Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

किराँत धर्म प्रवर्तक फाल्गुनन्द जयन्ती मनाइँदै

\"guru-falgunanda\"काठमाडौं, २५ कात्तिक । राष्ट्रिय विभूति फल्गुनन्दको १३२ औँ जन्मजयन्ती बिहीबार विविध कार्यक्रम गरी मनाईंदैछ । इलामको चारखोलामा वि.स. १९४२ कात्तिक २५ गते जन्मेका किराँत धर्मका प्रवर्तक फलामसिंह लिङदेन फाल्गुनन्द भएका हुन् । उनले १९८८ वैशाख २४ गते पाँचथर लब्रेकुटीमा ‘बृहत किराँत चुम्लुङ’ बसाएर १० बुँदे लिखित सत्यधर्म मुचुल्का’ कायम गरेका थिए । मुचुल्का जारी गरेपछि किराँत समुदायको परम्परा तोड्दै बलिप्रथा र मद्यपानको चलन हटाएर समाज सुधारको अभियान चलाएको भन्दै सरकारले कदरस्वरुप राष्ट्रिय विभूति घोषणा गरेको थियो । फाल्गुनन्दका २००५ साल चैत २२ गते निधन भएको थियो । फाल्गुनन्द जयन्तीकाअनुवारमा तेह्रथुममा विशेष कार्यक्रमको आयोजना गरिएको छ । त्याहाँ किराँत धर्मगुरु अंशीमाङ आत्मानन्द लिङ्देन र पवित्राहाङमा साँवा लिङदेनले संयुक्त रुपमा धार्मिक प्रवचन दिने कार्यक्रम छ । धर्मगुरु लिङदेन दम्पतीले सक्रान्तिबजारमा निर्मित फाल्गुनन्दको १५ फिट अग्लो शालिक अनावरण समेत गर्दैछन् । नेपाल सरकारको ७ लाख रुपैयाँ अनुदान सहयोग र नागरिकको सहयोग गरी कुल २१ लाख रुपैयाँको लागतमा निर्माण गरिएको शालिक अनावरण कार्यक्रममा सहभागी हुन संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगु लगायत तेह्रथुम पुगेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending