Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

स्थानीय तहको निर्वाचन गराउनु नै संविधान कार्यान्वयनः मन्त्री लेखक

\"ramesh-lekhak-750\"भीमदत्तनगर, २५ कात्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन हुनु आवश्यक भएको बताएका छन्। कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधन गरी यसप्रति देखिएका असन्तुष्टि हटाउनु र स्थानीय तहको निर्वाचन गराउनु वर्तमान सरकारको राष्ट्रिय एजेन्डा भएको बताएका हुन् । “स्थानीय तहको निर्वाचन गराउनुनै संविधान कार्यान्वयन हुनु हो ।” मन्त्री लेखकले भने– “त्यसका लागि सरकार तयारीका साथ अघि बढिरहेको छ ।” संविधानप्रति असन्तुष्टि जनाउँदै आएका विषयमा मधेसवादी दलसित लोकतान्त्रिक ढङ्गले समस्याको सम्बोधन गर्न सरकार तयार रहेको उनको भनाइ थियो । त्यसैगरी महाकाली नदीमा चार लेनको ८०० मिटर लम्बाइको पक्की पुल निर्माण सम्बन्धी विस्तृत प्रतिवेदन भारत सरकारलाई अन्तिम सहमतिका लागि पठाइएको छ भन्दै उनले आगामी चार महिनाभित्र पुल निर्माणका लागि बोलपत्र आह्वान हुने विश्वास व्यक्त गरे । साथै डडेल्धुराको शीर्ष, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गास्थित महाकाली नदीमा पक्की पुल बनाउने विषयमा पनि सकरात्मक ढङ्गले अघि बढिरहेको पनि मन्त्री लेखकले जानकारी दिए । मन्त्री लेखकलाई सम्मान रामलिला समिति कञ्चनपुरले आज भीमदत्तनगरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई सम्मान गरेको छ । कञ्चनपुर क्षेत्र नं ४ का निर्वाचित सांसद समेत रहनुभएका मन्त्री लेखकले रामलिला महोत्सवमा पु¥याएको योगदान स्वरुप सो समितिले सम्मान गरेको हो । भीमदत्तनगरमा हालै सम्पन्न रामलिला महोत्सवमा ग सल्लाह, सुझाव एवम् सहयोग गरेको भन्दै समितिले सम्मान गरेको रामलिला उपसमिति संयोजक लोकबहादुर ठकुराठीले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending