Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

पत्रकारको न्यूनतम पारिश्रमिक पूर्ण कार्यान्वयनमा चुनौती

\"press-patrakar-journalist-750\"काठमाडौँ, २२ कात्तिक । “सूचना विभागमा प्रेस परिचयपत्र बनाउन जाँदा न्यूनतम पारिश्रमिक तलब खुलाएको नियुक्तिपत्र पेस गर्नुपर्छ, मेरो सञ्चार गृहले तोकिएभन्दा कम तलबसहितको नियुक्तिपत्र दिएकाले मैले सिंहदरबार छिर्ने प्रेस पास बनाउन पाएको छैन ।’’ एक निजी टेलिभिजनमा कार्यरत पत्रकारको यो गुनासो अन्य पत्रकारका सन्दर्भमा पनि मिल्छ । सरकारले निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक १९ हजार ५०० रूपैयाँ अझै पनि धेरै सञ्चार माध्यममा दिन थालिएको छैन तर पनि पत्रकारहरुले खुलेर त्यो कुरा भन्न सक्दैनन् । सायद, उनीहरुलाई जागिरको सुनिश्चितता पनि चाहिएको छ । नाम उल्लेख नगर्न आग्रह गर्दै अर्का फोटो पत्रकारले भने, “के गर्ने मैले न्यूनतम पारिश्रमिक पाएको छैन, भनेर कतै उजुरी गरौँ भने फेरि पाइरहेको १४ हजार रुपैयाँको जागिर पनि जाला कि भन्ने डर छ ।” यी दुई पत्रकारको गुनासो सुन्दा सञ्चार प्रतिष्ठानमा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको हकमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा जटिलता र चुनौती देखिन्छ । सूचना तथा सञ्चार मन्त्रालयले भने न्यूनतम पारिश्रमिक नपाएको बारे अहिलेसम्म कहीँकतैबाट उजुरी वा गुनासो नआएको हुँदा सबै सञ्चारमाध्यमले कार्यान्वयन गरेको हुनुपर्ने विश्वास व्यक्त गरेको छ । मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सरकारी स्वामित्वका सञ्चारमाध्यममा पूर्ण रूपमा न्यूनतम पारिश्रमिकको निर्णय लागू भएको र निजी सञ्चारमाध्यमले पालना गरेको जानकारी दिए । नेपाल पत्रकार महासङ्घ र न्यूनतम पारिश्रमिक निर्धारण समितिले न्यूनतम पारिश्रमिक कतिपय सञ्चार प्रतिष्ठानले कार्यान्वयन गरे पनि समग्रमा कार्यान्वयन हुन नसकेको जनाउँदै आएको छ । “हाम्रो जानकारीमा आएअनुसार केही मिडिया हाउसले न्यूनतम पारिश्रमिक लागू गरेका छन्, लागू नभएका उजुरी वा गुनासा पनि आएका छन्, कार्यान्वयन भए÷नभएको बारे केही दिनभित्रै महासङ्घले अनुगमन गर्नेछ” – महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले भने । समितिले २०७२ मा दिएको सुझाव प्रतिवेदनका आधारमा २०७३ वैशाख २३ गतेको मन्त्रिपरिषद्ले नयाँ न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू गर्ने निर्णय गरेको थियो । नेपाल मिडिया सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठले सरकारले तोकेको न्यूनतम पारिश्रमिक कुनै पनि हिसाबले व्यावहारिक नभएका कारण त्यसलाई मान्यता दिएर कार्यान्वयन गर्ने आवस्था नरहेको तर्क गरे । समितिले श्रमजीवी पत्रकार ऐन, २०५१ (पहिलो संशोधन २०६४) पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियामा श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २०६६ सालमा सात हजार २००, २०६८ सालमा १० हजार ८ रुपैयाँ तोेकेको थियो । चार वर्षपछि समितिले न्यूनतम पारिश्रमिक १९ हजार ५०० र एक हजार रुपैयाँ (सञ्चार खर्च) सिफारिस गरेको थियो । ऐन कार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवि पत्रकारका लागि १९ हजार ५०० रुपैयाँ, राष्ट्रिय मिडियाका श्रमजीवि कामदार÷कर्मचारीका लागि १४ हजार ४०० रुपैयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरिएको नेपाल राजपत्रमा प्रकाशित छ । त्यसैगरी अन्य सञ्चार प्रतिष्ठानका श्रमजीवि पत्रकारका लागि १४ हजार १०० रुपैयाँ, अन्य सञ्चार प्रतिष्ठानका श्रमजीवि कामदार÷कर्मचारीका लागि १२ हजार ५०० रुपैयाँ तोकिएको छ । ‘आंशिक समय काम गर्ने, ज्यालादारी, करारमा काम गर्ने श्रमजीवी पत्रकार, कामदार÷कर्मचारीको हकमा न्यूनतम पारिश्रमिकको सट्टा कार्य घन्टा र करारबमोजिम सम्बन्धित प्रतिष्ठानले निर्धारण गर्ने राजपत्रमा उल्लेख छ । समितिका अध्यक्ष पोषण केसीले न्यूनतम पारिश्रमिक लागू नभएकोबारे समितिमा कम उजुरी आएको र त्यसकै आधारमा समितिले हप्ता दिनपछि सबै प्रतिष्ठानमा अनुगमन गर्ने तयारी गरिरहेको जानकारी दिए । सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले पनि श्रमजीवी पत्रकारको पेसागत हकहितको संरक्षणका निम्ति श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिएको छ । पारिश्रमिक पूर्णरूपमा कार्यान्वयनका लागि पत्रकार महासङ्घ र अन्य सरोकारवाला सङ्घसंस्थाले समेत जोडदार पहल गर्नुपर्ने सचिव थपलियाको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending