Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

तरुणदल महाधिवेश निर्धारित मितिमै हुनुपर्ने सिटौला पक्षधरको माग

\"tarun-dal-sitauala-750\"काठमाडौं, २१ कात्तिक । काँग्रेस नेता कृष्ण प्रसाद सिटौला पक्षधर नेपाल तरुण दलका नेताहरुले निर्धारित मितिमै विधिसम्मत् महाधिवेशन हुनुपर्ने माग गरेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले अब कुनैपनि बहानावाजी, छलछाम र षडयन्त्रका तानाबुना नबुनी स्वतन्त्र र पारदर्शी ढंगले निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्न जोडदार माग गरेका छन् । पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य नारायणप्रसाद भट्टराईले निर्धारित मितिमै विधिसम्मत् महाधिवेशन हुनुपर्ने बताउँदै संगठनको परिपाटीलाई खलबल्याउँदा कसेको हित नहुने स्पष्ट पारे । उनले भने,‘विधिवत महाधिवेशन हुनुपर्छ भन्ने हाम्रो जोडदार माँग छ, पार्टीले नै गठन गरेको निर्देशक समितिको सर्वसम्मत् निर्णयले नै मिति तय भएको हो, तरुण दलको नेतृत्वको एकल निर्णयबाट भएको होईन, त्यसैले यो मितिलाई अब सार्ने काम गर्नुहुँदैन् ।’ भट्टराईले आफूहरु निर्वाचनको पक्षमा रहेको भन्दै टिके प्रथा कुनै हालतमा लाद्न नदिने उद्धघोष गर्दै भने,‘पर्दा पछाडिबाट नियोजित स्वार्थ पूरा गर्ने नियत पूरा हुन दिन्नौं, हामी प्रजातान्त्रिक अभ्यासको पक्षमा छौं, त्यो भनेको निर्वाचनबाटै नयाँ नेतृत्व आउनुपर्छ ।’ यद्धपी उनले निर्वाचन पारदर्शी हुनुपर्नेमा जोड दिए । उनले भोलि आउने परिणामबाट डराएर पछि हट्न कुराले संगठनको भलो हुनै नसक्ने भन्दै महाधिवेशन सफल रुपमा सम्पन्न गर्न लागि पर्नुपर्ने बताए । कार्यक्रममा केन्द्रिय सदस्य दिनेश राईले तरुण दलको चौथो महाधिवेशन गर्ने सिलसिला प्रारम्भ भएको २ वर्ष नाघिसकेको बताउँदै निर्वाचन भाँडेर टिके प्रथामा जाने चिन्तनले आम तरुणहरुमा निराशा छाएको गुनासो पोखे । उनले थपे,‘आज विभिन्न बहानावाजीको नाममा बबण्डर गर्नेहरु हिजो उनीहरुलाई संगठनले दिएको जिम्मेवारी पूरा गर्न नसक्नेहरु हुन्, त्यसैले उनीहरु महाधिवेशनबाट डराईरहेका छन् ।’ त्यस्तै पूर्व सचिव उत्तम चापागाँईले आफू अध्यक्ष हुने भए अथवा आफूले चाहेको मान्छे हुने भएमात्रै महाधिवेशन हुन दिने नभएर हुन नदिने भन्ने कुरा सर्वथा अमान्य कुरा भएको टिप्पणी गरे । उनले विवाद रहेका जिल्लाहरुको विवाद मिलाएर भएपनि समयमै महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए । अर्का केन्द्रिय सदस्य जीवन डंगोलले पनि निर्धारित मितिमै हुनुपर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending