Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

उल्टो दौडेर काठमाडौँदेखि दोलालघाट !

\"sanjay-pandit-750\"काठमाडौँ, २३ कात्तिक । लामो दुरीका धावक एवं विश्व पर्वतारोही संजय पण्डितले काठमाडौँ देखि दोलालघाटसम्म उल्टो पैदल दौड गर्ने भएका छन् । अस्ट्रेलिया महादेशको सर्वाधिक ठूलो पर्वत कोजिय्सको हिमाल उल्टो हिँडेर आरोहण गरेको २ वर्ष पुगेको अवसरमा उनले २२ नोभेम्बरमा दशरथ रंगशालाबाट उल्टो पैदल दौड गर्ने घोषणा गरेका हुन् । उल्टो दौडको घोषणा गर्दै संजयले आफूले नेपाललाई विश्वसामू चिनाउन यस्तो अनौँठो कार्य गर्न लागेको बताए । मंगलबार काठमाडौँमा संचारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मान्छे उल्टो हिँडेर पनि गन्तब्यमा पुग्न सक्छन भन्ने कुरा प्रमाणित गर्न मैले यो निर्णय लिएको हुँ । मलाई थाहा छ यो निकै कठिन कार्य हो तर, म मेरो यात्रामा सफल हुने कुरामा पूर्ण विश्वस्थ छुँ ।’ साथै उनले साहसीक पर्यटनलाई टेवा पुर्याउने उद्धेश्य राखेको उल्लेख गरे । संजयले नेपालबाट उल्टो दौडको सुरुवात भएको सन्देश विश्वसामू पुर्याउँदै आधारिक रुपमा एथलेटिक्स संघमा दर्ताको लागि पहल गर्ने बताए । उनले भने, ‘भविष्यमा उल्टो दौड आयोजना गरी वोर्ल्ड च्याम्पियन्सीप नेपालबाट सुरुवात गर्न अधिक रुपमा लागि पर्ने छु । मलाई थाहा छ यस कार्यलाई संसारले अनौँठो रुपमा हेर्नेछ ।’ उनले २२ नोवेम्बेर २०१४ मा अस्ट्रेलियाको सर्वोच्च शिखर ५ घण्टा २७ मिनेटमा सफलता पूर्वक उल्टो हिँडेर आरोहण गरेका थिए । पण्डितले सन् २०१५ को डिसेम्बरमा २५ घण्टा ४० मिनेट उल्टो हिँडेर अफ्रीकाको सर्वोच्च शिखर आरोहण गरेका थिए । संजयले सवोच्च शिखर सगरमाथा, प्राण घातक हिमालको रुपमा चिनिएको मनास्लु, जापानको फुजी, तान्जानियाको मेरु, यूरोपको सर्वोच्च शिखर एल्ब्रुस तथा अमेरिकी हिमाल एकोनकागुवा सफलता पूर्वक आरोहण सम्पन्न गरिसकेका छन् । उनले काठमाडौँ खासा, खासा काठमाडौँ, जिरी काठमाडौँ गोर्खा, प्युठान काठमाडौँ, लुक्ला आइलैंड पिक, दाङ प्युठान गरी दर्जनौँ लामो दुरीका दौडहरुको अनुभव लिँदै २४९५ किमि लामो दौड दौडी सकेका छन् । त्यसैगरी तेन्जिंग हिलारी म्याराथोंन, मनास्लु अल्ट्रा २१३ किमि, काठमाडौँ अन्तर्राष्ट्रिय म्याराथोंन, रियल अन्तर्राष्ट्रिय म्याराथोंन, कस्पोक म्याराथोंन, इन्वेसमेन्ट बैंक म्याराथोंन लगायत अन्य प्रतिस्पर्धामा संजयले भाग लिसकेका छन् । उनको उल्टो पैदल दौडको संयोजन र निरिक्षण चर्चित एथलेटिक्स कोच, पूर्व नेपाल ओलम्पिक कमिटिका महासचिव तथा पूर्व नेपाल एथलेटिक्स संघका अध्यक्ष ओलम्पियन रघु वन्तले गर्नेछन भने आयोजना संजय पण्डित फाउन्डेसन नेपालले गर्ने छ । उनी यसै बर्षको अन्त्यसम्म अन्टार्टिका महादेशको सर्वोच्च शिखर आरोहणको तयारीमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending