Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

यही सरकारले चुनाव गर्छ : प्रचण्ड

\"prachanda-750\" खोटाङ, २३ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले स्थानीय निकायको चुनाव गर्ने बताएका छन् । मध्यपहाडी लोकमार्गको निरीक्षणका लागि खोटाङ आएका प्रचण्डले सदरमुकाम दिक्तेलमा आयोजना गरिएको कार्यक्रममा मधेसी, थारु, आदिवासी जनजातिसँग पनि छलफल गरेर राष्ट्रिय सहमतिमै संविधान संशोधन गर्ने वातावरण बनाइने बताउँदै राष्ट्रलाई एकताबद्ध बनाएर यही सरकारले देशलाई निर्वाचनमा लिएर जाने बताए । प्रचण्डले देशमा राष्ट्रिय सहमति बन्दै गएको तथा सत्तापक्ष र प्रतिपक्षबीच सकारात्मक छलफल भइरहेकाले देशले अब चाँडैे समाधान पाउने विश्वास व्यक्त गरे । संविधान संशोधनको मस्यौदा प्रक्रिया सम्बन्धित मन्त्रालयका सचिव र सरकारमा सामेल नेताहरुलाई राखेर अघि बढाइने बताएका छन् । राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गरेर निर्वाचनमा जानेमा सरकार केन्द्रित रहेको स्पष्ट पारे । उनले भने, “ड्राफ्टको प्रक्रियाको सुरुआत हिजो बेलुका (सोमबार)देखि मात्रै सुरु गरेका छौँ, पहिल्यै नै भइसक्यो रे, यो हुने भयो रे, त्यो हुने भयो रे भन्नेजस्ता प्रचारबाजी सत्य होइनन् ।” नयाँ सरकार गठनपछि राष्ट्रिय सहमति गर्ने, राष्ट्रिय एकता सिर्जना गर्ने, संविधान संशोधन गरेर त्यसलाई फराकिलो बनाउने, सर्वस्वीकार्यता बढाउने र पुनःनिर्माणलाई गति दिने तथा छिमेकीसँगको सम्बन्धलाई सुधार गर्दै सुमधुर बनाउनेमा आफू केन्द्रित रहेको बताउँदै उनले भने,“सरकारले चालेको कदममा निरन्तर प्रगति पनि भइरहेको छ ।” सो अवसरमा प्रधानमन्त्रीलाई जिल्लाको विकास निर्माणका अवस्थाका बारेमा स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले जानकारी दिएका थिए । कार्यक्रममा सहभागी जिल्लास्थित शान्ति समितिमार्फत सबै राजनीतिक दल र उद्योग वाणिज्य सङ्घले छुट्टै विभिन्न माग राखेर आफूलाई दिएको ज्ञापनपत्र पनि बुझ्दै प्रधानमन्त्रीले आफू सरकारमा रहेकै समयमा खोटाङवासीका लागि उपलब्धिमूलक काम गर्ने प्रतिबद्धता जनाए । उनले जिल्लामा निर्माणाधीन सबै विकासे योजना तोकिएकै मितिमा सम्पन्न गर्न पनि निर्देशन दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending