Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

जीर्ण बन्दै २४८ वर्ष पुरानो जाजरकोट दरबार

\"jajarkot-darbar-750\"जाजरकोट, २३ कात्तिक । ऐतिहासिक तथा पुरातात्विक महत्वको जाजरकोट दरबार अति जीर्ण भएको छ । सरकार र सरोकारवाला निकायले ध्यान नदिँदा २४८ वर्ष पुरानो यो दरबार जीर्ण भएको हो । मर्मतर सम्भार नहुँदा दरबारको ऐतिहासिक महत्व र कलात्मकतासमेत हराउँदै गएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । दरबार भत्किने अवस्थामा पुगेपनि यसको संरक्षण एवम् संवद्र्धनका लागि राज्य र अन्य सरोकारवालाले केही नगरेका कारण दरबारको अस्तित्व नै सङ्कटमा परेको उनले बताए । अहिले यो दरबारमा जिल्ला प्रशासन कार्यालय रहेको छ । दरबार जीर्ण भएर कुरुप देखिएपनि यसमा कसैको चासो छैन । गोरखाका राजा पृथ्वीनारायण शाहका मित अर्थात् जाजरकोट राज्यका छैटौँ राजा हरि शाहले १८२५ सालमा यो दरबार निर्माण गरेका थिए । साततले यो दरबार १९९० सालको भूकम्पपछि चार तला बनाइएको थियो । सरकारले २०१७ सालमा राजारजौटाहरु उन्मूलन गरेपछि राजा बस्न छोडेको यो दरबारका सबै महत्वपूर्ण एवम् ऐतिहासिक वस्तु अहिले हराइसकेको स्थानीय इतिहास र संस्कृतिका खोजकर्ता बताउँछन् । हाल जिल्ला प्रशासन कार्यालय रहेको उक्त दरबार जाजरकोटी राजा प्रकाशविक्रम शाहले २०४२ सालमा तत्कालीन जिल्ला पञ्चायतलाई ६० हजार रुपैयाँमा बिक्री गरेका थिए । राजा रजौटा उन्मूलन र दरबार बिक्रीपछि पनि गणतन्त्र स्थापना नहुने बेलासम्म जाजरकोटका राजाले राजाको मान्यता पाइरहे पनि दरबारको संरक्षण एवम् सम्वद्र्धनमा कुनै चासो दिइएन । दरबारमा रहेका मूल्यवानका वस्तु राजाकै सन्तानले अहिले पनि आफ्ना घरमा राखेको सरोकारवालाहरु बताउँछन् । जाजरकोट, रुकुम र सल्यानका जनताले रुकुमको चौरजहारीबाट इँटा बोकेर निर्माण गरेको यो दरबार अहिले जीर्ण भए पनि कसैले चासो र सरोकार नराख्नु दुःखको कुरा भएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष कमान खड्काले बताए । “पहिले दरबार प्रवेशद्वारमा निर्माण गरिएका कलात्मक ढोका एवम् बगैँचा पनि भत्किएका छन्, अहिले पूरै दरबार जीर्ण बन्दा पनि संरक्षणको चिन्ता कसैलाई छैन” – खड्काले भने । इतिहासमा नेपाल एकीकरणका बेला जाजरकोट राज्यले पु¥याएको योगदानको सम्झना गराउने सबै वस्तु राजाका सन्तान भाइभारदार र अन्यले बेपत्ता बनाएका कारण आज दरबारको शोभा हराएको छ । दरबारको सातौँ तलामा रहेको नारायणथानको मन्दिरका तीन वटा अति प्राचीन मूर्तिमध्ये एउटा हनुमानको मूर्ति द्वन्द्वकालमा हराएको थियो । अन्य दुई वटा मूर्ति भने रानागाउँको कालिका मन्दिर र पीपलडाँडाको गणेश मन्दिरमा राखिएको छ । हुम्ला र चीनको बीचमा रहेको ताक्लाकोट अक्रमण गरी जाजरकोटी सेनाले जितेको छालाको तोप र केही अन्य हतियार राष्ट्रिय सङ्ग्रहालय छाउनीमा रहेको नागरिक अगुवा शाहले बताए । नेपाल बाइसी र चौबिसी राज्यमा विभाजित भएका बेला बाइसी राज्य अन्तर्गत निकै शक्तिशाली मानिएको जाजरकोट राज्यका संस्थापक राजा जगतिसिंह मेदिनी वर्मा पछिका राजा विजय सिंहको घोडाले मन पराएको जाजरकोट खलङ्गाको पीपलडाँडामा अवस्थित यो दरबारको निर्माण भक्तपुरका चर्चित कालीगढ नाक्चेको ढाँचामा आधारित थियो । सहायक प्रजिअ जनकराज शर्माले दरबार पुनःनिर्माणका लागि आफूहरुले पटक पटक पुरातत्व विभागमा पत्र पठाएपनि अर्थ मन्त्रालयलबाट बजेट निकासा नभएका कारण योजना अघि नबढेको बताए । उनले दरबार पुनःनिर्माण गर्न झन्डै १३ करोड रुपैयाँ लाग्ने जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending