Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

जेलको कमाइबाट परिवार पाल्छन् कैदी

रोल्पा, २३ कात्तिक । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका रोल्पा कारागारका कैदी स्वरोजगारमूलक कार्य गर्दै आयआर्जनसँगै कैद भुक्तान गरिरहेका छन् । आयआर्जनका लागि कारागारभित्रै मुडा, टोपी तथा बरियो बुन्ने गरेको कैदीले बताएका छन् । समय पनि पास हुने, आयआर्जन पनि हुने भएका कारण यस्तो गरेका छौँ, कैदी खिमबहादुर थापाले बताए । मासिक प्रतिव्यक्ति ५÷६ हजार रुपैयाँ आम्दानी गर्ने गरेको कैदीले बताएका छन् । घरको कमाइ गर्ने मूलमान्छे नै कारागार बस्नु पर्दा जीविकोपार्जनमा समस्या भोगिरहेका कैदीका परिवारलाई सो आम्दानीले दैनिक कामकाजमा निकै सहयोग गरेको अर्का कैदी मेखबहादुर रोकाले बताए । महिला कैदीले भने साधनको अभावमा चाहेर पनि स्वरोजगारमूलक काम गर्न नपाएको गुनासो गरेका छन् । “स्वरोजगारका लागि सिलाइकटाइ गर्ने चाहनाअनुसार जिल्लाका राजनीतिक दल र प्रमुख जिल्ला अधिकारीलाई समेत पटकपटक व्यवस्था गरिदिन अनुरोध ग¥यौँ, तर अहिलेसम्म सुनुवाइ भएको छैन”, नाइके मनिसरा विकले दुखेसो पोखे । जेलभित्र उत्पादित सामान गुणस्तरीय हुने भएका कारण ग्राहक सामान खरिदका लागि कारागारमै आउने गरेको तथा बढी भएका सामान घर्तीगाउँ, सुलिचौर, लिवाङलगायतका स्थानीय बजारमा पठाउने गरेको कैदीले बताएका छन् । जिल्लाको उत्पादनलाई प्रवद्र्धन गर्ने भन्दै उपहार दिँदा वा सम्मान गर्दा कारागारभित्र उत्पादित ढाकाटोपी, सल आदि प्रयोग गर्ने प्रचलन समेत रोल्पामा बढ्दै गएको छ । रोल्पा कारागारमा हाल ६७ पुरुष, १० महिला कैदीसहित तीन जना नाबालक रहेको चौकीदार हुकुम बुढामगरले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending