Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

लुम्बिनी प्रेस क्लबको पहलमा सुनकुमारीको उपचार तीब्र

\"sunkumari-news-7-750\"भैरहवा, २२ कात्तिक । आर्थिक अभावको कारण उपचार समस्यामा परेकी रोल्पाकी सुनकुमारी नेपालीको युसीएमएस भैरहवामा आइतबार देखी उपचार तीब्र रुपमा हुन थालेको छ । आर्थिक अभावको कारण उपचार पद्धतीमा समस्या देखिएको जानकारी पाएपछि लुम्बिनी प्रेस क्लबको नेतृत्व युसीएमसमा पुगी विरामी, विरामी कुरुवा र अस्पताल प्रशासनलाई भेटी उपचारमा लाग्ने सबै खर्चको व्यवस्थापन क्लबले गर्ने जिम्मेवारी लिएको हो । क्लबका अध्यक्ष माधब ढुंगानाको नेतृत्वमा गएको टोलीले अस्पतालका प्रशासन प्रमुख अजय कुमार पि.एसलाई भेटी सुनकुमारीको उपचारमा पैसाको कारण कुनै कसुर नराख्न आग्रह गरेको छ । प्रेस क्लबको टोलीले सुनकुमारीको उपचारमा लाग्ने सबै खर्चको व्यवस्थापन क्लबले गर्नेगरी उपचारलाई तिब्रता दिनेगरी अस्पताल प्रशासनसंग सम्झौता समेत गरेको छ । क्लबका प्रतिनिधी मण्डललाई आश्वस्त पार्दै युसीएमएसका प्रमुख प्रशासकीय अधिकृत अजय कुमारले सुनकुमारीको उपचारमा कुनै कसुर नराखी उपचार द्रूत गतिमा गर्न उनको उपचारमा खटिएको चिकित्सीय टोलीलाई निर्देशन दिएको बताए । सुनकुमारीको उपचारमा न्यूरो विशषज्ञ डा. डम्बर शाहको टोली खटिएको छ । डा. शाहका अनुसार उनको टाउकोमा गम्भिर समस्या छ भने दात र गिजाको भाग पनि फ्याक्चर भएको छ । डा. शाहले सुनकुमारीको बारेमा संक्षिप्त प्रतिक्रिया दिदैं भने ‘उहांको धेरै समस्या छ । अहिले सम्म अर्धचेत अवस्थामा हुनुहुन्छ । टाउको र दात गिजामा समस्या छ । हेमोग्लोविन र प्रोटिन कमी छ । खाना पनि पाइपबाट खुवाउनु परेकोछ । यद्यपी अहिले सामन्य आखां खोल्नु भएको छ । ‘ \"sunkumari-news-4-750\"क्लबले सुनकुमारीको उपचारमा लाग्ने खर्चको व्यवस्थापनकोलागी सबै सामाजिक संघसंस्था र सहयोगी व्यक्तिहरुलाई मन खोलेर सहयोग गर्न आग्रह समेत गरेको छ । क्लबले लुम्बिनी प्रेस क्लबको पुर्णिमा विकास बैंक सिद्धार्थनगर भैरहवाको खाता नम्बर ०००००००००१००००१५९ सि.डी. (00000000010000159CD) मासहयोग गर्न चाहनेले रकम जम्मा गर्न सक्ने बताएको छ । उक्त खातामा सहयोग बापत जम्मा हुन आएको रकम सुनकुमारीको उपचारमा खर्चिने गरी खाता व्यवस्थापन गरिएको क्लबका कोषाध्यक्ष कमल रायमाझीले जानकारी दिएका छन् । यसै बीच क्लबको खातामा आइतबार नै सिद्धार्थ यातयात व्यवसायी समितीका पुर्व अध्यक्ष सन्जिब रोक्काले ५ हजार र लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दिपेश पछाईले १० हजार जम्मा गरिसकेको क्लबका सचिब सम्झना शर्माले जानकारी दिईन् । सहयोग गर्न चाहनेले क्लबका अध्यक्ष माधब ढुंगाना ९८५७०२१५९०, उपाध्यक्ष दिपेश पछाई ९८५७०२०१९०, सचिब सम्झना शर्मा ९८५७०२४६७४, कोषाध्यक्ष कमल रायमाझी ९८५७०१०६००, सदस्यहरु सलमान खान ९८५७०२०१४१ , अरुण ज्ञवाली ९८५७०२२२९० र दिपक घिमिरे ९८५७०२०३०० लाई सम्पर्क गर्न सकिने क्लबका महासचिब नरेश के.सी.ले जानकारी दिएका छन् । रोल्पाको थबांङ गाविस वडा नम्बर ८ मा बस्ने सुनकुमारीलाई असोज २६ गते आफ्नै श्रीमान धुब्र नेपाली र बहिनी नाता पर्ने जाला नेपालीले मरणासन्न हुने गरी कुटपीट गरेका थिए । उनलाई असोज २८ गते युसीएमएस भैरहवामा उपचारकोलागी लिइएको थियो । उपचार गर्दै जादा ऋण काढेंर ल्याएको रकम समेत पैसा सकिएपछि उनको कुरुवाको रुपमा आएकी १३ वर्षिय छोरी विनिता नेपाली समेत भाग्न विवश भएकी थिईन् । सुनकुमारीलाई कुटपीट गर्ने धुब्र र जालालाई जिल्ला प्रहरी कार्यलयले ज्यान मार्ने उद्योग अन्र्ततग मुद्धा चलाएर पुर्पक्षकोलागी थुनामा राखेको छ । यता अर्धचेत अवस्थाकी आमाको एक्लै स्यहार सुसार गरिरहेकी नाबालीका विनितालाई खाना खाने व्यवस्थपन पनि क्लबले गरिसकेको छ । संसदको सभामुख ओनसरी घर्तिको निर्वाचन क्षेत्रकी सुनकुमारी माथी भएको हिंसाको सबालमा महिला अधिकारकर्मिलेृ आवज उठाउलान् या नउठाउलान् त्यो समयले देखाउला तर उनको उपचारमा लुम्बिनी प्रेस क्लबको सक्रियतालाई युसीएमसमा अध्ययनरत विद्यार्थीहरुको संस्था करुणा, युसीएमएस प्रशासन र विभिन्न सामाजिक संघसंस्थाले साथ दिनेमा आफू विश्वस्त रहेको क्लबका अध्यक्ष ढुंगानाले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending