Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्रचण्डमाथि साइबर आक्रमण

नेपालको राजनीतिक क्षितिजमा अनौठो परिदृष्यहरु देखिन थालिएको छ । यस्ता अनौठो परिदृष्यहरु अहिले मात्रै देख्न थालिएको पनि होइन । पटकपटक देखिने यस्ता दृश्यले जनतामाझ केहि हदसम्म भ्रम छर्न सफल भएको छ । झुटको पुलिन्दाभित्र भावनाको रस हाली हल्ला फैलाउने तत्व जहाँसुकै सक्रिय छन् । [caption id=\"attachment_100453\" align=\"alignleft\" width=\"259\"]\"bikash-mainali\" लेखक[/caption] रोचक पक्ष के छ भने, महाकाली, गण्डकी, कर्णाली र अन्य स्रोतसाधन पार्टीगत र व्यक्तिगत फाइदाको निम्ति भारतलाई कौडीको मूल्यमा बेच्नेहरु राष्ट्रवादी भएका छन् । मसानघाटमा पुगेको राजतन्त्र ब्युँताउन हिन्दु कार्ड फाल्नेदेखि भारतकी चेली हिमानीलाई महारानी घोषणा गर्न तयार हुनेहरू आफूलाई खाँटी मातृभुमीप्रेमी ठान्दैछन् । ठीक विपरीत राष्ट्र र जनतालाई प्रधान मानेर देशभर जागरणको आँधीहुरी सिर्जना गरी परिवर्तनको मोर्चामा पुराना दलहरूलाई नत्थी लगाएर ल्याउने र राष्ट्रियताको निम्ती बिषम परिस्थितिको बाबजुद जीवनमरणको दोसाँधमा उभिनेहरुलाई राष्ट्रघाती देख्दैछन् । जनताकै लागि भनी युद्धको प्रादुर्भाव गर्ने र आवश्यकताअनुसार त्यसलाई विसर्जन गरी जनभावनाको कदर गर्नेलाई एक थरी जनघाती भन्दैछन् । अर्थात कागले आफ्नै नाम काढ्दैछ भनेजस्तो भएको छ ।
आफूले नदिनाला बेच्दा र त्यसको प्रतिफल पाइसक्दाको बाबजुद पनि प्रचण्ड नेतृत्वको सरकारले कम्तिमा काठमाडौं उपत्यकामा भएपनि लोडसेडिङ अन्त्यको घोषणाले शोकमा डुबेको एमालेले फालेको विभिन्न तुरुप उसैको लागि प्रत्युत्पादक भएको छ ।
जनजीवनको सवालहरु उठान गर्दै त्यसलाई कार्यान्वयन तहमा पुगेका प्रधानमन्त्री प्रचण्डमाथि अहिले साइबर आक्रमण तीब्र गतिमा भइरहेको छ । युवा पुस्तामा लोकप्रिय फेसबुक र ट्वीटर जस्ता सामाजिक संजालको भरपुर दुरुपयोग गर्दै पुरानो सताको मसिहा एमालेले यसको नेतृत्व गरेको छ । उसलाई सताबाट बाहिरिनुको छटपटि जो छँदैछ । स्वतन्त्र पत्रकारिताको भेषमा होष्टेमा हैसे भन्दै ठूला भनिने मिडियाहरु माओवादीविरुद्ध हातमा हात मिलाइरहेका छन् । प्रचण्ड नेतृत्वको सरकारले गरेको कैयन जनहितकारी कामहरुको नजरअन्दाज गर्दै नकारात्मक प्रचार गर्नेको भण्डाफोर गर्न ढिलो भइसकेको छ । जर्मन तानाशाह हिटलरको प्रवक्ता गोयवल्स झंै माओवादीबिरुद्ध प्रचार गरेर जनताको भविष्य खोस्नेहरुविरुद्ध सबै प्रगतिशील समुदाय सचेत हुनुपर्ने भएको छ । सरकारको एकपछि अर्को लोककल्याणकारी निर्णय र त्यसप्रतिको तदारुकताले अत्तालिएका केही झुन्डहरुलाई आधुनिक प्रविधिको उपयोग गर्दै जवाफ दिनुपर्ने दायित्व सम्पुर्ण माओवादीको काँधमा आएको छ । लोकमानविरुद्ध संसदमा प्रस्ताव राख्ने माओवादीकै सांसद, बिदेश काम गर्न जाने नेपाली कामदारको पक्षमा निर्णय गर्ने माओवादीकै प्रधानमन्त्री हुन् भन्ने कुरा जनता माझ पुर्याउन सके मात्रै पनि माओवादीप्रति उभार फिनिक्स पंक्षीझै आउनेछ । आफूले नदिनाला बेच्दा र त्यसको प्रतिफल पाइसक्दाको बाबजुद पनि प्रचण्ड नेतृत्वको सरकारले कम्तिमा काठमाडौं उपत्यकामा भएपनि लोडसेडिङ अन्त्यको घोषणाले शोकमा डुबेको एमालेले फालेको विभिन्न तुरुप उसैको लागि प्रत्युत्पादक भएको छ । यहि शोकलाई शक्तिमा बदल्न आफ्नो मुखपत्र मार्फत अंगीकृत नागरिकता भएकोलाई सरकारले राष्ट्रपति लगायत संवैधानिक निकायमा नियुक्त गर्ने जस्तो गलत अफवाह फैलाएको एमालेले सम्बन्धित पक्षको खण्डनपछि गम खाएको छ । अब यस्ता गलत तत्व र पक्षविरुद्ध माओवादी सशक्त हुनुपर्छ । नेतृत्वको रक्षाबिना पार्टीको रक्षा नहुने भएकाले साइबर लगायत जताततै माओवादी साथीहरूले वैचारिक प्रत्याक्रमण गर्नुपर्छ । माओवादीको सुन्दर भविष्यमा जनतालाई गोलबन्द गर्नुपर्छ । (मैनाली अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य हुन् ।)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending