । जिल्ला कृषि विकास कार्यालय पाल्पाले १० जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ । कार्यालयले आज राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारतर्फ मदनपोखराका नगेन्द्रराज पाण्डे, रामपुरका सूर्यप्रसाद रेग्मी र पोखराथोकका लेखनाथ गैरेलाई पुरस्कृत गरेको हेा । प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले प्रतिव्यक्ति नगद रु १० हजार, सम्मान पत्र र दोसल्ला ओढाएर पुरस्कृत कृषकलाई सम्मान गरेका थिए । त्यस्तै जिल्लाका उत्कृष्ट कृषकतर्फ तानसेन–११ का माछापालक कृषक महेश्वर पन्त, देउरालीका मकै बीउ उत्पादक कृषक विष्णु नेपाल, खस्यौली–४ का तरकारी उत्पादक कृषक देवी मल्ल, छहरा–५ का सुन्तला जात फलफूल नर्सरी कृषक खिमबहादुर बगाले, तानसेन–९ का कफी उत्पादक कृषक रेवन्त विष्ट, खानीछाप–९ का मौरीपालक कृषक धर्मराज अधिकारी र मदनपोखरा–४ का सिताके च्याउ उत्पादक कृषक ओमप्रकाश श्रेष्ठलाई नगद रु एक हजार, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरियो । कार्यालयले उत्कृष्ट कर्मचारीतर्फ प्रथम कृषि सम्पर्क केन्द्र दोभानमा कार्यरत कर्मचारी नायब प्राविधिक सहायक पदमलाल घिमिरे र द्वितीय कृषि सेवा केन्द्र खस्यौलीका प्राविधिक सहायक लवकुशप्रसाद कुर्मीलाई क्रमशः नगद रु पाँच हजार र रु तीन हजार र सम्मान पत्र र दोसल्लाले सम्मान गरेको छ । छत्तीसौँ विश्व खाद्य दिवसको अवसरमा ‘भइरहेछ जलवायु परिवर्तन, गर्नुछ छाप दिएर कृषिमा अनुकूलन’ नामक शीर्षकमा भएको माविस्तरीय निबन्ध प्रतियोगितामा प्रथम नमुना जनता मावि तानसेनकी सृष्टि गैरे, द्वित्तीय सिद्धि उच्च मावि आर्यभञ्ज्याङकी अङ्किता गाहा, तृत्तीय दमकडा मावि मदनपोखराका सन्दिप थापा (नेत्रविहीन) र सान्त्वना विष्णु माध्यमिक विद्यालय पोखराथोकका शरणकुमार रायमाझीलाई क्रमशः रु दुई हजार, रु एक हजार ५००, रु एक हजार र रु ८०० र साथमा प्रमाण पत्र वितरण गरिएको योजना शाखाका प्राविधिक ज्ञानकुमार यादवले जानकारी दिनुभयो । सोही प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई किसान परियोजना पाल्पाले कापी, कलम र डायरी प्रदान गरेको छ ।  वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले यस कार्यक्रमले व्यावसायिक कृषिमा कृषकको आकर्षण बढ्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending