Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

मिसकलले जुराएको दृष्टिविहीन जोडी

\"drishti-bihin-750\"मोरङ, २५ कात्तिक । नम्बर गल्ती भएर गरेको फोनकलबाट पनि कतिपय प्रेममा परेर वैवाहिक सम्बन्धमा बाँधिएका घटना समाजमा धेरै सुन्न पाइन्छ । कोही फोनमा बोलेर प्रेम गर्ने र मक्ख हुने तर पछि बास्तविक भेट हुँदा भने पन्छिएर प्रेम सम्बन्ध नै भुल्ने गरेका कुराहरु पनि बेलाबखत चर्चा हुन्छ । तर संयोग नै मान्नुपर्छ, अपरिचित नम्बरबाट आएको फोनकलबाट प्रेम भई एक नेत्रहीन जोडी वैवाहिक सम्बन्धमा बाँधिएका छन् । प्रसङ्ग हो, उर्लाबारी–१ विशालटोलका नेत्रहीन दम्पती ३१ वर्षीय होमबहादुर बयलकोटी र इलाम नयाँबजारकी २४ वर्षीया सम्झना लिम्बूबीचको । झट्ट सुन्दा फिल्मको कथाजस्तो लागेपनि वास्तविक जीवनको कुरा हो यो । अनजानमै सम्झना लिम्बूको मोबाइल नम्बरमा मिस्कल हान्नुभएका बयलकोटीले केटीको मधुर आवाज सुन्न थालेपछि होमले मन थाम्न नसकेपछि निरन्तर ‘मिस कल’ गरिरहे । एक दिन मोबाइलको घण्टी बज्यो । होमले हत्तपत्त फोन उठाए, तर फोन काटियो । सोही नम्बरमा फेरि फोन फर्काए । पहिलोपटकमा फोन उठेन, अर्कोपटक पुनः फोन गर्दा तीनै केटीको आवाज सुनियो । यी दुईबीच फोनमा बाक्लै कुराकानी चल्न थाल्यो । आफूले माया गर्ने र बिहे नै गर्ने कुरा होमबाट आएपछि सम्झना भावुक हुँदै आफू नेत्रहीन भएको बताइन् । सम्झनाले आफू नेत्रहीन भएको बताएपछि होमले आफू पनि नेत्रहीन भएको बताए । त्यसपछि होम र सम्झनाको प्रेम प्रगाढ बन्दै गयो । निरन्तर फोन सम्पर्कमा रहेका यी दुईबीच भेट्ने कुरा चल्यो । त्यसपछि विर्तामोडमा भेट्ने भन्ने कुराको सल्लाह भयो । उनीहरुबीच भेट भयो । दुवैजना एकअर्काबीच छुट्नै नसक्ने भएपछि उनीहरुले प्रेम विवाह गरे । होमबहादुर बयलकोटीले भने, “दुःख गरेर भएपनि सम्झनासँग खुसी छु ।” उनीहरु दुवै गलत नम्बरकै कारण आफ्नो प्रेम सफल बनेकोमा खुशी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending