Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

कुतर्क र भ्रमको पसल थापेर बसेकाहरुका नाममा

शहर बजारमा एकथरी मानिसहरु छन्, जसको काम नै कुतर्कका तानाबाना बुन्नु रहेको छ । उनीहरुका लागि तथ्य र सत्यसँग कुनै साइनो छैन । न देश दुनियाँ, समाज, जनता, समस्यासँग सरोकार छ । उनीहरु मानौं जन्मेकै आलोचनाका लागि हुन् । यी एकथरीले पसल थापेका छन् भ्रम र कुतर्कका । यी पसलहरु खोल्न कुनै मेहनत गर्नु पर्दैन। न त कुनै अध्ययन या लगानी गर्नुपर्छ । बस, एउटा भ्रमको खेती गर्यो, त्यसलाई प्रचार गर्यो पुग्यो । यी भ्रमको खेती गर्दै पसल थाप्नेहरुले आफ्नो आँगन फोहोर भएको देख्दैनन । न त उनीहरुले आफ्नै जीउमा हरेक भ्रमसँगै बढ्दै गएको मैलो देख्छन् । उनीहरुलाई आफू सुकिलो भएको लाग्छ र अरुलाई रछ्यानको हिलो छ्याप्न खोज्छन् । तर आफ्नो जीउ पुरै हिलोमय भएका छ भन्ने उनीहरुले हेक्कासमेत पाउँदैनन् । \"biplav-pm-prachanda-gyapan-3-750\"बिडम्बनाको कुरा, यी मनुवाहरुले सत्यको अन्वेषण गर्ने दर्शनको पगरी भिरेका छन् । उनीहरु आफूलाई एमाले अर्थात् सत्यको अन्वेषणको सिद्धान्त प्रतिपादन गर्ने माक्र्स र त्यसको प्रयोग गर्ने लेनिनको पगरी भिराउँछन् । “हग्नेलाई भन्दा देख्नेलाई लाज” भन्ने नेपाली उखान त्यसै बनेको होइन होला । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि भ्रमका ठेकेदारहरुले एकपछि अर्को भ्रम सिर्जना गर्ने प्रयास गरे । तर उनीहरुका हरेक भ्रमहरु एकपछि अर्को हावामा उडेर गए ।
यो सय दिनमा फिँजाइएका हरेक हल्लाहरु यिनै पसल थापेकाहरुले चलाए । उनीहरुका मिडियाले चलाए । उनीहरुका फेसबुक र ट्वीटरका पसलहरुमा चलाइए । 
उनीहरुका भ्रमका पसलमा सजाइएका केही भ्रम र वास्तविकता: भ्रमः प्रचण्ड भारतको इसारामा प्रधानमन्त्री बने, अब चीनसँगको सम्बन्ध बिग्रिन्छ । वास्तविकताः नेपालमा भएको राजनीतिक परिवर्तनले चीनसँगको सम्बन्धमा कुनै असर नपर्ने र चीनले नेपालको समग्र विकासमा झन् बढी सहयोग गर्ने पटकपटक चीनबाट व्यक्त भएका सार्वजनिक प्रतिबद्धता। भ्रमः प्रचण्ड प्रधानमन्त्री भएका कारण चीनका राष्ट्रपतिले नेपाल भ्रमण नगर्ने । वास्तविकताः चिनियाँ राष्ट्रपतिद्वारा नेपाल आउने सार्वजनिक घोषणा। भ्रमः चीनसँग भएका विगतका सन्धि सम्झौता लागू हुँदैनन् । वास्तविकताः यी सम्झौता मात्रै होइन, चीनले नेपालले अघि सारेका त्रिपक्षीय साझेदारीको रणनीतिलाई समेत स्वागत गरेर सार्वजनिक अभिव्यक्ति दिएको छ । भ्रमः हुलाकी राजमार्ग भारतलाई दिने भए । वास्तविकताः हुलाकी राजमार्गका बारेमा सरकार आफैले बनाउने पटकपटकको घोषणा । भ्रमः भारतसँग भएका २५ बुँदे राष्ट्रघाती । वास्तविकताः २५ बुँदे सम्झौतामा कुनै नयाँ सम्झौता नभएको बरु विगतका सरकारले गरिसकेका सम्झौता र समझदारी मात्र भएको प्रमाणसहित तथ्य सार्वजनिक भयो । भ्रमः प्रचण्ड प्रधानमन्त्री भए पुनर्निर्माणलगायतका काम रोकिन्छन् । वास्तविकताः ओली सरकारले ५० हजार पीडितहरुसँग समेत सम्झौता गर्न नसकेको बेला प्रचण्ड सरकारले १०० दिनमा साढे ३ लाख भन्दा बढीसँग सहयोग सम्झौता गरेको । सहयोग रकम बढाएर ५ लाख पुर्याएको । भ्रमः प्रचण्ड सरकारले विगतको बजेटमा घोषणा भएका कार्यक्रम कटौती गर्ने । जनताका लागि घोषणा भएका लोकप्रिय कार्यक्रम पालना नहुने । वास्तविकताः सरकार गठन भएसँगै गरीबका लागि सरकारको नारा सार्वजनिक, कर्णाली र दलितका लागि विशेष सहयोग कार्यक्रम घोषणा । यातायात क्षेत्रको सिण्डिकेट अन्त्य । राजधानीमा ३० वटा र राजधानीदेखि बाहिर लामो दूरीका १ सय बस सञ्चालन, विदेशमा रहेका नेपालीहरुमा नयाँ आशा पलाएको । जेलमा रहेका नेपाली स्वदेश फर्किन सफल । अलपत्र परेकाहरु नेपाल फर्किएका । दशैं र तिहारमा यसअघि जस्तो टिकटको सास्ती नभएको। तिहारमा कतै पनि लोडसेडिङ नभएको । बजार अनुगमन तीब्र बनेको । कालाबजारीमाथि कार्वाही भएको । भ्रमः प्रचण्ड सरकारका कारण राष्ट्रिय सहमति कायम हुन नसक्ने, संविधान कार्यान्वयन झन संकटमा । वास्तविकताः प्रचण्डकै सक्रियताका कारण हिजोका दिनमा पानी बाराबार गर्ने एमाले अध्यक्ष केपी ओली समेत सहमतिमा आउन बाध्य । बालुवाटार नछिर्ने कसम खाएका ओली र प्रचण्डबीच बालुवाटारमा नै घण्टौं वार्ता हुने वातावरण तयार । मधेसी मोर्चा सकारात्मक, संविधान संशोधनको प्रस्ताव दर्ता हुने तयारी । भ्रमः प्रचण्ड सरकारमा सुशासन हुँदैन, यिनीहरु भ्रष्ट हुन् । वास्तविकताः प्रचण्ड सरकारकै पाला अख्तियार प्रमुखमाथि महाअभियोग लाग्नु । सुशासनका पक्षमा कर्मचारीतन्त्रलाई निरन्तर कडा निर्देशन । भ्रमः भारतीय राष्ट्रपति नेपाल आउँदा लम्पसार परेको, विदा दिएको आदि इत्यादी आरोप । वास्तविकताः एमालेकै तर्फबाट राष्ट्रपति बनेकी, तत्कालिन एमाले महासचिव मदन भण्डारीकी धर्मपत्नी, एमालेकी कुनै बेलाकी पोलिटब्यूरो सदस्य र नेकपा एमालेका अध्यक्ष केपी ओली निकट मानिने विद्यादेवी भण्डारीले नै भारतीय राष्ट्रपतिलाई निमन्त्रणा गरेकी, उनकै आग्रहमा मन्त्रीपरिषदले विदा दिने घोषणा गरेको । विमानस्थलमा यिनै भण्डारी स्वागत गर्न पुगेकी आदि इत्यादी ।
इतिहास निर्मम हुन्छ– कुनै बेला आततायी हिटलरले समेत कालो भैंसीलाई सेतो भन्ने गर्थे । उनले सेतो हो भनेर प्रमाणित पनि गर्न सक्थे र भ्रमको तिलस्मी चश्मामा ती कुतर्कहरु बेरेर । तर हिटलर इतिहासमा कहिल्यै पनि सम्मानित भएनन् ।
यो सय दिनमा फिँजाइएका हरेक हल्लाहरु यिनै पसल थापेकाहरुले चलाए । उनीहरुका मिडियाले चलाए । उनीहरुका फेसबुक र ट्वीटरका पसलहरुमा चलाइए । तर कुनै पनि प्रचार, कुतर्क र भ्रमले दिगोपना पाएन । कारण स्पष्ट थियो– उनीहरु अनैतिक थिए र छन्, उनीहरुका भ्रम मात्र मिथ्या कुतर्क थिए र ती प्रमाणित भए । इतिहास निर्मम हुन्छ– कुनै बेला आततायी हिटलरले समेत कालो भैंसीलाई सेतो भन्ने गर्थे । उनले सेतो हो भनेर प्रमाणित पनि गर्न सक्थे र भ्रमको तिलस्मी चश्मामा ती कुतर्कहरु बेरेर । तर हिटलर इतिहासमा कहिल्यै पनि सम्मानित भएनन् । त्यत्रो साम्राज्यको दावी गरेको हिट्लर अहिले संसारका अरबौं मानिसको मनमा घृणाका रुपमा उपस्थित छन् । यही कुरा यी एमालेका पसल थापेकाहरुका बारेमा सत्य हो । नेकपा एमाले परिवर्तनको आन्दोलनमा एउटा विरासत र इतिहास बोकेको पार्टी हो । यसले नेपाली समाजको रुपान्तरणमा उल्लेख्य स्थान हासिल गरेको छ । तर यी कुतर्कका पसलेहरुका कारण अहिले सिंगो एमालेको बदनाम भइरहेको छ । एमालेभित्रका इमान्दार कार्यकर्ताहरुको बदनाम भएको छ । यो कुरा एमाले पार्टीले बुझ्नै पर्छ । नत्र ओली म्यानेजर भएको यो कुतर्कको पसलका कारण सिंगो एमालेलाई नै इतिहासले धिक्कार्ने निश्चित छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending