Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कुतर्क र भ्रमको पसल थापेर बसेकाहरुका नाममा

शहर बजारमा एकथरी मानिसहरु छन्, जसको काम नै कुतर्कका तानाबाना बुन्नु रहेको छ । उनीहरुका लागि तथ्य र सत्यसँग कुनै साइनो छैन । न देश दुनियाँ, समाज, जनता, समस्यासँग सरोकार छ । उनीहरु मानौं जन्मेकै आलोचनाका लागि हुन् । यी एकथरीले पसल थापेका छन् भ्रम र कुतर्कका । यी पसलहरु खोल्न कुनै मेहनत गर्नु पर्दैन। न त कुनै अध्ययन या लगानी गर्नुपर्छ । बस, एउटा भ्रमको खेती गर्यो, त्यसलाई प्रचार गर्यो पुग्यो । यी भ्रमको खेती गर्दै पसल थाप्नेहरुले आफ्नो आँगन फोहोर भएको देख्दैनन । न त उनीहरुले आफ्नै जीउमा हरेक भ्रमसँगै बढ्दै गएको मैलो देख्छन् । उनीहरुलाई आफू सुकिलो भएको लाग्छ र अरुलाई रछ्यानको हिलो छ्याप्न खोज्छन् । तर आफ्नो जीउ पुरै हिलोमय भएका छ भन्ने उनीहरुले हेक्कासमेत पाउँदैनन् । \"biplav-pm-prachanda-gyapan-3-750\"बिडम्बनाको कुरा, यी मनुवाहरुले सत्यको अन्वेषण गर्ने दर्शनको पगरी भिरेका छन् । उनीहरु आफूलाई एमाले अर्थात् सत्यको अन्वेषणको सिद्धान्त प्रतिपादन गर्ने माक्र्स र त्यसको प्रयोग गर्ने लेनिनको पगरी भिराउँछन् । “हग्नेलाई भन्दा देख्नेलाई लाज” भन्ने नेपाली उखान त्यसै बनेको होइन होला । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि भ्रमका ठेकेदारहरुले एकपछि अर्को भ्रम सिर्जना गर्ने प्रयास गरे । तर उनीहरुका हरेक भ्रमहरु एकपछि अर्को हावामा उडेर गए ।
यो सय दिनमा फिँजाइएका हरेक हल्लाहरु यिनै पसल थापेकाहरुले चलाए । उनीहरुका मिडियाले चलाए । उनीहरुका फेसबुक र ट्वीटरका पसलहरुमा चलाइए । 
उनीहरुका भ्रमका पसलमा सजाइएका केही भ्रम र वास्तविकता: भ्रमः प्रचण्ड भारतको इसारामा प्रधानमन्त्री बने, अब चीनसँगको सम्बन्ध बिग्रिन्छ । वास्तविकताः नेपालमा भएको राजनीतिक परिवर्तनले चीनसँगको सम्बन्धमा कुनै असर नपर्ने र चीनले नेपालको समग्र विकासमा झन् बढी सहयोग गर्ने पटकपटक चीनबाट व्यक्त भएका सार्वजनिक प्रतिबद्धता। भ्रमः प्रचण्ड प्रधानमन्त्री भएका कारण चीनका राष्ट्रपतिले नेपाल भ्रमण नगर्ने । वास्तविकताः चिनियाँ राष्ट्रपतिद्वारा नेपाल आउने सार्वजनिक घोषणा। भ्रमः चीनसँग भएका विगतका सन्धि सम्झौता लागू हुँदैनन् । वास्तविकताः यी सम्झौता मात्रै होइन, चीनले नेपालले अघि सारेका त्रिपक्षीय साझेदारीको रणनीतिलाई समेत स्वागत गरेर सार्वजनिक अभिव्यक्ति दिएको छ । भ्रमः हुलाकी राजमार्ग भारतलाई दिने भए । वास्तविकताः हुलाकी राजमार्गका बारेमा सरकार आफैले बनाउने पटकपटकको घोषणा । भ्रमः भारतसँग भएका २५ बुँदे राष्ट्रघाती । वास्तविकताः २५ बुँदे सम्झौतामा कुनै नयाँ सम्झौता नभएको बरु विगतका सरकारले गरिसकेका सम्झौता र समझदारी मात्र भएको प्रमाणसहित तथ्य सार्वजनिक भयो । भ्रमः प्रचण्ड प्रधानमन्त्री भए पुनर्निर्माणलगायतका काम रोकिन्छन् । वास्तविकताः ओली सरकारले ५० हजार पीडितहरुसँग समेत सम्झौता गर्न नसकेको बेला प्रचण्ड सरकारले १०० दिनमा साढे ३ लाख भन्दा बढीसँग सहयोग सम्झौता गरेको । सहयोग रकम बढाएर ५ लाख पुर्याएको । भ्रमः प्रचण्ड सरकारले विगतको बजेटमा घोषणा भएका कार्यक्रम कटौती गर्ने । जनताका लागि घोषणा भएका लोकप्रिय कार्यक्रम पालना नहुने । वास्तविकताः सरकार गठन भएसँगै गरीबका लागि सरकारको नारा सार्वजनिक, कर्णाली र दलितका लागि विशेष सहयोग कार्यक्रम घोषणा । यातायात क्षेत्रको सिण्डिकेट अन्त्य । राजधानीमा ३० वटा र राजधानीदेखि बाहिर लामो दूरीका १ सय बस सञ्चालन, विदेशमा रहेका नेपालीहरुमा नयाँ आशा पलाएको । जेलमा रहेका नेपाली स्वदेश फर्किन सफल । अलपत्र परेकाहरु नेपाल फर्किएका । दशैं र तिहारमा यसअघि जस्तो टिकटको सास्ती नभएको। तिहारमा कतै पनि लोडसेडिङ नभएको । बजार अनुगमन तीब्र बनेको । कालाबजारीमाथि कार्वाही भएको । भ्रमः प्रचण्ड सरकारका कारण राष्ट्रिय सहमति कायम हुन नसक्ने, संविधान कार्यान्वयन झन संकटमा । वास्तविकताः प्रचण्डकै सक्रियताका कारण हिजोका दिनमा पानी बाराबार गर्ने एमाले अध्यक्ष केपी ओली समेत सहमतिमा आउन बाध्य । बालुवाटार नछिर्ने कसम खाएका ओली र प्रचण्डबीच बालुवाटारमा नै घण्टौं वार्ता हुने वातावरण तयार । मधेसी मोर्चा सकारात्मक, संविधान संशोधनको प्रस्ताव दर्ता हुने तयारी । भ्रमः प्रचण्ड सरकारमा सुशासन हुँदैन, यिनीहरु भ्रष्ट हुन् । वास्तविकताः प्रचण्ड सरकारकै पाला अख्तियार प्रमुखमाथि महाअभियोग लाग्नु । सुशासनका पक्षमा कर्मचारीतन्त्रलाई निरन्तर कडा निर्देशन । भ्रमः भारतीय राष्ट्रपति नेपाल आउँदा लम्पसार परेको, विदा दिएको आदि इत्यादी आरोप । वास्तविकताः एमालेकै तर्फबाट राष्ट्रपति बनेकी, तत्कालिन एमाले महासचिव मदन भण्डारीकी धर्मपत्नी, एमालेकी कुनै बेलाकी पोलिटब्यूरो सदस्य र नेकपा एमालेका अध्यक्ष केपी ओली निकट मानिने विद्यादेवी भण्डारीले नै भारतीय राष्ट्रपतिलाई निमन्त्रणा गरेकी, उनकै आग्रहमा मन्त्रीपरिषदले विदा दिने घोषणा गरेको । विमानस्थलमा यिनै भण्डारी स्वागत गर्न पुगेकी आदि इत्यादी ।
इतिहास निर्मम हुन्छ– कुनै बेला आततायी हिटलरले समेत कालो भैंसीलाई सेतो भन्ने गर्थे । उनले सेतो हो भनेर प्रमाणित पनि गर्न सक्थे र भ्रमको तिलस्मी चश्मामा ती कुतर्कहरु बेरेर । तर हिटलर इतिहासमा कहिल्यै पनि सम्मानित भएनन् ।
यो सय दिनमा फिँजाइएका हरेक हल्लाहरु यिनै पसल थापेकाहरुले चलाए । उनीहरुका मिडियाले चलाए । उनीहरुका फेसबुक र ट्वीटरका पसलहरुमा चलाइए । तर कुनै पनि प्रचार, कुतर्क र भ्रमले दिगोपना पाएन । कारण स्पष्ट थियो– उनीहरु अनैतिक थिए र छन्, उनीहरुका भ्रम मात्र मिथ्या कुतर्क थिए र ती प्रमाणित भए । इतिहास निर्मम हुन्छ– कुनै बेला आततायी हिटलरले समेत कालो भैंसीलाई सेतो भन्ने गर्थे । उनले सेतो हो भनेर प्रमाणित पनि गर्न सक्थे र भ्रमको तिलस्मी चश्मामा ती कुतर्कहरु बेरेर । तर हिटलर इतिहासमा कहिल्यै पनि सम्मानित भएनन् । त्यत्रो साम्राज्यको दावी गरेको हिट्लर अहिले संसारका अरबौं मानिसको मनमा घृणाका रुपमा उपस्थित छन् । यही कुरा यी एमालेका पसल थापेकाहरुका बारेमा सत्य हो । नेकपा एमाले परिवर्तनको आन्दोलनमा एउटा विरासत र इतिहास बोकेको पार्टी हो । यसले नेपाली समाजको रुपान्तरणमा उल्लेख्य स्थान हासिल गरेको छ । तर यी कुतर्कका पसलेहरुका कारण अहिले सिंगो एमालेको बदनाम भइरहेको छ । एमालेभित्रका इमान्दार कार्यकर्ताहरुको बदनाम भएको छ । यो कुरा एमाले पार्टीले बुझ्नै पर्छ । नत्र ओली म्यानेजर भएको यो कुतर्कको पसलका कारण सिंगो एमालेलाई नै इतिहासले धिक्कार्ने निश्चित छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending