Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

स्थानीय तह पुनः संरचनाको विषय पेचिलो बन्दै

बनेपा, २३ कात्तिक । काभ्रेपलाञ्चोकमा स्थानीय तह पुनःसंरचनाको विषय पेचिलो बन्दै गएको छ । स्थानीय तह पुनःसंरचनालाई लिएर तिहारअघिदेखि निरन्तर जारी राजनीतिक दलको बैठकमा सङ्ख्या र सीमाङ्कनको विवाद देखिएपछि अझै निष्कर्षमा पुग्न सकिएको नसकिए पनि दलहरुले दिनरात निरन्तर छलफल गरिरहेका छन् । नेपाली काँग्रेस काभ्रेपलाञ्चोकका पूर्वसभापति शिव हुमागार्इँले केही दिनअघि १४ स्थानीय निकायका विषयमा दलबीच सैद्धान्तिक सहमति भएको उल्लेख गर्दै जिल्लामा सबै राजनीतिक दलको सामूहिक प्रस्तावको सम्भावना लगभग समाप्त भएको बताए । उनले नेपाली काँग्रेस र नेकपा एमाले सङ्ख्याका आधारमा सहमति नजिक भए पनि अन्य विषयमा असहमत भएको बताउँदैै आज बैठक निष्कर्षमा नपुगे नेकपा माओवादी केन्द्र नेतृत्वको एउटा तथा काँग्रेस र एमाले नेतृत्वको एउटा प्रस्ताव प्राविधिक समितिमा पठाइने जानकारी दिए । एमाले काभ्रेपलाञ्चोकका उपाध्यक्ष अशोक व्याञ्जुले विवाद टुङ्ग्याउन छलफल भइरहेको बताए । माओवादी केन्द्र काभ्रेपलाञ्चोकका सचिव इन्द्रबहादुर थिङले सङ्ख्या र सीमाका विषयमा विवाद हुँदा समस्या देखिएको उल्लेख गर्दै माओवादी उपमहानगरपालिकासहित १२ स्थानीय निकायका पक्षमा भएको बताए । स्थानीय विकास अधिकारी टेकराज निरौलाले विवादको विषय के हो भन्ने नै पहिचान गर्न अप्ठेरो भएको बताउँदै राजनीतिक दलबीच सहमति नभए प्राविधिक समितिको परामर्शमा स्थानीय निकाय पुनःसंरचना आयोगले विवाद टुङ्गोमा लगाउने जानकारी दिए । चार महिनादेखि जारी दलको बैठक दिनरात धुलिखेलमा आज पनि भइरहेको छ । स्थानीय तह पुनःसंरचना आयोगलाई पुनःसंरचनासम्बन्धी प्रतिवेदन बुझाउने म्याद यही कात्तिक २० गते नै समाप्त भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending