Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

नेपाल ब्राजिलबाट जलस्रोत सदुपयोगको तरिका सिक्न चाहन्छ : पासाङ

\"15003417_10209133404045516_889099321691258940_o-1-750\"काठमाडौं, २२ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि ब्राजिलका राजदूत मारिया मेस्क्वेटा पेसोअले शिष्टाचार भेट गरेकी छिन् । सोमबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग राजदूत पेसोअले शिष्टाचार भेट वार्ता गरेकी हुन् । भेटमा उपराष्ट्रपति पासाङले नेपाल र ब्राजिलबीच औपचारिक सम्बन्ध स्थापना भएको चार दशक पुगेको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध प्रगाढ रहेको बताए । उनले नेपाल र ब्राजिलबीच औपचारिक सम्बन्ध सुरु हुनु अगावैदेखि कुटनीतिक सम्बन्ध रहेको बताए । नेपाल र ब्राजिलको भौगोलिक हिसाबले उस्ता उस्तै भएको बताउँदै उपराष्ट्रपतिले दुई देशबीच सांस्कृतिक र व्यापारिक सम्बन्ध रहेको स्मरण गराए । नेपाल र ब्राजिल दुवै देश जलस्रोतको धनी भएको बताउँदै उनले जलस्रोत सदुपयोगको तरिका ब्राजिलबाट सिक्न चाएको बताए । उनले संविधान जारी पछि नेपाल समृद्धिको दिशामा अगाडि बढेको जानकारी गराउँदै समृद्धिको पहिलो आधार जलस्रोत भएको बताए । भेटमा नेपालका लागि ब्राजिलका राजदूत मारिया मेस्क्वेटा पेसोअले ब्राजिल र नेपालबीचको सम्बन्ध घनिष्ठ रहेको बबताइन् । ब्राजिल नेपालसँगको सम्बन्धलाई थप सुधार्न चाहिरहेको उनले बताइन् । गतवर्ष नेपाल ब्राजिल चेम्बर अफ कमर्श स्थापना भएको स्मरण गराउँदै उनले आफूले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनका लागि सबै प्रयास गर्ने बताइन् । यसैगरी उपराष्ट्रपति पासाङसँग नेपालका लागि ईण्डोनेशियाका अवैतनिक दूत चन्द्र ढकालले पनि सोमबार भेटवार्ता गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending