Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

अन्तिम समयमा पनि बनेन दलीय सहमति

सिन्धुली, २२ कात्तिक । राजनीतिक दलबीच सहमति जुट्न नसक्दा सिन्धुलीमा स्थानीय तह पुनःसंरचनाको टुङ्गो लाग्न सकेन । राज्य पुनःसंरचना आयोगले न्यूनतम र अधिकतम सङ्ख्या राखी गाउँपालिका र नगरपालिका सिफारिस गर्न अन्तिम समय दिएको थियो । आयोगले दिएको समय सीमाभित्र जिल्लामा दुईपटक प्राविधिक समितिको बैठक बस्नुभन्दा बाहेक अरू काम हुन नसकेको जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत मदनबहादुर थिङले बताए । सिन्धुलीका दलबीच सहमति जुटन नसकेकाले आयोगले दिएको समय सीमाभित्र प्रतिवेदन बुझाउन नसकिएको उनको भनाइ छ । दलहरु सबै आ–आफ्नै अडानमा रहेकाले समस्या उत्पन्न भएको हो । यसभन्दा पहिला सिन्धुलीलाई दुई नगरपालिका र सात गाउँपालिका बनाउने दलीय सहमति बनेको थियो । यता, आयोगले अधिकतम सातवटा स्थानीय निकाय सिफारिस गर्न भनेको थियो । पछिल्लो समयमा आएर दल एकआपसमा नमिल्दा अब सिन्धुलीमा दुई नगरपालिकासहित पाँच गाउँपालिका हुने निश्चित भएको छ । दलीय सहमति नजुटे पनि सिन्धुलीमा स्थानीय विकास अधिकारीले जिम्मेवारी नलिँदा आयोगले दिएको समयसीमा सकिएको नेपाली काँग्रेस सिन्धुलीले बताएको छ । स्थानीय विकास अधिकारीको अध्यक्षतामा समिति रहेको भए पनि अहिलेसम्म बैठक नबोलाइकन समय सीमा नाध्न दिइएको नेपाली काँग्रेस सिन्धुलीले भनाइ छ । यदि दलीय छलफल भएको भए सिन्धुलीमा दुई नगरपालिका र नौ गाउँपालिका बनाइनुपर्छ भन्ने पक्षमा आफूहरु उभिने काँग्रेसका सिन्धुली जिल्ला सभापति उज्ज्वल बरालले बताए । इलाकालाई आधार मान्दा १३ वटा इलाका रहने र दुई इलाका हटाउँदा ११ वटा स्थानीय तहमा खुम्चिने उनको भनाइ छ । सिन्धुलीको भूगोललाई मध्यनजर गर्दै जनतालाई सहज हुने गरी सिन्धलीमा ११ वटा स्थानीय तह बनाइनुपर्ने काँग्रेसको भनाइ छ । आफूहरु आयोगले दिएको सीमाभित्र नै रहेर स्थानीय तह पुनःसंरचनाको सिफारिस गर्न तयार रहेको भए पनि अन्य दलबीच सहमति बन्न नसकेको नेकपा एमाले सिन्धुलीका अध्यक्ष प्रदीप कटुवालले बताए । जिल्लामा धेरै गाउँपालिका र नगरपालिका बनाउँदा राज्यले खर्च धान्न नसक्ने भन्दै उनले जतिसक्दो थोरै सङ्ख्यामा स्थानीय तह बनाउने पक्षमा आफूहरु रहेको कटुवालले बताए । यता, यसभन्दा अगाडि नै दलहरु, नागरिक समाजलगायत सबैका बीचमा सहमति गरी सिन्धुलीमा नौवटा स्थानीय तह बनाउन प्रस्ताव गरिसकेकाले नेकपा (माओवादी केन्द्र) त्यही अडानमा रहेको केन्द्रका जिल्ला संयोजक राजन दाहालले बताए । जिल्लाको भूगोलको कारणले गर्दा त्योभन्दा थोरैको सङ्ख्यामा स्थानीय तह बनाउन कठिन हुने उनको तर्क छ । आयोगले भने सिन्धुलीमा न्यूनतम पाँचदेखि अधिकतम आठवटासम्म स्थानीय तह बनाउन सकिने भन्दै सोही अनुसारको प्रस्ताव पेस गर्न भनेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending