Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

यी हुन् अमेरिकी राष्ट्रपति निर्वाचनमा लेखिने नयाँ इतिहास

\"trump-and-hillary-750\"न्यूयाेर्क । अमेरिकी राष्ट्रपति पदको चुनाव प्रचारको अन्तिम चरणमा पुग्दा केही कुरा इतिहासमा लेखिँदै छ । केही वर्ष पहिलेसम्म डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको उमेद्वार हुन्छन् भन्ने कसैलाई अन्दाज थिएन । फिलाडेल्फियामा भएको सम्मेलनमा नै हिलारी क्लिन्टन डेमोक्रेट्सको तर्फबाट उम्मेद्वार बन्ने पक्का भइसकेको थियो । सबै जना अमेरिकी चुनावको तारिख र नतिजाको पर्खाइमा छन् । अमेरिकी चुनावको ती ६ कुरा यी हुन् जो ऐतिहासिक बन्न सक्छ । बढी उमेरमा राष्ट्रपति \"obama-couple-750\"सन् २००९ को जनवरीमा जब बाराक ओबामा अमेरिकी राष्ट्रपतिको रुपमा ह्वाइट हाउस पुगेका थिए, त्यतिबेला उनको उमेर ४७ बर्षको थियो । अमेरिकी इतिहासमा उनी पाँचौ युवा राष्ट्रपति थिए । डोर रुजवेल्ट सबैभन्दा युवा अमेरिकी राष्ट्रपति बनेका थिए । पद सम्हाल्ने समय उनको उमेर ४२ वर्ष ३२२ दिन थियो । १४ जुनमा डोनल्ड ट्रम्पले आफ्नो ७० औं जन्मदिन मनाइसकेका छन् । यदि ट्रम्प निर्वाचित भए भने उनी सबैभन्दा बढी उमेरका राष्ट्रपति बन्नेछन् । रोनाल्ड रीगन राष्ट्रपति बन्ने समय उनको उमेर ६९ बर्ष थियो । हिलारी क्लिन्टनको उमेर पनि ६९ वर्ष भयो । हिलारीले जितेमा उनी दोस्रो जेठो राष्ट्रपति हुनेछिन् । ७१ वर्षपछि न्यूयोर्कबाट राष्ट्रपति \"new_york-750\"१९४४ भन्दा पछाडि न्यूयोर्कको दुई व्यक्तिबीच यो पहिलो प्रतिस्पर्धा हो । यो भन्दा पहिले न्यूयोर्कका गभर्नर थोमस ई डेवेले फ््रयांकलिन डि रुजवेल्टको विरुद्धमा चुनाव लडेका थिए । जसले जितेपनि ७१ बर्षपछि न्यूयोर्कबाट अमेरिकी राष्ट्रपति बन्दैछन् । हिलारी क्लिन्टनको जन्म शिकागोमा भएपनि उनी न्यूयोर्कबाटै सिनेटर बनेकी हुन् । कम पैसामा प्रचारप्रसार राष्ट्रपति पदको दौडमा रहेका डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनले चुनाव जित्नका लागि मोटो रकम खर्चिएको बताइँदै आएको छ । ठूलो रकम खर्च गर्नुका साथै एक अर्कामा हिलो छ्यापाछ्याप गरे पनि ट्रम्प र हिलारीको चुनावी प्रचारप्रसा कम हुने देखिएको छ । ट्रम्प विजयी भए भने उनी सबैभन्दा कम पैसामा प्रचारप्रसार अभियान चलाउने विजेता उमेद्वार बन्नेछन् । यो भन्दा पहिले अल गोरले सन् २००० मा थुप्रै रकम खर्च गरेका थिए । खर्चको मामलामा हिलारी पनि ट्रम्पभन्दा निकै अगाडि छिन् । [caption id=\"attachment_100274\" align=\"aligncenter\" width=\"624\"]\"dwighteisenhowerafp\" ड्वाइट आइजनहोवर[/caption] सत्ता प्रतिष्ठानभन्दा बाहिर विगत ६० वर्षमा अमेरिकामा कोही यस्तो राष्ट्रपति छैन, जो कांग्रेस वा कुनै राज्यको गर्भनर नभएको होस् । गैरसियासी पृष्ठभूमिबाट आएका पूर्व अमेरिकी राष्ट्रपति ड्वाइट आइजनहोवर दोस्रो विश्व युद्धको समय गठबन्धन सेनाको सुप्रिम कमाण्डर थिए । आइजनहोवर १९५३ मा अमेरिकाको राष्ट्रपति बनेका थिए । १९२९ देखि १९३३ सम्म राष्ट्रपति बनेका हरबर्ट हूवर पेसाले इन्जिनियर र मानवतावादी थिए । विगतमा जुवाघर र होटल चलाउने कुनैपनि व्यक्ति रष्ट्रपतिको उम्मेद्वार बनेका छैनन् । तर ट्रम्पको भनाइमा उनीमा सौदा गर्ने अनुभव छ र उनी वासिंगटनको सत्ता प्रतिष्ठानसँग बाँधिएका छैनन् । [caption id=\"attachment_100275\" align=\"aligncenter\" width=\"750\"]\"johnmccain_sarahpalin_getty-750\" जोन मकेन र सारा पालिन[/caption] पहिलो महिला राष्ट्रपति हिलारी क्लिन्टनको राजनीतिक प्यानल दुई कुराको परिचयको साथ तय भएको थियो । एक उनी पहिलो महिला राष्ट्रपति बन्न सक्नेछिन् र दोस्रो कुनै प्रमुख राजनीतिक पार्टीले पहिलो पटक कुनै महिलालाई राष्ट्रपतिको उम्मेद्वार बनाएको छ । यो भन्दा पहिला रिपब्लिकन उम्मेद्वार जोन मकेनले सबैलाई छक्क पार्दै अलास्काकी गभर्नर सारा पालिनलाई २००८ मा उपराष्ट्रपति पदको उम्मेद्वार बनाएका थिए । सन् १०८४ मा डेमोक्रेटिक लिडर वाल्टर मोंडाले ले गेराल्डाइन फेरारोलाई उपराष्ट्रपति पदको उम्मेद्वार बनाइसकेका थिए । दुवैले चुनाव जीत हाँसिल गर्न भने सकेनन् । डेमोक्रेटिक लगातार दोस्रो पटक विगतमा आश्चार्यजनक रुपमा दुई पटक डेमोक्रेटिकका नेताका उत्तराधिकारी पनि उसैको पार्टीबाट आएको थियो । ह्यारी ट्रुमन र लिंडन जोनसन दुवै उपराष्ट्रपति थिए र राष्ट्रपतिको मृत्युपछि दुवैलाई राष्ट्रपति पदका लागि मनोनित गरिएको थियो । दुवैले राष्ट्रपति पदको अघिल्लो चुनाव जिते । क्लिनटनको जीत यस कारणले पनि डेमोक्रेटिक पार्टीका लागि महत्वपूर्ण हुन सक्छ । बिबिसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending