Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

कञ्चनपुरमा नौवटा स्थानीय तह बनाउने सहमति

\"kanchanpur_district\"कञ्चनपुर, २२ कात्तिक । कञ्चनपुरमा नौवटा स्थानीय तह बनाउने सहमति भएको छ । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले राजनीतिक दलको सहमतिमा नौ स्थानीय तह बनाउने सहमति गरेका हुन् । स्थानीय तहको संरचना निर्धारणबारे जिल्ला विकास समिति कञ्चनपुरमा भएको सर्वपक्षीय बैठकले साविक आठ नगरपालिका र बाँकी चार गाविसलाई मिलाएर अर्को छुट्टै नगरपालिका बनाउने प्रस्तावमा सहमति जनाएको स्थानीय विकास अधिकारी राजेश पौडेलले बताए । “भीमदत्त नगरपालिकालाई उपमहानगरपालिका बनाउनेबारे सहमति भएको छ”–उनले भने । दोधारा चाँदनी, बेल्डाँडी, बेलौरी, पुनर्वास, कृष्णपुर, झलारी पिपलाडी र बेदकोटलाई नगरपालिकामै कायम राख्ने सहमति भएको छ । देखतभुलीका वडा नं ८ र ९ लाई कृष्णपुरमा गाभ्ने निर्णय गरिएको छ । शङ्करपुर गाविसका सबै वडा, देखतभुलीका १ देखि ७ सम्मका वडा, बाइसेविचुवा र रैकवारविचवाका केही वडालाई सम्मिलित गरी लालझाँडी नगरपालिका बनाउने सहमति भएको स्थानीय विकास अधिकारी पौडेलले बताए । यसअघि शङ्करपुर देखतभुली, बाइसेविचुवा र रैकवारलाई राना–थारुको बाहुल्यता रहेको क्षेत्रलाई रानाथारु स्वायत्त संरक्षित क्षेत्र घोषणा गर्ने जिल्ला प्राविधिक सहयोग समितिले निर्णय गरेको थियो । सङ्ख्याको मात्रै टुङ्गो लागेको र नामाकरणको टुङ्गो लाग्न बाँकी रहेको छ । “भौगोलिक, प्रशासनिक सुगमता, स्रोत साधनको उपलब्धता, जनसङ्ख्यालगायत आयोगले तोकेको मापदण्डका आधारमा राजनीतिक सहमतिमा स्थानीय तहमा सहमति भएको छ” – उनले भने । सहमति भएका विषयलाई सिफारिस साथ केन्द्रमा पठाइने उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending