Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

अरुसँग लागेको भन्दै आफ्नै घरमा बोलाएर प्रेमिकाको हत्या

\"hatya\"भक्तपुर, २४ कात्तिक । अरू केटासँग सम्बन्ध बढाएको आरोप लगाउँदै आफ्नै घरमा बोलाएर प्रेमिकाको हत्या गर्ने एक युवकलाई प्रहरीले मङ्गलबार भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप जिल्ला रामेछाप नगरपालिका–१ ओख्रेनी स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा बस्दै आएका १९ वर्षीय रेशम भन्ने मुक्तिनाथ लामिछाने रहेका छन् । लामिछानेले यही कात्तिक १३ गते सिन्धुपाल्चोक महाङ्काल–१ स्थायी घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्दै आएकी २३ वर्षीया सन्तोषी भन्ने एलिसा नेपालीलाई बोडेस्थित आफ्नै घरमा बोलाएर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी वृत्त थिमिको संयुक्त टोलीले गरेको अनुसन्धानबाट लामिछानेले गत कात्तिक १२ गते बिहान ११ बजे आफ्नै घरमा बोलाएर काठको मुग्रोले टाउकामा हानेर एलिसाको हत्या गरेको अनुसन्धानबाट खुलेको हो । गत २० गते बोडेको कच्ची सडक किनारामा बोरामा हालेको अवस्थामा एक महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेका थियो । लामिछानेलाई आफन्तकामा लुकेर बसेको अवस्थामा भक्तपुरबाट महाशाखाको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनाको दिन लामिछानेले एलिसालाई फोन गरेर चाबहिलमा भेटी घरमा ल्याएर चिया खुवाएपछि आफूसँग लिएको ४० हजार रुपैयाँ फिर्ता मागेको प्रहरीको भनाइ छ । त्यसपछि आफूलाई छाडेर अर्कै केटा श्याम श्रेष्ठसँग प्रेम सम्बन्ध राखेको आरोप लगाएपछि दुईबीच विवाद भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । विवादमा आवेगमा आएर लामिछानेले दिउँसो १२ बजे घरको भ¥याङ्गमुनि राखेको काठको मुग्रोले पटक पटक टाउकामा हानेर एलिसाको हत्या गरेको लामिछानेले आफ्ना बयानमा सकारेका छन् । हत्यापछि उनले लगाएको कपडा, ब्याग र रगत भएको गलैंचा बोरामा हालेर थिमिको नीलबाराही जङ्गलमा लगेर फ्याँकेको र फर्केर लामिछानेले एलिसाको लासलाई बोरामा हालेर राति नजिकै रहेको बारीमा फ्याँकेको प्रहरीले जानकारी दिएको छ । गत वैशाखमा बूढानीलकण्ठस्थित एक पानी उद्योगमा सँगै काम गर्ने क्रममा यी दुईबीच प्रेम सम्बन्ध रहेको बताइन्छ । गत असोज महिनादेखि एलिसाले अर्कैसँग प्रेम सम्बन्ध राखेको भन्दै लामिछानेले आक्रोश व्यक्त गर्दै आएका थिए । प्रहरीका अनुसार हत्या गरेपछि लामिछानेले मृतककै मोबाइलबाट मृतकका बाबुलाई फोन गरी आफू भारतीय नागरिक भएको र छोरी चाहिने भए डेढ करोड रुपैयाँ लिएर आउनू भन्दै फोन गरेका थिए । हत्यामा संलग्न लामिछानेलाई प्रहरी वृत्त थिमिले हत्या अभियोगमा मुद्दा चलाउने भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending