Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

रुपन्देहीमा अझैं सहमति जुटेन

भैरहवा, २३ कात्तिक । विवाद चुलिदा रुपन्देहीमा स्थानीय तहको पूर्नसंरचना प्रक्रिया अघि बढ्न सकेको छैन । स्थानीय तह निक्र्यौल गर्न आयोगले समितिलाई दिएको पटक पटकको समय सीमा सकिदा पनि सरोकारवाला गम्भिर नहुँदा स्थानीय तह बारे सहमती जुट्न नसकेको हो । पूर्नसंरचना आयोग नै त्रुटिपूर्ण रहेको भन्दै बिशेषत मधेशवादी दलहरु पूर्नसंरचना बैठकमा उपस्थित हुने, विरोध गर्ने तर माइन्युटमा हस्ताक्षर नगरी फर्किने गरेका छन् । संख्याको विवादले गर्दा प्रक्रिया सुरुकै चरणमा रोकिएको थियो । केन्द्रीय आयोगले रुपन्देहीलाई १३ वटा स्थानीय तहमा राख्ने गरी सिफारिस गरे पनि रुपन्देहीमा क्रियाशिल राजनीतिक दलहरुले भने १० देखि २२ वटा राख्नुपर्ने सुझाव पेश गरेका थिए । संख्याका साथै जिल्लामा क्रियाशिल दलहरुबीच सीमाकंन, नामाकंन र केन्द्र निर्धारणमा समेत असहमती रहेको छ । हाल रुपन्देहीमा १ उपमहानगरपालिका, ५ वटा नगरपालिका र ४८ वटा गाविस छन । रुपन्देहीमा ठूला मानिएका दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी भित्रै आयोग बनाएर खाका बनाएका छन । तर मधेशवादी दलहरुले भने प्रान्तीय सरकार भन्दा अघि जिल्ला संरचना हुन नदिने अडानमा छन । तराई–मधेश लोकतान्त्रिक पार्टी रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले एकलौटी रुपमा घोषणा गरिएको संविधान कार्यान्वयन हुने परिस्थिती नभएकोले आयोगले ल्याएको गाउँपालिकाको अवधारणामा आफूहरुको असहमती रहेको बताए । उनले संविधान संसोधन नगरी अन्य विषयमा प्रवेश गर्न नसकिने समेत जिकिर गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending