Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

पाल्पामा बन्यो सुन्तला टिप्ने मेसिन

पाल्पा, २५ कात्तिक । सुन्तलाका दाना टिप्ने समस्या खेप्दै आएका यहाँका किसानले सुन्तलाका दाना टिप्ने मेसिन प्रयोग गर्न थालेका छन् । सुन्तला टिप्न मेसिनको प्रयोगले अब भुइँबाट नै प्रत्येक सुन्तलाका दाना टिप्न सकिने भएको हो । यस मेसिनको प्रयोगले अब रूखमा चढिरहनुपर्ने झन्झटिलो कामबाट यहाँका किसानलाई राहत मिलेको छ । चापपानी–८ चिलाङ्दीमा सञ्चालित विश्वकर्मा कृषि औजार निर्माण केन्द्रले सुन्तला टिप्ने मेसिन उत्पादन गरेपछि यस भेगका सयौँ सुन्तला उत्पादन गर्ने किसानलाई ठूलो राहत मिलेको हो । सुन्तलाको रूखमा चढ्दा भुइँमा लडिने समस्या रहँदै आएकोमा मेसिनको प्रयोगपछि मानिस अझै सुरक्षित हुन थालेको बताउँछन् । पहाडी जिल्ला पाल्पा सुन्तला उत्पादनका लागि नमुना क्षेत्र बन्दै गएको छ । कृषि औजार निर्माण केन्द्रका सञ्चालक खुमबहादुर विश्वकर्माका अनुसार गोलो आकार भएको मेशिनमा रहेको फलामको भित्री धारिलो भागले सुन्तलाको दाना तान्दा हाँगाबाट काटिएर सुन्तला त्यसको पछाडि रहेको जालीमा अडिने गर्दछ । सुन्तलाको रूखअनुसार लौरो फिट गरेपछि आफ्नो आवश्यकताअनुसार लामो तथा छोटो आकार बनाउन सकिने विश्वकर्माको भनाइ छ । सुन्तला उत्पादन गर्ने किसान हरि बस्यालले आवश्यकतानुसार लौरो फिट गरेर सुन्तलामा मेसिन अडाएर तान्दा सुन्तला जालीमा सङ्कलन हुने बताए । यस मेसिनको जिल्लाको खानीगाउँ, यम्घा, चापपानी, दर्लम, छहरालगायत गाविसमा ठूलो मात्रामा माग हुँदै आएको छ । सुन्तला टिप्ने मौसम भएकाले अहिले दैनिक २० थानभन्दा बढी विक्री हुँदै आएको छ । सुन्तला टिप्ने मेसिनको मूल्य सस्तो भएकाले यो मेसिन प्रयोग गर्नेहरु बढ्दै गएका छन् । स्थानीय बजारमा प्रतिमेसिन तीन सय रुपैयाँमा बिक्री हुँदै आएको सञ्चालक विश्वकर्माले बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending