कार्तिक २३ गते, २०७३ मगलवार 8th November, 2016 Tue१२:५४:४७ मा प्रकाशित
भक्तपुर, २३ कात्तिक । भूकम्पीय आवास पुनःनिर्माण परियोजना, जिल्ला आयोजना कार्यान्वयन समितिले गाउँ गाउँमा अनुदान पाउने लाभग्राहीको नाम टाँसेपछि लाभग्राहीमा आफ्नो नाम छुटेका भूकम्पपीडितले आज विरोध गरेका छन् ।
भूकम्पले घर भत्किएर बस्ने ठाउँ नभएका र अहिलेसम्म टहरामा बस्दै आएका वास्तविक भूकम्पपीडितको नाम अनुदान पाउने लाभग्राहीका सूचीबाट हटाइएको र दुई तथा काठमाडौं समेत घर भएकाको नाम भने समावेश गरिएको जनाउँदै पीडितले समितिको कार्यालयमा आएर विरोध गरेका छन् ।
भक्तपुरका भूकम्प प्रभावितलाई आगामी बिहीबारदेखि पहिलो किस्ताको अनुदान ५० हजार रुपैयाँ वितरण सम्झौता गरिने गरी लाभग्राहीको नाम टाँस गरिए पनि नाम छुटेका पीडितले नाम समावेश गर्न माग गरेका छन् ।
भूकम्पपीडितको रातो परिचयपत्र तथा पुनःसर्वेक्षणको सेतो कागज पाएका र यसअघि वितरण गरिएको १५ हजार र न्यानो कपडाको १० हजार रुपैयाँ पाउने पीडितको नाम समेत लाभग्राहीको सूचीबाट हटेपछि पीडितले नाम समावेश गर्न माग गरेका हुन् ।
नगरकोट नगरपालिका– १२ ताथलीका राजेन्द्र थापाको नेतृत्वमा जिविसमा आएको भूकम्पपीडितको टोलीले जिल्ला आयोजना कार्यान्वयन समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालालाई निवेदन बुझाउँदै नाम छुटेको वास्तविक भूकम्पपीडितको नाम तत्काल समावेश गरी पहिलो किस्ताको अनुदान वितरण गर्न माग गरेको छ ।
थापाले भने,“पुनःसर्वेक्षणमा समेत विभेद भएको छ, सर्वेक्षणमा आउने टोली समेत प्रलोभनमा परेको पुष्टि भएको छ, गाउँमै दुई वटा र काठमाडौंमा घर हुनेको नाम लाभग्राहीको सूचीमा छ तर वास्तविक भूकम्पपीडितको नाम हटेको छ, हटेकाको नाम तत्काल समावेश गराउनुपर्छ ।”
नगरकोट नगरपालिकामा मात्रै आठ सय ९७ भूकम्पपीडितको नाम छुटेको भन्दै उनले नाम छुटेका पीडितलाई अनुदान वितरण नगरे आन्दोलन गरिने चेतावनी दिए ।
भूकम्पमा घर भत्किएर पशु तथा चौपाया समेत मरेको र बस्ने अर्को घर नहुँदा टहरामा बसिरहे पनि लाभग्राहीको सूचीमा आफनो नाम नभएपछि समितिमा आउनुपरेको ताथलीकै श्रीराम थापाको गुनासो छ । लापर्बाही गर्ने पुनःसर्वेक्षण गर्ने टोलीलाई कारबाही गर्नुपर्ने बताउँदै उनले पहिलो किस्ताको अनुदान रकम सुरुमै पाउनुपर्ने माग गरे।
नगरकोट नगरपालिका– ५ सुडालका गणेशप्रसाद दुलालले पनि लाभग्राहीमा नाम छुटेकाको तत्कालै नाम समावेश गर्नुपर्ने माग गरे । पुनःसर्वेक्षणमा जाने टोली र स्थानीय प्रतिनिधिको लापर्बाही एवम् रिसइबीका कारण कैयौं वास्तविक भूकम्पपीडितको नाम लाभग्राहीको सूचीबाट हटाइएको उनको आरोप थियो ।
समितिको कार्यालयमा गुनासो लिएर आउनुभएका रमेश थापा, शिव श्रेष्ठ, प्रकाश गजुरेल लगायतले आफूहरुलाई लाभग्राहीको सूचीबाट हटाइएकामा आपत्ति व्यक्त गर्दै तत्काल नाम समावेश गर्न आग्रह गरे ।
समितिले गाउँ गाउँमा लाभग्राहीको नाम टाँस गरेपछि नाम छुटेको भूकम्पपीडित सम्बन्धित नगरपालिका र जिविस एवम् समितिको कार्यालयमा आएर गुनासो र विरोध गर्र्न तथा नाम समावेश गर्न माग गर्न थालेका छन् ।
स्थानीय विकास अधिकारी कोइरालाले लाभग्राहीको अन्तिम नामावली जिल्लाका छ वटै नगरपालिका मार्फत वडा कार्यालयमा टाँस गरिएको बताउँदै नाम छुटेका लाभग्राहीलाई गुनासो फाराम भर्न आग्रह गरे । समितिले तत्कालै छुटेका भूकम्पपीडितलाई अनुदान सम्झौता गर्न नियम र प्रक्रियागत रुपमा जाने उनको भनाइ छ ।
समितिमा लाभग्राहीको नाम छुटेको गुनासो आए पनि दुई घर हुने र अन्यत्र घर हुने गैरभूकम्पपीडितको नाम लाभग्राहीको सूचीमा आएको भए त्यस्तो गुनासो समेत फाराममा भर्न उनले आग्रह गरे ।
यही कात्तिक २५ गतेदेखि लाभग्राहीसँग अनुदान सम्झौता गरिने बताउँदै समितिका उपसंयोजक दीपक पाठकले पहिलो किस्ता वितरण गरिएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको संयन्त्रले मालापोत कार्यालय मार्फत गाउँ÷गाउँमा पुनः सर्वेक्षण गर्ने बताए ।
पुनःसर्वेक्षण गर्दा दुई घर भएका वा गैरभूकम्प प्रभावितले अनुदान रकम लिएको पुष्टि भएमा त्यस्तालाई कारबाही गरी जरिवानासहित रकम फिर्ता गराइने बताइएको छ ।
जिल्लामा सुरुमा ३३ हजार ६९६ भूकम्पपीडितको नामावली सार्वजनिक भए पनि प्राधिकरणको टोलीले गरेको पुनःसर्वेक्षणमा भने मध्यपुरथिमिका आठ वटा वडा बाहेक जिल्लाभरिमा कुल २४ हजार ९०२ भूकम्प प्रभावितको नाम लाभग्राहीको सूचीमा समावेश गरेको छ ।
अनुदान लिन भूकम्प प्रभावित लाभग्राहीले आफ्नो वडा कार्यालयमा नागरिकताको सक्कल र प्रतिलिपि तीन थान, लालपुर्जाको प्रतिलिपि र तस्बिर र भूकम्प प्रभावित भएको परिचयपत्र तीन तीन थान साथमा लैजानुपर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: