भारतीय बिस्तारवादको चाहना विपरीत पहिले प्रचण्ड स्वयम्, त्यसपछि झलनाथ खनाल र पछि केपी ओलीको नेतृत्वमा बामसरकार सरकार निर्माण गर्नु लम्पसारवाद हो ? ‘भारतको यस मेन बन्दैनौँ’, ‘चाकरी गर्दैनौँ’ भनेर खुलामञ्चबाट चुनौति दिनु लम्पसारवाद हो ?परन्तु यतिबेला लम्पसारवादको नारा मूलतः सत्ताच्यूत हुनुको पीडाले छट्पटिएका एमाले नेताहरु र तिनका कार्यकर्ताहरु, लामो समयदेखि साम्राज्यवाद र विस्तारवादको रसद–पानीमा जिउने गरेकाहरु (अहिले बन्द भएका र नभएका समेत), दरबारिया चाटुकारहरु, धर्मभिरुहरु, स्वतन्त्र तिब्बतका पक्षधरहरु, सुगौली सन्धि हुनु पूर्व नेपालले विजय प्राप्त गरेका भारतका विभिन्न भागहरु र चीनको तिब्बतलाई नेपालमा गाभ्नु पर्ने माग राख्दै आएको ग्रेटर नेपाल लगायतका संस्थाहरु, शक्ति राष्ट्रहरुको निगाह र दूतावासको जुठो÷पूरोमा चल्ने भाटहरु, विदेशी दातृनिकायबाट दक्षिणा थापेर नेपालका सूचना विदेशीको हातमा बेच्ने विभिन्न स्वदेशी तथा विदेशी गैरसरकारी संस्थाका मानिसहरु, बिसर्जनवादीहरु, संशोधनवादीहरु, जडसुत्रवादीहरु र अत्यन्तै न्यून सङ्ख्यामा सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट भ्रमित भएका जनताले उचालिरहेका छन् । दक्षिणपन्थीहरु र उग्रबामपन्थीहरु, राष्ट्रभक्त र राष्ट्रघातीहरु, भारत विरोधी र चीन विरोधीहरु, कथित ‘स्वतन्त्र तिब्बत’का पक्षधरहरु र स्वघोषित चीन पक्षधरहरु – सबैले विरोध गरेको यो लम्पसारवादको अर्थ के हो ? यसको विरोधको तात्पर्य के हो ? यो कसैले बताएको छैन । कुनै पनि पार्टी वा संस्थाले आधिकारिक निर्णय गरेर विरोध नगरेको हुनाले यसको कुनै आधिकारिकता पनि छैन । त्यसैले वास्तवमा यस्तो ‘अद्भूत लम्पसारवाद’को विषयमा विगत इतिहासदेखि वर्तमानको पृष्ठभूमि सहित गम्भीर बहस र छलफल हुनु जरुरी छ । यस्तो छलफल कुनै आग्रह वा पूर्वाग्रह बिना स्वतन्त्र र निष्पक्ष रुपले हुनु जरुरी छ । यदि सुगौलि सन्धि गर्नु लम्पसारवाद हो भने त्यो नेपाल एकीकरणका एक नायक मानिएका महाराज र तिनका भारदारहरुले गरेका हुन । त्यस्तै हो सन् १९५०को सन्धि । यदि पूर्ण रुपमा नेपाली भूमिभित्र बग्ने गण्डकी र कोशी जस्ता महत्त्वपूर्ण नदीहरु भारतलाई बेच्नु लम्पसारवाद हो भने त्यो नेपाली काँग्रेस, त्यसका महामानव नेताहरु बीपी कोइराला र मात्रिका कोइरालाले गरेका हुन् ।
भारतीय विस्तारवादको दबाबमा आफ्ना पार्टी महासचिब र सङ्गठन विभागका प्रमुखको हत्याको छानबिन आयोगको प्रतिवेदन लुकाउनु लम्पसारवाद हो कि होइन ?यदि स्टालिन र माओ जीवित छँदै नेपालको जनवादी क्रान्ति सम्पन्न हुने गरी द्रुत गतिमा अघि बढेको कम्युनिस्ट पार्टीको झण्डालाई दरबारमा बुझाएर ‘त्वम् शरणम्’ गर्नु लम्पसारवाद हो भने त्यो ‘ऐतिहासिक कार्य’ वि.सं. २०१२ सालमा पहिलो पटक एमालेका पूर्वअध्यक्ष र ९ महिने शासनकालका प्रधानमन्त्री समेत रहेका मनमोहन अधिकारीले गरेका हुन् भने पछि वि.सं. २०१७ सालमा डा. केशरजङ रायमाझीले गरेका हुन् । [caption id=\"attachment_84002\" align=\"alignleft\" width=\"250\"] लेखक[/caption] २०५० जेठ ३ गते ‘मदन–आश्रितको जीप दूर्घटना नभएर हत्या भएको’ भन्दै ७ वर्षे अनिश शाक्य लगायत कैयौं जनता र कार्यकर्ता सहिद हुने गरी शुरुमा आन्दोलन मच्चाउने एमाले हो र त्यसको आन्तरिक छानबिनका लागि केपी ओलीको नेतृत्वमा आयोग समेत बनाइएको थियो । तर सो आयोगको प्रतिवेदन सार्वजनिक गरिएन । भारतीय विस्तारवादको दबाबमा आफ्ना पार्टी महासचिब र सङ्गठन विभागका प्रमुखको हत्याको छानबिन आयोगको प्रतिवेदन लुकाउनु लम्पसारवाद हो कि होइन ? त्यति मात्रै होइन, यदि मदन–आश्रितको मृत्यू जीप दूर्घटनाबाट भएको हो भने त्यतिबेला हत्या भन्दै किन गिरिजा सरकारको विरुद्ध आन्दोलन उछालियो ? त्यसका लागि सार्वजनिक रुपले माफी मागियोस् । यदि त्यो हत्या भए आजसम्म एमालेका ३ जना नेताहरु प्रधानमन्त्री र मदन भण्डारीकै जीवन सङ्गिनी विद्या भण्डारी राष्ट्रपति हुँदा समेत त्यसको छानबिन किन गरिएन ? यहाँ जनतामाथि धोखा छ वा लम्पसारवाद ? सत्य बताउनु प¥यो । यदि नेपालको पश्चिमी सीमा नदीको रुपमा रहेको महाकाली र टनकपुरको भूभाग भारतलाई सुम्पनु (तत्कालीन माले नेताहरुको भाषामा महाकाली बेच्नु) लम्पसारवाद हो भने त्यो नेपाली काँग्रेसको प्रस्ताव र नेकपा (एमाले) को समर्थनमा भएको हो । महाकाली नदी भारतलाई सुम्पेपछि नेपाल झलमल्ल हुने, पश्चिम तराई पूर्ण सिँचित र लहलह हुने, स्वदेशमा बिजुली फालाफाल हुने, बढी भएको बिजुली स्याटेलाइट मार्फत चीनमा बेचिने र नेपाललाई वार्षिक १ खरब २४ अरब नगद आर्थिक लाभ हुने भन्दै निर्लज्ज भाषण गर्ने नेताहरु माधब–केपी नै हुन् । यी सबै कुरा तत्कालीन एमालेबाट विभाजित नेकपा (माले)का दस्तावेजहरुमा सुनौला अक्षरहरुले अङ्कित छन् । सुस्ता, कालाापनी, महेशपुर, पशुपतिनगर, गण्डक क्षेत्र लगायतका ६३ ठाउँमा नेपाली भूभाग अतिक्रमण हुनु र त्यसलाई टुलु टुलु हेरेर बस्नु लम्पसारवाद हो भने ती सबै घटनाहरु तत्कालीन ‘राष्ट्रिय एकताका प्रतीक’ रहेका राजा÷महाराजाहरु राष्ट्र प्रमुख रहेको निर्दलीय पञ्चायत तथा बहुदलीय काँग्रेस–एमालेको शासनकालमा भएका हुन् । यदि भारतीय बिस्तारवादसँग डराएर एउटा स्वघोषित कम्युनिस्ट पार्टीले ‘भारत नेपालको विकासको बाधक नभएर साधक हो’ भन्नु ‘अमेरिकी साम्राज्यवाद’ भनी किटान गर्न डराउनु लम्पसारवाद हो भने त्यस्तो लेखेको दस्तावेज नेकपा (एमाले)को छैठौ महाधिवेशनबाट पारित भएको हो, जसमा हालसम्म कुनै परिवर्तन भएको छैन । यदि अमेरिकी राजदूत पार्टीको केन्द्रीय कार्यालयमा आउँदा माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओका फोटा लुकाउनु लम्पसारवाद हो भने त्यो नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा घटेको घटना हो ।
प्रचण्डले नेपाली हिन्दूहरुका आराध्यदेव मानिने पशुपतिनाथको मन्दिरबाट भारतीय पूजारी र भट्टलाई हटाएर नेपाली पूजारी र भट्टहरुलाई नियुक्ति गर्ने निर्णय गरेका थिए, त्यो त पक्कै लम्पसारवाद थिएन । यदि त्यसको विरोध गर्नु, भारतीय पूजारी र भट्ट नभए पशुपतिनाथ रिसाएर नेपाललाई भष्म पारिदिने कूतर्क गर्दै आन्दोलन गर्नु लम्पसारवाद हो भने त्यो त एमाले–काँग्रेसले गरेका थिए । यी धर्मात्माहरुले बताउनु प¥योः के हो लम्पसारवाद ?यदि कम्युनिस्ट पार्टीको रातो झण्डा बोकेर राजतन्त्र सहितको संविधानलाई संसारकै उत्कृष्ट संविधान भन्ने, दरबार हत्याकाण्डको छानबिन आयोगमा बस्न डराउने, राजाको पाउमा दाम राखेर ढोग्ने, संसद विघटन गरेर सम्पूर्ण सत्ता आफ्नो हातमा लिएको राजासँग प्रधानमन्त्री बनाइदिन बिन्तिपत्र हाल्ने र सरकारमा समावेश हुन पाएपछि निरङ्कूशता आधा सच्चिएको बताउने लगायतका घटनालाई लम्पसारवाद भन्न मिल्ने भए ती ‘महान् कार्यहरु’ त एमालेका तत्कालीन महासचिब माधव नेपाल र अन्य नेताहरुले गरेका हुन् । यदि राजा र राजतन्त्रसँग तर्सेर राजतन्त्र विरुद्धको ऐतिहासिक दोस्रो जनआन्दोलनलाई ‘बयलगाडामाथि चढेर अमेरिकाको यात्रामा निस्कनु’ भन्नु लम्पसारवाद हो भने त्यो एमाले नेता केपी ओलीले बोलेका हुन् । आखिर के हो यो लम्पसारवाद भनेको ? बहसले अझै ब्याख्याको खाँचो महशुस गरेको छ । यो सबै दोस्रो ऐतिहासिक जनआन्दोलन अगाडिको कुरा भयो । छाडिदिनुस्, ती सबै कुरा । त्यसपछिका कुरा गरौँ । अन्तरिम संविधान अनुसार संविधान सभाको पहिलो बैठकबाट गणतन्त्र नेपालको घोषणा गर्नुपर्नेमा दरबारसँग डराएर विभिन्न बहाना बनाउँदै गणतन्त्रको घोषणालाई २०६५ जेठ १५ गते रातिको १२ः०० बजेसम्म पुराउनु लम्पसारवाद हो भने त्यो काँग्रेस–एमालेका नेताहरुले गरेका हुन् । सरकार प्रमुखको रुपमा २०६५ सालमा तत्कालीन नेकपा(माओवादी)का अध्यक्ष प्रचण्डले नेपाली हिन्दूहरुका आराध्यदेव मानिने पशुपतिनाथको मन्दिरबाट भारतीय पूजारी र भट्टलाई हटाएर नेपाली पूजारी र भट्टहरुलाई नियुक्ति गर्ने निर्णय गरेका थिए, त्यो त पक्कै लम्पसारवाद थिएन । यदि त्यसको विरोध गर्नु, भारतीय पूजारी र भट्ट नभए पशुपतिनाथ रिसाएर नेपाललाई भष्म पारिदिने कूतर्क गर्दै आन्दोलन गर्नु लम्पसारवाद हो भने त्यो त एमाले–काँग्रेसले गरेका थिए । यी धर्मात्माहरुले बताउनु प¥योः के हो लम्पसारवाद ? नेपाली सेनाको प्रधानसेनापतिले गणतन्त्र नेपालको सरकारलाई चुनौति दिँदा त्यसलाई प्रतिरोध गर्नु र राजतन्त्रको निगाहमा सेनापति बनेको र विदेशीको राजदूतावासमा सूचना चुहाउने गरेको (आफ्नै पुस्तकमा खुलाशा गरे बमोजिम) रुक्माङ्गत कटुवाललाई हटाउने कठोर कदम उठाउनु त पक्कै लम्पसारवाद थिएन । तर त्यही एउटा कर्मचारीसँग डराउँदै भारतीय विस्तारवादको निर्देशनमा आफै सम्मिलित सरकारले गरेको निर्णय लुत्रुक्क परेर उल्टाउनु र सरकारबाट हट्नु लम्पसारवाद हो भने त्यो एमालेले गरेको हो ।
भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिनु, उनी आउने दिनमा सार्वजनिक विदा दिन सुझाउनु र उनलाई लिन विमानस्थलसम्म पुग्नु लम्पसारवाद र राष्ट्रघात हो भने एमालेकी पूर्व उपाध्यक्ष तथा राष्ट्रपति विद्या भण्डारी लम्पसारवादी र राष्ट्रघाती भइन् । यो त बर्बादै भयो । अब एमालेको परिभाषा अनुसार लम्पसारवादी राष्ट्रपति विद्या भण्डारीले कि त आफैले स्वविवेकका आधारमा पदबाट राजीनामा दिनु प¥यो ?पहिलो संविधान सभामा भाषाका आधारमा संघीयता भन्नु तर विभिन्न स्वदेशी तथा विदेशी गैरसरकारी संस्थाहरु र राजावादीहरुको दबाबमा टिक्नु नसक्नु के हो ? संघीयता, सरकार प्रमुख, पहिचान, धर्म निरपेक्षता, समावेशीकरण, समानुपातिक प्रतिनिधित्व लगायतका मुद्दालाई निहुँ बनाउँदै भारतीय बिस्तारवादको दबाबमा पहिलो संविधान सभा विघटन गराउनु लम्पसारवाद हो कि होइन ? हो भने यो कर्म त काँग्रेस र एमालेको हो । पहिलो संविधान सभाको कुरा पनि छाडिदिऊँ । दोस्रो संविधान सभाको निर्वाचनमा समेत बहुपहिचान सहितको संघीयता, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, समावेशी, समानुपातिक प्रनिनिधित्व भन्दै भोट माग्नु तर भारतीय दूतावास र कनकमणि दीक्षित लगायतका मानिसहरुको दबाबमा त्यसैको विरुद्ध उभिनु लम्पसारवाद हो कि होइन, कुन्नि ? यदि हो भने त्यो त एमालेले गरेको हो । यदि भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिनु, उनी आउने दिनमा सार्वजनिक विदा दिन सुझाउनु र उनलाई लिन विमानस्थलसम्म पुग्नु लम्पसारवाद र राष्ट्रघात हो भने एमालेकी पूर्व उपाध्यक्ष तथा राष्ट्रपति विद्या भण्डारी लम्पसारवादी र राष्ट्रघाती भइन् । यो त बर्बादै भयो । अब एमालेको परिभाषा अनुसार लम्पसारवादी राष्ट्रपति विद्या भण्डारीले कि त आफैले स्वविवेकका आधारमा पदबाट राजीनामा दिनु प¥यो ? नभए एमालेका नेता तथा कार्यकर्ताले उनलाई राजीनामा दिन बाध्य पार्नु प¥यो ? त्यो पनि नभए उनलाई महाअभियोगको प्रस्ताव ल्याएर तत्काल हटाउनु प¥यो र त्यसको नेतृत्व ‘राष्ट्रियताको पहरेदार’ एमाले र त्यसका अध्यक्ष केपी ओलीले गर्नु प¥यो । यदि विभिन्न देशका राजदूतावासहरु, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु र दातृनिकायहरुबाट आर्थिक सहयोग लिएर तिनको इशारामा नाच्नु, देशको सूचना बेच्नु, स्वतन्त्र तिब्बतको आन्दोलनमा भाग लिनु वा त्यसलाई परोक्ष रुपमा सहयोग गर्नु र नेपाली राज्य, राष्ट्र तथा राष्ट्रियतालाई थिलोथिलो बनाउनु लम्पसारवाद हो भने त्यो गर्ने अधिकांश गैरसरकारी संस्थाहरु (एनजीओहरु) एमालेका नेता तथा कार्यकर्ताबाट सञ्चालित छन् । कम्युनिस्ट पार्टीले आफ्ना दस्तावेजहरुमा भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवाद लेख्न नसक्नु र त्यसको विरोध गर्न नसक्नु लम्पसारवाद भए त्यो गर्ने नेपालको एउटै मात्रै स्वघोषित कम्युनिस्ट पार्टी नेकपा (एमाले) हो । आज पनि भारतको विरोध गर्ने एमाले नेताहरु र त्यसका अध्यक्ष केपी ओलीले ‘भारतीय विस्तारवाद’ शव्द प्रयोग गर्न डराउँछन् । तिनले ‘भारतीय विस्तारवाद–मूर्दावाद’ भनेर नारा लगाउन वा त्यसको विरुद्ध कुनै लिखित दस्तावेज तयार गरेर पार्टीमा निर्णय गराउन सक्दैनन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु र दातृनिकायहरुले आर्थिक सहयोग नदेलान् भन्ने डरले एमालेले आफ्ना पार्टी दस्तावेजबाट पहिले माओविचारधारा, नयाँ जनवादी क्रान्ति, निरन्तर क्रान्ति हुँदै पछि वर्ग संघर्ष, सर्वहारावर्गको अधिनायकत्व, क्रान्तिमा बल प्रयोगको सिद्धान्त लगायतका विचारहरु परित्याग गरेको छ । आजभोलि समाजवादी क्रान्ति गर्ने लक्ष्य बोकेको बताउने यो पार्टीका नेताहरुले ‘अधिकार प्राप्तिको संघर्ष समाप्त भएको’, ‘वर्ग संघर्षको चरण समाप्त भएको’, ‘राजनीतिक क्रान्तिको चरण समाप्त भएकोले आर्थिक क्रान्तिको बाटोमा लाग्ने’ जस्ता गैर माक्र्सवादी र काइते विचारहरु प्रस्तुत गर्दै आएको छन् । यो भन्दा घटीया लम्पसारवाद अरु के हुन सक्छ ? माथिका तथ्यहरुलाई सुक्ष्म र गहन तरिकाले विश्लेषण गर्दा पार्टीको तल्लो तहमा थुप्रै राष्ट्रभक्त र इमान्दार कार्यकर्ता र समर्थकहरु हुनुको बाबुजुद पनि पद, पैसा र शक्तिसँग सिद्धान्त, विचार र क्रान्तिकारी दायित्व साट्न तम्तयार कैयौँ नेतृत्वदायी नेताहरुको कारणले नेकपा (एमाले) र त्यसका नेताहरुद्वारा सञ्चालित विभिन्न संस्थाहरु भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद, शक्ति राष्ट्रहरु र तिनका दातृनिकायहरु समक्ष लम्पसार परेको र आत्मसमर्पण गरेको देखिन्छ । तिनले पटक पटक जनघात र राष्ट्रघात गरेको देखिन्छ । यस अर्थमा नेकपा (लम्पसारवादी) नाम नेकपा(एमाले)लाई सुहाउँछ । यता माओवादी सुप्रिमो प्रचण्ड र उनले नेतृत्व गरेको माओवादी आन्दोलनतिर फर्केर हेरौँ । नेपालमा ५,००० वर्षदेखिको सामन्तवादको बिरासत थाम्दै २४० वर्षदेखि त्यसको नेतृत्व गरेर बसेको शाही राजतन्त्रलाई ध्वस्त गरेर गणतन्त्र स्थापना गर्नका लागि जीवनको बलिदान गर्न तम्तयार हुनु के लम्पसारवाद हो ? नेपाल जस्तो बहुजातीय, बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक देशमा जातीय विविधतालाई सम्बोधन गर्न जातीय पहिचानको पक्ष लिनु, देशलाई धर्म निरपेक्ष बनाउनु, सबै भाषाहरुलाई समान बनाउनु, सबैको संस्कृतिलाई सम्मान दिनु र सबै धर्म÷संस्कृति मान्ने जनताका मुख्य चाडपर्वमा विदा दिनु लगायतका कार्य गर्नु लम्पसारवाद हो ? राष्ट्रिय स्वाधीनताको पक्षमा र वैदेशिक हस्तक्षेपको विरुद्धमा जनयुद्ध कालमा सुरुङ युद्धको तयारी गर्नु र शान्ति प्रक्रियामा समेत निरन्तर रुपमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको डटेर सामना गर्नु लम्पसारवाद हो ? गणतन्त्रको सरकारलाई नटेर्ने प्रधान सेनापतिलाई हटाउने शाहस गर्नु लम्पसारवाद हो ? हिमाल, पहाड र तराई जनताका अधिकारहरु सुनिश्चित गरेर आन्तरिक राष्ट्रियतालाई बलियो बनाउनु पर्छ भन्नु लम्पसारवाद हो ? पुरुषसत्तावादी मानसिकताको विरुद्ध लडेर महिलाहरुलाई राज्यका सबै अंगमा ३३ प्रतिशत सिटका साथै आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लिम र अन्य अल्पसंख्यकहरुलाई समानुपातिक र समावशीकरणका आधारमा प्रतिनिधिन्व सुनिश्चित गराउनु लम्पसारवाद हो ? भारतीय बिस्तारवाद र अन्य शक्ति राष्ट्रहरुको दबाब विपरित संविधान सभाबाट संविधान घोषणा गर्नु लम्पसारवाद हो ? भारतीय बिस्तारवादको चाहना विपरीत पहिले प्रचण्ड स्वयम्, त्यसपछि झलनाथ खनाल र पछि केपी ओलीको नेतृत्वमा बामसरकार सरकार निर्माण गर्नु लम्पसारवाद हो ? ‘भारतको यस मेन बन्दैनौँ’, ‘चाकरी गर्दैनौँ’ भनेर खुलामञ्चबाट चुनौति दिनु लम्पसारवाद हो ? पुँजीवादी जनवादी क्रान्तिका मुख्य कार्यभारहरु पूरा भइसकेकोले जनवादी क्रान्तिका बाँकी कार्यभारहरुलाई समाजवादी क्रान्तिकै रणनीति अन्तर्गत पूरा गर्ने उद्देश्य सहित समाजवादी क्रान्तिको तयारीमा होमिनु लम्पसारवाद हो ? माओवादी पार्टीहरुको बिचमा एकता गरेर माओवादी केन्द्र बनाउनु र बाँकी बामपन्थी दलहरु र तिनका क्रान्तिकारीहरुसँग एकता गरेर कम्युनिस्ट केन्द्र बनाउने लक्ष्य राख्नु लम्पसारवाद हो ? होइन । पक्कै पनि होइन । तसर्थ प्रचण्ड र माओवादी केन्द्र लम्पसारवादी होइनन्, राष्ट्रभक्त, अग्रगामी र क्रान्तिकारी हुन् । केही मानिसहरुले, मूलतः सामन्तहरु, जमिन्दारहरु, दलाल पुँजीपतिहरु, साम्राज्यवाद तथा विस्तारवादको जुठो÷पूरोमा हुर्केका भाटहरु र केही बामलफ्फाज तथा दक्षिणपन्थीहरुले माओवादी सुप्रिमो प्रचण्ड जनयुद्धकालमा भारतमा भूमिगत भएर बसेका हुनाले उनी भारतसामु लम्पसार पर्ने गरेको तर्क गर्छन् । कतिले त राष्ट्रघाती र ‘र’को एजेण्टसम्म भन्न भ्याउँछन् । यसबारे पनि थोरै छलफल गरौँ । कार्ल माक्र्स जर्मनीमा जन्मे तर त्यहाँको सरकारले देश निकाला गरेपछि उनी फ्रान्स, बेल्जियम र बेलायत लगायतका युरोपका विभिन्न देशहरुमा बसे । के कार्ल माक्र्स गद्दार, राष्ट्रघाती, देशद्रोही र लम्पसारवादी थिए ? महान् अक्टोबर क्रान्तिको अधिकांश समय लेनिन स्वीजरल्याण्ट र युरोपका अन्य देशहरुमा भूमिगत भएर रहे । उनी अक्टोबर विद्रोहको मुखमा मात्रै रुसमा आएका थिए । त्यसो भए के लेनिन पनि लम्पसारवादी, राष्ट्रघाती र तत्कालीन जारशाहीले भने जस्तै ‘जर्मनका दलाल’ थिए ? कोमिन्ताङको आक्रमण चर्केर गएको र आफ्नो शक्ति प्रतिरक्षात्मक भएको समयमा माओ तिनलाई छल्न लामो यात्रा (लङ मार्च)को आन्दोलनमा गएका थिए । के माओ च्याङ काइ सेक र कोमिन्ताङसँग डराएर भागेका थिए ? पक्कै पनि होइन । नेपाल कम्युनिस्ट पार्टीको स्थापना नै भारतमा भएको थियो भने त्यसका संस्थापक महासचिब क. पुष्पलाल राजा महेन्द्रले ‘कू’ गरे पश्चात धेरै लामो समय भारत प्रवासमै बसेका थिए र उनको मृत्यू समेत भारतमै भएको थियो । के क. पुष्पलाल पनि लम्पसारवादी, भारतीय विस्तारवादको दलाल र ‘र’का गुप्तचर थिए ? नेपालमा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कू’ गरेपछि एमालेका थुप्रै नेताहरु भारत प्रवासमा पुगेका (केही त हेल्मेट लगाएर मोटरसाइकलमा भागेका) थिए । ती मध्ये कोही घोर भारत विरोधी समेत थिए । के ती सबै भारतका एजेण्ट भए ? दोस्रो जनआन्दोलनको सुरुवातदेखि अन्तिमसम्म हालका एमाले अध्यक्ष केपी ओली जापानमा (मेरै एक जना साथीको कोठामा, जसको यहाँ नाम लिनु म जरुरी ठान्दिन) ‘दारु’ पिएर बसेका थिए । त्यसो भए उनी जापानका एजेण्ट र गुप्तचर भए त ? एमाले नेताहरुको परिभाषाले त त्यही भन्छ । तर हामीलाई त्यस्तो लाग्दैन । यी सबै कुराहरुको आधारमा के पुस्टि हुन्छ भने नेकपा (मशाल), एकता केन्द्र, माओवादी, एमाओवादी हुँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष बनेका क. प्रचण्ड लम्पसारवादी, राष्ट्रघाती र देशद्रोही होइनन् । उनी एक राष्ट्रभक्त, राष्ट्रिय एकताका प्रवद्र्धक, अग्रगमनका नायक, राष्ट्रिय स्वाधीनताको सङ्घर्षका नेतृत्वकर्ता, नेपालको दशवर्षे महान जनयुद्ध र सामाजिक क्रान्तिका महानायक हुन् । निष्कर्षमा भन्नुपर्दा एमालेका नेताहरुले अहिले मच्चाई रहेको रोदन–क्रन्दन सत्ताच्यूत हुनुको पीडाले निस्केको बर्बराहट हो । उनीहरुको राष्ट्रवाद ढोङ र अबसरवाद हो । उनीहरुले फैलाउने गरेका भ्रमहरु जनघातका हर्कतहरु हुन् । दिनै पिच्छे हजारौँ झुठहरु बोल्ने र लेख्ने, अनावश्यक भ्रम फैलाउने, सञ्चार माध्यमको दूरुपयोग गर्ने पार्टीका नेता र कार्यकर्ताहरु राष्ट्रभक्त, अग्रगामी, जनपक्षीय र क्रान्तिकारी हुन सक्दैनन् । त्यसैले एमाले अहिले पनि राष्ट्रघाती, जनघाती र जनविरोधी पार्टी हो । पद, पैसा र शक्तिका लागि जे पनि गर्न तयार हुने, जोसँग पनि मिल्न तयार हुने अबसरवादी शक्ति हो । जीवनभर भारतको गुलामी गर्ने, अनि भारतसँग रिस उठे चाइना कार्ड खेल्ने, पुनः भारतले सत्तामा पुराइदिने स्थिति आए चीनलाई बेवास्ता गर्ने एमाले शैली लम्पसारवाद भित्रको पनि अवसरवादी लम्पसारवाद हो । महान नेपाली जनताको रगत र पसिनाले सिँचित नेकपा (माओवादी केन्द्र) अग्रगामी, राष्ट्रभक्त र क्रान्तिकारी शक्ति हो । यो नै नेपालको सामाजिक क्रान्तिको एक मात्र नेतृत्वकर्ता र नेपाली जनताको मुक्तिकामी पार्टी हो । क्रान्ति अनिवार्य छ । जनताको जीत सुनिश्चित छ ।
प्रतिकृया लेख्नुहोस्: