Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

अमेरिकी राष्ट्रपति चुनाव : एक सन्काहाको जित

\"trump-750\" काठमाडौं, २४ कात्तिक । अमेरिकामा भएको राष्ट्रपतिको चुनावमा सन्काहा उपनाम पाएका डोनाल्ड ट्रम्प बिजय भएका छन् । डेमोक्रेटिक पार्टीका हिलरी क्लिन्टन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा भएको चुनावमा डोनाल्ड ट्रम्पले २ सय ७६ मत ल्याएर बिजय भएका हुन् । राष्ट्रपति चुनावमा जम्मा ५ सय ३८ इलेक्टोरल मत थियो । यो सँगै डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति बनेका छन् । केही वर्ष अघिसम्म धेरैले डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको उम्मेदवार बन्छन् भनेर सोचेका थिएनन् । तर, सबैलार्इ अचम्मित बनाउँदै उनी अमेरिकाको राष्ट्रपति बनेका छन् । राष्ट्रपतिमा जितेसँगै ट्रम्प अमेरिकाकाे सबैभन्दा बढी उमेरका राष्ट्रपति समेत बनेका छन् । २०१६ मा फोब्र्स म्यागजिनले जनाएअनुसार उनी अमेरिकाकै सर्वाधिकधनीको सूचीमा १५६ औं स्थानमा छन् भने संसारमै ३२४ औं स्थानमा छन् । उनको नेटवर्थ करिब ३।७अर्ब डलर रहेको फोब्र्सले २०१६ मा अनुमान गरेको थियो । सन्काहा, महिला र मुश्लिमप्रति अनुदार भनेर चिनिएका ट्रम्पले विजय हासिलगर्ने कुरा अमेरिकाका मुलधारका मिडियाका लागि टाउको दुखाई बनेको छ । किन पनि भने मुलधारका प्रायः मिडिया क्लिन्टनको पक्षमा खुलेआम लागेका थिए र ति कसैले ट्रम्पलाई चुनावी अभियानमा अग्रता देखाएनन् । ट्रम्पको विजयसँगै अमेरिकाका कैंयन स्वतन्त्र पोलहरुको विश्वाश्नियता माथि समेत प्रश्न उठेको छ । ति खासमा क्लिन्टनका पक्षधर थिए भनेर प्रमाणित भएको छ । बाँदरले गरेको थियो ट्रम्पको भविष्यवाणी फुटबल प्रतियोगिता, मौसम, वर्षात् तथा चियाका विषयमा विभिन्न जिवजन्तुहरुले भविष्यवाणी गर्ने गरेको त सुनिएको थियो । तर यो पटक भने एउटा बाँदरले दुनियाकै सबैभन्दा शक्तिशाली देशको राष्ट्रपतिका बारेमा नै भविष्यवाणी गरेको थियो । उक्त बाँदरले अमेरिकी राष्ट्रपति चुनावमा हिलारी क्लिन्टनलाई हराउँदै डोनाल्ड ट्रम्प विजयी हुने र राष्ट्रपति पदको बागडोर डोनाल्ड ट्रम्पको हातमा आउने भविष्यवाणी गरेको थियो । बाँदरले गरेको भविष्यबाणी यतिबेला मिलेको छ । अमेरिकी राष्ट्रपति चुनावको बारेमा भविष्यवाणी गर्ने उक्त बाँदरको नाम गेडा हो । स्मरण रहोस् गेडाले यही वर्ष भएको युरोकप फुटबलको बारेमा समेत सही भविष्यवाणी गरेको थियो । चीनको सिन्हुवाइकोलोजिकलपार्कमाआयोजित एक कार्यक्रममा उक्त बाँदरले ट्रम्प नै अमेरिकाको आगामी राष्ट्रपति बन्ने भविष्यवाणी गरेको हो । समारोह स्थलमा ट्रम्प र हिलारीका एक एक वटा शालिक राखिएको थियो । त्यस पछि पहेँलो रंगको टिसर्ट लगाएको उक्त ज्योतिषी बाँदरलाई कसले चुनाव जित्दछन् भनी छनोट गर्न लगाइएके थियो । बाँदरले सबैलाई चकित पार्दै डोनाल्ड ट्रम्पको शालिकतिर गयो र ट्रम्पको शालिकको अनुहारमा चुम्बन पनि गरेको थियो । स्मरण रहोस् गेडाबाँदरले गएको युरोकप फुटबलअन्तरगत फ्रान्स र पोर्चुगलबीचको खेलको भविष्यवाणी गर्दै खेल पोर्चुगलले जित्ने भविष्यवाणी गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending