Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

बोनम्यारो प्रत्यारोपणका लागि अमेरिका लागिन् खुसी

[caption id=\"attachment_100286\" align=\"aligncenter\" width=\"750\"]\"रक्त रक्त क्यान्सरबाट पीडित बालिका विधि पूरी ‘खुसी’ अमेरिका उपचारका लागि जानुअघि आफ्नो घरमा बुबा राजेशसँग ।[/caption] काठमाडौँ, २१ कात्तिक । हँसिलो अनुहार, रचनात्मक क्रियाकलाप अनि दरिलो आत्मविश्वास भएकी १२ वर्षीया विधि पूरी ‘खुसी’ लाई भेट्ने जो कसैले उनलाई केही भएको होला भन्ने कल्पना गर्न पनि सक्दैनन् । आफू रक्त क्यान्सरबाट गुज्रिरहेको भए पनि उनको व्यवहार भने बिरामीको जस्तो नभएर निरोगी मानिसलाई पनि पाठ सिकाउने खालको छ । रक्त क्यान्सरबाट पीडित यी बालिकाले आफ्नो बोनम्यारो ट्रान्सप्लान्टका लागि आफ्नै प्रयासमा दाताको खोजी गरेकी छिन् । उनी गत बुधबार आफ्ना बुबाआमा र बहिनीका साथ बोनम्यारो प्रत्यारोपणका लागि अमेरिका गएकी छिन् । उनका बुबा राजेशकुमार पुरीको सहयोगमा उनी आफैँले पत्र लेखी अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, युरोपियन युनियनलगायतका ११ ठाउँमा बोनम्यारो ट्रान्सप्लान्टका लागि सहयोग गर्न अपिल गरेकी थिइन् । सोही अपिललाई अमेरिकाको एक अस्पतालले निःशुल्क उपचार गर्ने पत्र पठाएपछि अहिले खुसीको परिवारमा हर्षको सीमा छैन । उनका बुबाले सहयोग गर्ने सो अस्पतालको नाम तत्काल सार्वजनिक गर्न नचाहे पनि उनलाई करिब दुई करोड रुपैयाँभन्दा बढीको सहयोग प्राप्त भएको बताए । खुसीको परिवारको अथक प्रयासले उनको स्वास्थ्यमा निकै सुधार आएको छ । खुसीले आफ्नो १२औँ जन्मदिनमा केक नकाटेर सो पैसा आफूजस्तै क्यान्सरपीडित बालबालिका लागि सहयोग गर्ने इच्छा गरेपछि उनका नाममा गत जेठमा एक लाख ५० हजार ४०२ रुपैयाँको खुसी फाउन्डेसन एएमएल नेपाल नामक ट्रष्ट स्थापना गरिएको छ । खुसीले कक्षा ७ को पाठ्यपुस्तक ‘पोजेटिभ लिभिङ्बुक’मा आफूजस्तै रक्त क्यान्सरपीडित बार्बीको कथा पढेकी थिइन् जसमा उनले क्यान्सर भएपछि कसरी हिम्मतले काम गरिन्, अनि निको भएर क्यान्सर भएका बच्चाका लागि काम गरिन् भन्ने कुरा थियो । पुस्तकको कहानी पढ्दा त खुसीले आफू पनि यस्तै रोगको सिकार हुनुपर्नेछ भन्ने सोचेकी पनि थिइनन् । उनले भनिन् – “जब मलाई दिल्लीमा यो रोग भएको थाहा भयो । अनि मैले बार्बीको कथा सम्झें । अरुलाई पनि यस्तो रोग लागेको छ र राम्रो उपचार गरे निको पनि हुन्छ भनेर चिन्ता लिइनँ ।” उनका कुरा सुन्दा ठूलै जान्नेबुझ्ने मानिसले कुरा गरे झैं लाग्छ । किमो गरिएको हुनाले उनलाई विशेष स्याहारको आवश्यकता हुनाले उनको परिवारले दुई परिचारिका राखी घरैमै सुविधासम्पन्न क्याविनको व्यवस्था गरेको थियो, जहाँ खुसी विभिन्न प्रेरणादायी पुस्तक पढ्ने, चित्र कोर्ने, गीत गाउने र नाचेर आफूलाई व्यस्त राख्थिन् । ट्रष्टले खुसीको जन्मदिन पारेर एक जना क्यान्सरपीडितलाई सो रकम सहयोग गर्ने लक्ष्य लिएको छ । ट्रष्टको पहिलो दिन खुसीले कान्ति बाल अस्पतालमा उपचार गराइरहेका २६ जना बालबालिकालाई एक हजार ४०२ रुपैयाँ नगदसहित फलफूल र मिठाइ बाँड्दै क्यान्सर भयो भनेर हरेस नखान र हिम्मतले अगाडि बढ्न बिरामी र उनका परिवारलाई सुझाव दिइन् । उनका बुबा राजेश पुरीले भने – “गत वर्ष चैत महिना ज्वरो आउने र टन्सिल पाकेर समस्या भएपछि उहाँका आमाबुबाले अस्पताल लग्दासम्म पनि मैले के कारणले यस्तो भएको भन्ने हो भन्ने भेउ पाइनँ । कान्ति बाल अस्पतालका चिकित्सकले चार, पाँच दिनको एन्टिवायोटिक औषधि दिएका थिए । औषधि खाँदासम्म निको भए पनि पछि तुरुन्तै पुनः त्यस्तै समस्या देखियो ।” छोरीलाई निको नभएपछि पुनः रगत परीक्षण गर्दा प्रतिवेदनमा इम्माच्योर सेल देखिएपछि रक्त क्यान्सर भएको पुष्टि भयो र थप उपचारका लागि दिल्ली पु¥याइएको थियो । एक हप्ताजति दिल्लीको म्याक्स अस्पतालमा उपचार गराएपछि चिकित्सकले किमो दिनुपर्ने बताए र त्यसको खर्च करिब ३० देखि ३५ लाख रुपैयाँ लाग्ने बताए । त्यसपछि उनले छोरीको इच्छाअनुसार नेपालमै किमो लिने र बाँकी उपचार गर्ने भनेपछि नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरमा राखी पाँच पटकसम्म किमो दिइएको थियो । त्यसका लागि लाग्ने खर्च मध्यमस्तरको नेपालीका लागि सामान्य कुरा थिएन । बोनम्यारो प्रत्यारोपण गर्न करिब दुई करोड रुपैयाँभन्दा बढी लाग्ने चिकित्सको भनाइ छ । पुरी छोरीको आत्मविश्वासले आफूहरुलाई पनि हिम्मत मिलेको बताउँछन् । उनले भने – “उनी बिरामी हुँदा पनि सक्रिय रहने र मुस्कुराइरहने हुनाले हामीलाई पनि छोरीलाई लागेको रोग निको हुन्छ भन्ने विश्वास गर्न सजिलो भयो ।” उनलाई अमेरिकामा उनकी नौ वर्षीया बहिनी विभूतिले बोनम्यारो दिनेछिन् । खुसीले अमेरिकामा १८ महिना उपचार गरी नेपाल फर्किएपछि आफूजस्तै क्यान्सरपीडित बालबालिकाका लागि काम गर्ने इच्छा रहेको बताइन् । “आएपछि मेरो छुटेको पढाइ पनि सुरु गर्नुछ” – उनले भनिन् । एक शिक्षित परिवारमा भएकाले खुसीले समयमै उपचार प्राप्त गर्ने अवसर प्राप्त गरिन् तर नेपालमा सानै उमेरमा क्यान्सर भएर उपचार नपाएका धेरै बालबालिका छन् । सरकारले नेपालको कान्ति बाल अस्पतालमा क्यान्सर भएका बालबालिकाका लागि निःशुल्क उपचारको व्यवस्था पनि गरेको छ । तर सबैले खुसीले पाए जस्तो अवसर भने पाउँदैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending