Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

अंगिकृत नागरिकको बहस नेतादेखि सामाजिक सञ्जालसम्म

\"narayankazi-shrestha\"काठमाडौं, २१ कात्तिक । अंगिकृत नागरिकलाई संवैधानिक निकायको प्रमुख बनाउने कि नबनाउने भन्ने बहस नेतादेखि सामाजिक सञ्जालसम्म चर्किएको छ । संविधानको धारा २८९ को उपधारा १ मा ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानान्यायाधीस, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनित वा नियुक्ति हुन बंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्नेछ’ भनी उल्लेख छ । उपधारा १ मा उल्लेख पदबाहेक अन्य पदमा भने अंगिकृत नागकिता प्राप्त गरेको ब्यक्ति योग्य हुने संविधानको धारा २८९ को उपधारा २ मा छ । आन्दोलनरत पक्षको माग सम्बोधनका लागि अंगिकृत नागरिकलाई पनि संवैधानिक निकायको प्रमुख बनाउन सकिने सत्तापक्षले नै प्रस्ताव गरेको खबर आइतबार अन्नपूर्ण पोष्टमा छापिएपछि अंगिकृतको बहस एक्कासी चुलिएको हो । सत्ता पक्षले संविधान संशोधन प्रस्तावमा अंगिकृत नागरिकता प्राप्त गरी १० वर्ष नेपालमा बसोबास गरेको ब्यक्ति संवैधानिक पदहरमा नियुक्तिको लागि योग्य हुने भनी उल्लेख गरेको खबरले सामाजिक सञ्जालमा बहस छेंडिएको हो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि सामाजिक सञ्जालको बहसमा भाग लिँदै अंगिकृत नागरिकता लिएकालाई राष्ट्रप्रमुख र सरकार प्रमुख बनाउने गरी संविधान संशोधन हुन सम्भव नभएको जनाएका छन् । अंगिकृतलाई राष्ट्रप्रमुख बनाउने गरी संविधान संशोधन गरिए आन्दोलन चर्काउने समेत सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चेतावनी दिएका छन् । समाचार लगत भएको भए सम्बन्धित मिडियालाई कारबाही गर्न समेत उनीहरुले सरकारसँग माग गरेका छन् । ‘शक्तिशाली भनिने अमेरिका र दक्षिण एशियामा ठूल्दाइ पल्टिने भारत दुबैमा अंगिकृत त के विदेशमा जन्मिएका नागरिकसमेत राष्ट्रपति हुन पाउँदैनन्’– बसन्त घिमिरेले ट्वीट गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले कस्ता ब्यक्तिले अंगिकृत नागरिकता पाउँछन् ? के हो अंगिकृत नागरिकता भन्ने समेत बहस चलाएका छन् । अंगिकृत नागरिकको बहस एक्कासी चर्किएपछि सत्तारुढ दलकै नेताहरुले त्यस्तो प्रस्ताव नगरिएको स्पष्टीकरण दिएका छन् भने मोर्चाकै नेताहरुले समेत अंगिकृत नागरिकलाई राष्ट्राध्यक्ष बनाउने कुरा स्वीकार्य नहुने बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending