Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिता हुने

काठमाडौं, २३ कात्तिक । मङसिर ९ गतेदेखि १३ गतेसम्म तेस्रो राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिता काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल मत्स्य व्यवसायी सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा ‘स्वदेशी माछा खाऔं, स्वस्थ्य रहौं’ अभियानकासाथ उक्त महोत्सवको आयोजना हुन गइरहेको छ । आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले महोत्सवमा टिकट प्राप्त गर्नुहुनेका लागि निःशुल्क खाजा कक्ष, परिकार, माछा खाना, उपत्यकाभित्र र बाहिरकाका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था हुने जानकारी दिए । नेपाली माछापालनको उत्पादकत्व वृद्धको खोजी गर्ने उद्देश्यले हुन लागेको उक्त महोत्सवमा माछासँग सम्बन्धित औजार उपकरण तथा दाना, औषधि कम्पनी, सरकारी तथा गैर सरकारी संस्था एवम् अन्य कृषि उपजका गरी ६० वटा कक्ष रहनेछन् । मत्स्य महोत्सवमा पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई जनही ५० हजार, ४०, ३० र २० हजार रुपैयाँ उपलब्ध गराइने छ । राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा माछाको योगदान चार दशमलव शून्य २२ प्रतिशत छ । माछाको लागि बजार प्रचुर सम्भावना छ । आव २०७२/७३ को असार मसान्तसम्म ४० हजार ३३६ वटा पोखरीमा व्यावसायिक माछा उत्पादनकार्य भइरहेको छ । सङ्घका महासचिव जोगेन्द्र महत्तोका अनुसार भारतबाट झन्डै ७० प्रतिशत माछाको आयात भएको छ । आव २०७२/७३ को असार मसान्तसम्म पोखरीबाट ५५ हजार ५०० मेट्रिक टन र प्राकृतिक जलाशय, खोला, तथा तालमा २२ हजार ५०० गरी वार्षिक ७८ हजार मेट्रिक टन माछा उत्पादन भएको थियो । सङ्घले भारतबाट बर्सेनि ५४ हजारदेखि ६० हजार मेट्रिक टनसम्म माछा आयात हुने गरेको जनाएको छ । यस वर्ष गत वर्षको तुलनामा २९ प्रतिशतले माछा आयातमा कमी आएको छ । गत वर्ष ११ हजार १८६ मेट्रिक टन माछा आयात भएकोमा आव २०७२÷७३ को असार मसान्तसम्ममा सात हजार ८८२ मेट्रिक टन माछा उत्पादन भएको छ । आव २०७२/७३ असार मसान्तसम्म ९ हजार ९३४ हेक्टर जलाशयमा व्यावसायिक माछा उत्पादन भएको छ । माछा उत्पादन कार्यका लागि ३५ हजार किसान आवद्ध भएको बताइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending