Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

प्रचण्ड निरङ्कुश तरिकाले चल्न खोजेः नेता पौडेल

\"ramchandra-poudel-750\"बनेपा, २४ कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल निरङ्कुश तरिकाले चल्न खोजेको आरोप लगाएका छन् । नेपाली काँग्रेस बनेपा नगर समितिले आज बनेपामा आयोजना गरेको काँग्रेस नगर सभापतिको प्रथम राष्ट्रिय सम्मेलनमा उनले नेपाली काँग्रेसको आड र भरोसामा निर्माण भएको सरकारले नेपाली काँग्रेसको सल्लाह बिना काम गरेको बताए । पौडेलले भने,“सरकार सञ्चालनका लागि आचारसंहिताको निर्माण गर्नुपर्दथ्यो र कम्तीमा एउटा कार्यक्रम बनाएर अघि जानुपथ्र्यो, तर नेतृत्वले ध्यान दिन सकेन । ” नेतृत्वप्रति आक्रामकरुपमा प्रस्तुत भएका पौडेलले सरकारले जनतालाई उत्साहित बनाउने काम गर्न नसकेको उल्लेख गर्दै सरकारले जनतालाई उत्साहित बनाउने काम गर्न अझै बाँकी रहेको तर्क गरे । “म धेरै ठाउँमा एक्लै बोलिरहेको छु, म एक्लो वृहस्पति भएँ कि भन्ने चिन्ता पनि छ,” उनले पार्टी नेतृत्वको आलोचना गर्दै भने । नेता पौडेलले नेपाली काँग्रेस गाउँ र नगरस्तरका कार्यकर्ताबाट नै सञ्चालन हुने जिकिर गर्दै पार्टी सभापति शेरबहादुर देउवाबाट काँग्रेस चल्न नसक्ने बताए । पार्टी नेतृत्वमा कल्पनाशीलता चाहिन्छ, तर हाम्रो पार्टी नेतृत्वमा त्यस्तो देखिएन, उनले भने । स्थानीय तहको पुनःसंरचनामा जनताको भावनालाई समेट्न नखोजेको आरोप लगाउँदै पौडेलले पुनःसंरचना आयोगले सङख्याको कुरा उठाएर बिथोलेको बताए । पुनःसंरचनाको विषयमा स्थानीय विकास अधिकारीले पार्टीसँग सल्लाह गरेर मात्रै आयोगमा सिफारिस गरेको जिकिर गर्दै उनले पूर्वाधार नभएको क्षेत्रमा लगानी गर्नेगरी पुनःसंरचना गर्ने विषय आफूहरुलाई अमान्य हुने बताए । दुई दिनसम्म चल्ने सो नगर सभापति सम्मेलनमा देशभरका २१७ नगरबाट सभापति सहभागी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending