Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

नेता र एसपी साहेबको चर्तिकला

घटना २०७३ साल कात्तिक १० गतेको हो । त्रियुगा नगरपालिका ८ उदयपुरका ४ महिला घरेलु कामदारको रुपमा काम गर्न दिल्लीतर्फ जाँदै थिए । तीमध्ये दुईजना वयस्क महिला पहिलेदेखि दिल्लीमा काम गरिरहेका थिए । दशैं मान्न घर आएका उनीहरु फर्केर फेरि काममा जान लागेका थिए । यसपटक दिल्ली जाने क्रममा उनीहरुले आफ्नै सहोदर भतिजीहरु दुई जना १७/१८ वर्षकी किशोरीहरुलाई पनि साथ लिएर जाँदै थिए । ती किशोरीहरुका अभिभावक (आमावुवा, दाजुभाइ र छरछिमेकहरुको) भनाइ छ– ‘पारिवारिक सहमति अनुसार काम गर्नकै लागि ति किशोरीहरुलाई पठाइएको हो । तर प्रहरीले ती किशोरीहरुलाई बेच्न लगेको भन्दै माडर भन्सार नाकावाट सवैलाई पक्राउ ग¥यो । उनीहरुलाई पक्राउ गर्न साना हातहरु नामक गैरसरकारी संस्थाका कर्मचारीहरु विना रोका सहितले प्रहरीलाई खवर गरेको थियो ।’ [caption id=\"attachment_100625\" align=\"alignleft\" width=\"297\"]\"santosh-yadav\" सन्ताेष यादव[/caption] पक्राउ परेका महिलाहरुले नेपाली कांग्रेस क्षेत्र नं. ३ सिरहाका सभापति संजय प्रकाश यादवलाई मद्दत गरिदिन फोन गरे । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय महिला सेलमा ल्याइयो । त्यहाँ बसेर एउटा योजना बनाइयो । त्यसपछि पुनः प्रहरीले पक्राउ परेका महिलाहरुलाई बाहिर चौकमा ल्यायो । पक्राउ परेका महिलाहरुको फोनको डायल नम्बर सूचि हेरेर साना हातहरुका विना रोकाले आफू पीडित बनेर फेरि नेता यादवलाई फोन गरिन् । उनले प्रहरीले पक्राउ पनि ग¥यो ५ हजार रुपैया पनि खोस्यो भनिन् । यादववाट यो घटनाको सूचना कान्तिपुरकर्मी पत्रकार देवनारायण साहलाई पनि प्राप्त भयो । एउटा पत्रकारको लागि समाचार बन्ने सूचना थियो । नेता यादव घटनास्थल पुगे । पत्रकार साह पनि समाचार संकलनका लागि घटनास्थल पुगे । घटनास्थलमा पुगेर के भएको हो ? यति सोध्न मात्र भ्याएका पत्रकार साह र नेता यादबलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याइयो । प्रहरीले वयान लिने शैलीमा पत्रकार साहलाई सोधपुछ गर्न थाल्यो । त्यसपछि मात्र साहलाई महसुस भयो प्रहरीले अनिष्ट गर्न खोज्दैछ । साहले एसपी श्यामलाल ज्ञवालीसँग भने दोषी देख्नु हुन्छ भने थन्क्याई दिनुस् नत्र इज्जतसाथ जान दिनुस् । एसपीले जमानत दिने मान्छे बोलाउनुस् भने । कांग्रेसकै नेता नरेश यादवको जमानीमा पत्रकार साहलाई छाडियो ।
सिरहाका पत्रकारहरु दुई चीरा भए । एक चिरा एसपीसँग मिलेर शिकार भएका पत्रकार साहको अखेटोपहारको दाम लगाउँदै छन् । अर्को चिरा प्रेस स्वतन्त्रता बचाउन र साहलाई न्याय दिलाउन कलम चलाउँदै छ ।
साह रिहा हुन पनि भ्याएका थिएनन् । पत्रकार महासंघ सिरहाका सभापति र सचिव क्रमशः देवकुमार यादव र जीवछ यादव (उदासी)ले फेसवुक स्टाटसमा साह गिरफ्तारीको सूचना गर्न थाले । सिरहाको पत्रकार जगतमा त्यो रात खैलावैला मच्चियो । सवै कुरा स्पष्ट बुझ्न सकिएन । भोलिपल्ट पत्रकारहरु माझ सामान्य छलफल र घटनाको सत्य तथ्य बुझ्न छलफल भयो । १८ जना पत्रकारहरुको एक भेलाले संकलित तथ्यको आधारमा एउटा निष्कर्ष निकाले । एसपीले पत्रकार साहमाथि बदलाको कारवाही गरेका हुन् । चेलीवेटी वेचविखनको घटनामा साहको संलग्नता छैन । समाचार संकलन गर्ने क्रममा पत्रकारलाई पक्राउ गरी नैतिक पत्तन देखिने फौजदारी अपराधमा मुछेर एसपीले आखेटकको भूमिका खेलेका छन् । साहलाई सिरहावाट विस्थापित गर्न पत्रकार देवकुमार यादव एसपीको सहयोगी बनेका छन् । यो घटना पत्रकारको शिकार गरिएको घटना नै हो । एसपीले भय र त्रास उत्पन्न गराएर स्वतन्त्र प्रेसलाई नियन्त्रणमा लिन खोजेका हुन् । प्रेस स्वतन्त्रता माथिको यो हमलाको प्रतिरोध गर्नैपर्छ । कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालयको निर्माण हुन लागेको भवनको शिलान्यास गर्न प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल सिरहा आएका थिए । सिरहाका पत्रकारहरु यो घटना उनलाई सुनाउन चाहे तर उनले व्यस्तताको कारण देखाएर समय दिएनन् । त्यसपछि पूर्वाञ्चल क्षेत्रीय प्रहरी प्रमुख केशरीराज घिमिरेलाई घटना सविस्तार सुनाएर छानविन गरिदिन हामीले आग्रह ग¥यौं । तर उनले पनि सुनेको पनि नसुने जस्तै गरे । त्यसपछि सिरहाका पत्रकारहरु दुई चीरा भए । एक चीरा एसपीसँग मिलेर शिकार भएका पत्रकार साहको अखेटोपहारको दाम लगाउँदै छन् । अर्को चीरा प्रेस स्वतन्त्रता बचाउन र साहलाई न्याय दिलाउन कलम चलाउँदै छ । घटनाको चार दिनपछि सिरहा जिल्ला अदालतको आदेशले वेच्न लगिएको भनिएको चेलीहरुलाई उनीहरुको अभिभावकको जिम्मा लगाइयो । अन्यहरु न्यायिक हिरासतमै छन् । छुटेका चेलीहरुले पत्रकार सम्मेलन गरेर यो बेचविखनको मामिला नै होइन । सवै निर्दोष छन् भने । उनीहरुले कथित सेफ हाउस संचालक विना रोकाले फोन गरेर बोलाएको पत्रकार महासंघका सभापति देवकुमार यादवसहित दुई जनाले सिरहाको रमझम होटलमा आफूहरुमाथि यौन हिंसा गरेको र साना हातहरुका कर्मचारी विना रोकासहित दुई महिलाले हिन्दु धर्म त्यागेर कृश्चयन बन्न ज्यादै मानसिक दवाव र तनाव दिएको बताए । त्यसपछि यो कुरा मिडियामा बाहिर आयो । पत्रकार देवनारायण साह तत्काल उपलव्ध प्रमाणहरुको आधारमा दोषी देखिएका थिए भने उनलाई किन मुक्त गरियो ? पत्रकारलाई अपराधवाट उन्मुक्तिको सुविधा कानूनले दिएको छैन । यदि उनीविरुद्ध कुनै प्रमाण थिएन वा उनलाई आरोपित गर्ने कुनै आधार थिएन भने जोर जुलुम गरेर उनलाई गिरफ्तार किन गरियो ? ल घटनास्थलमा खटिएर जाने प्रहरीले उनलाई चिनेनन् वा घटनास्थलको तत्कालिन अवस्थाले त्यहाँ भएजति सवैलाई पक्राउ गर्न आवश्यक ठानियो भने जिल्ला प्रहरी कार्यालय भित्र ल्याइसकेपछि उनलाई विना शर्त कागज नगराइ छाडिनु पथ्र्यो । किनकी स्वयं एसपी श्यामलाल ज्ञवालीले पत्रकार देवनारायण साहलाई राम्ररी चिन्नु भएको छ । किन कागज गराइयो र हाजिरी जमानी किन मागियो ? देवनारायण साहलाई जिल्ला प्रहरी कार्यालय भित्र ल्याएको ३ मिनेट भित्र अर्का पत्रकार (नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति देवकुमार यादव जिल्ला प्रहरी कार्यालयमा आए र एसपी साहवसँग साउती गरेर बाहिर निस्के । उनी बाहिर निस्केको १० मिनट भित्रै फेसवुक स्टाटसमा चेलीवेटी वेचविखनको आरोपमा एक पत्रकार पक्राउ भनेर केही पत्रकारहरुले नै लेखे । त्यो स्टाटसमा कमेन्ट लेख्ने पहिलो व्यक्ति देवकुमार यादव नै हुन् । कमेन्टमा लेखिएको थियो हामी पत्रकारहरुले नाम खुलाई दिने धर्म हो र पक्राउ परेका पत्रकार कान्तिपुरकर्मी देवनारायण साह हुन् । फेसबुक स्टाटस हेरेपछि पत्रकारहरुले एसपी ज्ञवालीलाई फोन गेर सोधे के हो घटनाको यथार्थ ? उनले जवाफ दिने गर्थे चेलीवेटी वेचविखनमा संलग्नता छ भनेर पक्राउ गरेको हो । अहिलेलाई वयान लिएर कागज गराएर साहलाई रिहा गरिएको छ । प्रहरीले पक्राउ गरेर ल्याई सकेपछि कसैलाई जिम्मा दिएरै रिहा गर्छ भन्ने तर्क गर्ने हो भने पनि एसपी साहवले पत्रकार साहविरुद्ध अनर्गल मिडियावाजी किन गर्नुभयो ? उहाँको नियतमाथि प्रश्न उठाउने ठाउँ यहाँ पनि छ । एसपीले कान्तिपुर पव्लिकेशन हाउसलाई पनि गुमराह गरे । उनले तपाईहरुको वेइज्जत हुन्छ भनेर छाडिदिएको हुँ भनेछन् । पव्लिकेशनलाई पनि लाग्यो कतै देव नारायण दोषी त छैनन् ? सिरहाका अग्रज पत्रकार अर्जुन थपलियाले सभापति देवकुमार यादवलाई आग्रह गरे । पत्रकारहरुबीच हुने प्रतिश्पर्धा र व्यक्तिगत मनोमालिन्य आफ्नो स्थानमा छ । तर कलम चलाएकै कारण प्रतिशोध लिन निर्दोष पत्रकारलाई फसाउनु स्वतन्त्र प्रेस माथिको हमला हो । अभिभावकको नाताले तपाई पत्रकारको पक्षमा उभिनु पर्छ । दोषी देखिए साहमाथि कारवाही होस् तर कमसेकम निष्पक्ष छानविनको लागि तपाईले बोल्नु पर्छ भन्दा सभापति यादवले जवाफ दिए देवनारायण साहको हकमा यो कुरा सम्भव छैन । पूर्वाग्रहको यो हद नाघे सभापति यादवले । कान्तिपुर जस्तो ठूलो मिडिया हाउसमा काम गर्न धेरै पत्रकारहरु इच्छुक मात्र छैनन् लालायित नै छन् । सप्तरी जिल्लावाट आएर अल्पसंख्यक जातीय समूहमा पर्ने पत्रकार साह विगत एक दशकदेखि सिरहामा सक्रिय पत्रकारिता गर्दैछन् । उनले मेहनत गरेर आफ्नो उचाई बढाएका छन् । केही मानिसहरु भित्रको मानवीय स्वभाव के हो भने आफूलाई स्वर्ग भोग्न दिए पनि आनन्दित हुंदैनन् । जव आफ्ना विरोधीलाई आफ्नै अगाडि नर्क भोगेको देख्छ अनि मात्र मानिस खुसीले गद्गद् हुन्छ । बाहिर जिल्लावाट आएर यहाँ उनले क्यारिअर बनाएको धेरैलाई खपिसक्न भएको छैन । उनलाई सिरहावाट विस्थापित गर्न धेरै पटक जाल बुनियो । यो कुरा सिरहाका स्वतन्त्र पत्रकारहरु विच वेला वेलामा चर्चा नचलेको पनि होइन । उनलाई विस्थापित गर्न पाए त्यो स्थान आफूले लिन पाइन्छ की भन्ने झिनो आशा धेरैमा छ । त्यसकारण अहिले उनीमाथि संगिन आरोप लाग्दा कान्तिपुर पव्लिकेशनमा बायोडाटा पठाउनेहरुको संख्या एक्कासी ह्वात्तै बढेको छ । मधेस आन्दोलनपछि सिरहा सप्तरीमा केही मानिसहरु कान्तिपुरविरुद्ध पूर्वाग्रही भएका छन् । त्यो रिस पव्लिेकेशनका हर्ताकर्ता समक्ष पोख्न सक्दैनन् । अनि सिरहामा बस्ने देवनारायण साहलाई घानमा पारेर आफ्नो रिस शान्त पार्ने कोशिश पनि गरिन्छ । स्वयं देवनारायण अलि कडा स्वभाव प्रदर्शन गर्छन् ।
किन उनीमाथिको दोषारोपणको अनुसन्धान गरिएन ? पत्रकार साह र नेता यादवमाथि किन दोहोरो मापदण्डको प्रयोग ? धर्म परिवर्तन गर्न लोभ दिने, धर्म परिवर्तन नगरे मुद्दामा फसाउने धम्की र त्रास देखाउने आरोप लागेका ‘साना हातहरु’ नामक गैससका कर्मचारीहरु उपर खोई अनुसन्धान ? किन मौनता ?
समाचार संकलन र लेखन गर्ने वेला उनको कडापनमा दोव्वर वृद्धि हुन्छ । उनी कसैलाई बचाउने मनसाय नराखी समाचार लेख्छन् । त्यो रिस पनि संकलित भएर बसेको थियो । विगत ४/५ महिनामा पत्रकार साहले संप्रेषित गरेको करीव आधा दर्जन घटनाको समाचारलाई केलाउने हो भने कुनै समाचारहरु पनि एसपीको अनुकुल भएन । हत्याको घटनामा संलग्नहरुलाई सार्वजनिक मुद्दा लगाएको, प्रहरी र जनताबीच सिरहामा भिडन्त हुँदा प्रहरीको दोष औंल्याएको, जग्गा तस्करी काण्डमा १५ लाख खाएको भन्ने हल्ला छ नी भनेर प्रश्न गरेको आदि आदि । यस्तो अवस्थामा एसपी र पत्रकार देवकुमारको हृदय जल्ने नै भयो । उनीहरुको इच्छा थियो पत्रकार साहले नर्क भोग्नु परोस् । त्यसैको नतिजा, चेलीवेटी वेचविखनमा साह पक्राउ परे । एसपी साहेव कानूनको नजरमा सवै समान छन् र सामान्य कानूनको प्रयोगमा कसैलाई भेदभाव गरिदैन । जव पत्रकार देवकुमार यादवमाथि पीडित चेलीहरुले यौनदुराशय व्यक्त गरेको आरोप मात्र लगाएनन् अपितु मानव अधिकार आयोगमा उजुरी पनि दिए । अनि किन उनीमाथिको दोषारोपणको अनुसन्धान गरिएन ? पत्रकार साह र नेता यादवमाथि किन दोहोरो मापदण्डको प्रयोग ? धर्म परिवर्तन गर्न लोभ दिने, धर्म परिवर्तन नगरे मुद्दामा फसाउने धम्की र त्रास देखाउने आरोप लागेका ‘साना हातहरु’ नामक गैससका कर्मचारीहरु उपर खोई अनुसन्धान ? किन मौनता ? कानूनको अनभिज्ञता कसैको लागि पनि क्षम्य हुंदैन । झन तपाई जुन पदमा बस्नु भएको छ त्यहाँ बसेर कानून जानिन भन्न पनि लज्जास्पद हुन्छ । एउटा प्रश्न, नेपाल सरकारले अनुमति नदिई सेफ हाउस संचालन गर्न पाइन्छ ? चलाएको हो भने गैर कानूनी भयो । कानूनको उलंघन भयो । गैर कानूनी सेफ हाउस संचालन गर्नेहरु कानूनी दायरामा आउने की नआउने ? ल्याउने की नल्याउने ? कानूनी रुपमा अनुमति नलिई संचालन गरिएको सेफ हाउसमा तपाईले किन पीडित चेलीहरुलाई आश्रय लिन पठाउनुभयो ? तपाईवाट कानूनमाथि भ्वाइलेन्स भयो की भएन ? महिला हिंसा विरुद्धको सञ्जालले र स्थानीय मिडियाहरुले यो कुरा उठाएपछि बल्ल तपाईले अनुगमनका लागि प्रहरी खटाउनु भएको छ ? अनभिज्ञ थिए भनेर तपाइँले उन्मुक्ति लिन मिल्छ ? सेफ हाउसमा पठाउँदा प्रहरीले पत्रसहित पठाउनुपर्छ । तपाईको मौखिक आदेशको भरमा पठाइयो । कानून तोडियो की तोडिएन ? कि त भन्नुस् एसपी भएको नाताले दुई चार कानून तोड्ने अधिकार छ तपाईलाई ? सेफ हाउसमा राख्न पठाएको चेलीहरुलाई होटलमा किन राखियो ? यसको जवाफदेही तपाईले लिनु पर्छ की पर्दैन । तपाईले विश्वास गरेर जिम्मा लगाएको व्यक्तिहरुले नै पीडित चेलीहरुमाथि धर्म परिवर्तनको दवाव दिएर मानसिक यातना दिएको र यौनदुराशय व्यक्त गरेर हिंसा गरेको घटना छानविन हुँदा सत्य ठहरियो भने त्यसको जवाफदेही तपाईँ हुने की नहुने ? किनकी तपाईले जिम्मा दिएर पठाएको हो । महिला हिंसा विरुद्धको संजालमा तपाईँ स्वयं पनि पदीय हिसावले संजालसँग जोडिनु भएको छ । संजालका सदस्यहरु तपाईँ समक्ष कात्तिक १९ गते भेटघाट गर्न गएका थिए । विषय थियो यौन हिंसा र धर्म परिवर्तनका लागि दवाव दिएर मानसिक यातना दिएको घटनाको छानविन गर्नु पर्ने र दोषी देखिए कानूनको दायरामा ल्याउनु पर्ने । तपाईँ र संजालका सदस्यबीच सम्वाद पनि भयो । त्यसपछि त्यहाँ अचानक आरोपित पत्रकार देवकुमार यादव आफ्ना दलवल लिएर तुरुन्त कसरी आइपुगे । ल उनीहरुको आगमनलाई संयोग मानौं । तर तपाईँले संजालका सदस्यहरुलाई पुन बोलाएर आरोपित व्यक्ति पत्रकार यादवसँग आफै मध्यस्थकर्ता भएर किन वार्ता गराउनु भयो ? यद्यपी हामी सवै एकै ठाउँमा भेट भयौं, ल कस्को के हो कुरा छलफल गरौं भनेर तपाईँले आफ्नै कार्यकक्षमा सामाजिक पञ्चायती शैलीमा वादविवाद गराउनु भयो । त्यहाँ दुवै पक्षबीच चर्काचर्की पनि भयो । के यो कुरा कानूनसम्मत छ ? यौनहिंसा र धर्म परिवर्तनको आरोप लागेका व्यक्तिलाई आफ्नै कार्यकक्षमा बोलाएर अधिकारकर्मीहरुसँग संवाद गराउनु कानूनी रुपमा वर्जित कार्य हो । त्यो पनि मध्यस्थकर्ता भएर । पत्रकार यादव माथि लागेका आरोप असत्य पनि हुनसक्छ । तर अनुसन्धानवाट असत्य पुष्टि हुनुपर्छ । दुवै आरोप सत्य छन् भने फौजदारी अपराध लाग्छ । यसमा पीडित वा अधिकारकर्मी र पिडकको आरोप लागेकालाई एक ठाउँमा राखेर सामञ्जस्यता गर्ने प्रयाश गर्नु पनि अपराधको सूचिमा पर्छ ? कानूनले फौजदारी अपराधमा मिलापत्रलाई वर्जित गरेको छ । त्यसमाथि महिला हिंसाको विषयमा सामाजिक छलफल नगराउने सिधा अनुसन्धान गरेर मुद्दा दर्ता गर्ने प्रहरी प्रधान कार्यालयको परिपत्र नै छ । एउटा अझ फरक प्रसंग, एक साता अगाडी ईलाका प्रहरी कार्यालय गोलवजारको हाता भित्र तपाईले चियापानको नाममा एउटा पार्टी दिनुभयो । सिरहा स्थित अदालतका श्रीमानहरु, निजामति अधिकृतहरु, पत्रकारहरु, लव्ध प्रतिष्ठित व्यक्तित्वहरु, सवै सुरक्षा निकायका प्रमुखहरु र व्यापारी घरानाहरु करीव दुई सय भन्दा अधिको जमघट थियो । त्यो खर्च कहाँवाट आयो ? तलववाट तिर्नुभयो की जिल्ला प्रहरी कार्यालयमा पार्टी गर्न वजेट आएको थियो ? सवैलाई थाहा छ गोलवजार र लहानका ३ जना सुन चाँदी व्यापारी र एक काठ मिल संचालकले सवै खर्च व्यहोरेको थियो । सिरहामा समसामयिक स्थिति प्रति नजर राख्ने सवैलाई थाहा छ तपाईसँग सवै भन्दा नजिक ती ४ जना व्यापारीहरु छन् । उनीहरुसँग तपाईको अन्तरङ्ग भलाकुसारी हुन्छ । कतिपय भित्री सूचनाहरु पनि उनीहरुसंग चुहाउनु हुन्छ । जाँड खाएकोवेला जिब्रो लर्वराउँदै उनीहरुले अरुसँग कुरा चुहाउछन् । ती व्यापारीहरुसँगको तपाईको साँठगाँठको उद्देश्य कति पवित्र छ त्यो सिरहावासीले सहजै अनुमान लगाउन सक्छन् । यसरी ती व्यापारीहरुसंग खर्च लिएर पार्टी दिन मिल्छ ? प्रहरी प्रधान कार्यालयले दशैं तिहारमा भडकिलो पार्टी नगर्ने भनेर सर्कुलर नै गरेको थियो । महत्वपूर्ण कुरा के छ भने पार्टीका लागि खर्च दिने व्यापारीहरु मध्ये केही र पत्रकार देवनारायण साहवीच संप्रेषित समाचारहरुको कारण कैयन पटक कटाक्ष भएको छ । अनि पार्टी भएको १० दिन नवित्दै यो घटना भएको छ । एसपी साहव दुधले नुहाएको छवि तपाईको पनि छैन । तपाईमाथि नियमन गर्ने कुनै निकाय छ भने म त्यस निकायको यस तर्फ ध्यानाकर्षण गराउन चाहन्छु । तपाईमाथि पनि कोही होला नी ! उनीहरुले कानमा बतास लगाउँन र तपाईको स्वेच्छाचारितावाट बचाउँछन् भनेर हामी कलम चलाएर गुहार मागिरहेका छौं । सभापति देवकुमार यादव र एसपी साहेवको चर्तिकलामाथि विचार गरौं । साह पक्राउ पर्ना साथ जिल्ला प्रहरी कार्यालयमा देखिनु, एसपी साहवसंग साउती मारे बाहिर निस्कनु, त्यसपछि फेसवुक स्टाटसमार्फत उनीमाथि अनर्गल आरोप लगाउनु, अभिभावकीय दायित्ववाट पनि च्युत हुने गरी निष्पक्ष छानविनका लागि पनि नबोल्नु र देवनारायणको हकमा यो संभव छैन भन्नु, रातको समयमा साना हातहरु नामक गैससका कर्मचारी विना रोकाले फोन गर्न साथ होटल पुगेर कोठा दिलाउन मद्दत गर्नु अनि होटलमा पीडित चेलीहरुसँग यौन आशय राखेर ह्रासमेन्ट गर्नु (पीडित चेलीहरुको भनाई अनुसार), महिला हिंसाविरुद्धको संजालले यौन हिंसाको छानविन गर्न एसपीलाई आग्रह गर्दा एसपी साहेवले फोन गरेर सभापति देवकुमारलाई बोलाउनु र आफै मध्यस्थकर्ता भएर महिला अधिकारवादी र यौन हिंसा गरेको आरोप लागेका सभापति देवकुमारबीच छलफल गराउनु र त्यो छलफलमा एसपी साहवले सभापति देव कुमारको पक्षवाट तर्क गर्नुलाई संयोग मात्र हो भन्ने मिल्दैन । कुसाग्र दिमागको प्रखरताले एक नियोजित षडयन्त्रको तानावाना बुनेर पत्रकार साहको चरित्र हत्या गरिएको प्रष्ट हुन्छ । हामी सिरहाका पत्रकारहरुको लागि अहिले एकदमै ववण्डरकोबीचमा परेर निस्सासिने अवस्था सिर्जना भएको छ । एकातिर पत्रकारहरु माझ नै दुई चीरा प¥यो । अवस्था नै त्यस्तो सिर्जना भयो की न्याय र प्रेस स्वतन्त्रताका लागि छुट्टै समूह बनाएर उभिनु प¥यो । अर्कोतिर सिरहाको प्रहरी पत्रकारहरुको चरित्र कलमी गर्ने अभियानमा लागेको हामीले भय महसुस गरिरहेका छौं । प्रहरी आफ्नो कर्तव्य विर्सेर आखेटकको भूमिकामा उत्रेको छ ।साहको चरित्रको अनाहकमा शिरोच्छेदन भएको छ । अझै कुन पत्रकार कहाँ निशानामा पर्ने हो एक प्रकारको भयले सताएको छ । हामीलाई अभिभावक भएर संरक्षकत्व प्रदान गर्ने उत्तरदायित्व बोकेको संस्थाको नेतृत्व पथभ्रष्ट भएर हामीलाई नै खेदो खन्न आतुर छन् । कुनै माथिल्लो अधिकार प्राप्त निकायवाट घटनाको छानविन होला र निर्भय भएर काम गर्ने वातावरण बनाई देला भन्ने झिनो आशा मरेको छैन । (लेखक सिरहाबाट प्रकाशित अनुकल्प दैनिकका कार्यकारी सम्पादक हुन् ।)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending