Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

विक्षिप्त निरज नेपालमा उपचारपछि स्वदेश फर्के

भारत, २१ कात्तिक । आँखाबाट आँसु खसेन, न त मुखबाट बोली नै फुट्यो । आलिङ्गन गर्ने होस जुटेन । खुसीले मुटु भक्कानियो । मञ्जुदेवी निःशब्द बनिन् । छत्तीस वर्षीय निरजले पाउमा ढोगे । चिनेजानेका अरुलाई पनि उनले ढोग गरे । निरजका झैं गाउँलेका आँखामा आँशु टिलपिलाए । पिंढीको खाटमा निरज थ्याच्च बसे । कोही बोल्न सकेनन् । हेराहेर मात्रै भयो । एकछिन सन्नाटा छायो । निरजका नजर सबैतिर डुले । पाँच वर्षकी छोरी सनिकुमारी पहिलो भेटमै नौलोको काखमा लुटपुटिइन् । ऊ पनि आश्चर्यचकित भयो । एक सय वर्षकी हजुरआमा (दादी) चम्पादेवी सकि नसकी निस्किइन् । नातिको अनुहार सुम्सुम्याई । आँशु खसाल्दै आवाजविहीन तोते बोलीले हालखबर सोधिन् । म्वाइँ खाइन् । ‘कलेजा जोड्गिया अर क्या’ जिज्ञासामा आमा मञ्जुदेवीबाट मलिन स्वरमा फुत्त वाक्य निक्लियो । विहार राज्यको सारन डिस्ट्रिक । थाना अखिलपुर । वाकरपुर ग्राम । रक्सौलबाट करिव साढे २ सय किलोमिटर पटनाबाट केही पर सोना नदी । नदीपारि करिब ७ किलोमिटरको दूरी । दुई नदीको बीचको टापूमा सानो गाउँ । बर्खाका बेला बाढी पस्ने । हिउँदमा पाँगो र बालुवाले भरिने । त्यही गाउँमा बिहीबार कल्पनै नगरिएको पारिवारिक मिलाप भयो । आस हराएकाको सास आइपुगेपछि परिवारलाई पत्याउन मुस्किल भइरहेको थियो र यसबीचमा बाबुजी कमलाकान्त सिंहले भने, ‘संसार धर्ती उज्वल भैलिया ।’ निरजले भारतको गवाँटीमा रहेको काकाका छोरा सन्तोष सिंहको फर्निचर उद्योग पुगेर करिब २ महिना काम गरे । केही मानसिक समस्या समेत देखिएपछि उनलाई सन्तोषले घर फर्काइदिए । उनी घर पुगेनन् । आफन्तजन सबैतिर खोजियो तर उनको पत्तो लागेन । यो सन् २०११ को अन्त्यतिरको कुरो हो । तिन सुकियाबाट आसाम जाने ब्रम्हपुत्र रेलमा चढेका थिए उनी । रेलवेमा पनि सोधियो । छोराको तस्बिर लिएर कमलकान्तले सहर चहारे । गाउँवस्ती घुमे । कहीं पत्तो लागेन । आमा शोकमा परिन् । सात दिनपछि परिवारले डिसेम्बर ३१ मा प्रहरी थानामा निरज हराएको भन्दै निवेदन दिए । स्थानीय पत्रिकामा हराएको सूचना पनि छापियो । कहीं कतैबाट कुनै जानकारी नआएपछि भगवान् भरोसामा बस्न थाले परिवार । परिवारले भुलिसकेका थिए । मात्र काजकिरिया गर्न बाँकी थियो । ‘आशै नै था,’ सन्तोषले भने । घरको कुल धान्ने एक मात्र छोरो । दुई दिदीबहिनीका एक्ला निरज हराएपछि बालखा छोरी सनीकुमारीलाई छाडेर श्रीमती दुई तीन वर्षदेखि घरमा छैनन् । उनीहरु हिन्दी वा रैथाने भाषामा कुरामा गरिरहेको थिए । पुरानो चारैतिर घेरिएको घर र बीचमा खुला आँगन । बुधबार एक्कासी फोन आयो । छोरा भेटिएको नेपालबाट खबर आएको कुरा गाउँका अन्य व्यक्तिबाट खबर पाए । छोरा नेपालमा छ । जिउँदै छ । नेपालबाट फेसबुकमा पठाएको तस्वीर पनि पुग्यो घरमा । मोबाइलबाट फोटो पनि हेरे । आमा मञ्जुदेवीलाई भने विश्वास लागिरहेको थिएन । निरज जिउँदो रहेको खबर गाउँभर आगो झै फैलिसकेको थियो । मञ्जुदेवीको घरमा गएको बुधबारदेखि नै भीडले छोप्न थालिसकेको थियो । मानवसेवा आश्रम चितवनका अभिभावक तथा समाजसेवी केशव अधिकारी मार्फत खबर घरमा पुगेपछि गाउँलेले आश्रम र उनलाई भगवान् सम्झेका छन् । टेलिफोनबाट ठूलो प्रयासपछि परिवारका सदस्य पत्ता लगाएको अधिकारी बताउँछन् । छोरा फेला परेको खबरले उत्साहित भएका बाबु कमलाकान्त र उनका सहयोगी बलेखर शाह बुधबार घरबाट रक्सौल हिँडिसकेका थिए । घर परिवार र यी दुईको फोन सम्पर्क जारी थियो । उनीहरु नेपालमा पनि बेलाबेलामा सम्पर्कमा आउँथे । निरजसँगै केशव अधिकारी, अर्का अभिभावक प्रेमप्रभा अधिकारी र आश्रमका अभियन्ता राजगोपाल श्रेष्ठ निस्किए । निरजलाई घर पुग्न हतारो थियो । ‘जब स्वास्थ्य राम्रो भयो त्यो दिनदेखि घर पहुँचा दो भनिरहनुहुन्थ्यो’, अभियन्ता राजगोपालले सुनाए । गाडीमा पनि उनले भनेका थिए – ‘हाम् को नयाँ जीवन दे दिया । आप लोगों उपरवालें हो ।’ घरपरिवारको नाम, ठाउँ, ठेगाना सबै निरजले नै लेखेर दिएपछि खोज्न सजिलो भएको हो । नेपाली ढाका टोपीमा थिए निरज । वीरगञ्जको भारतीय सीमामा लिन आइपुगेका उनका बुवा कमलाकान्त भेटेपछि उनले खुट्टा ढोंगे । गाडीमा छँदै आमाको फोन बारम्बार आइरहेको थियो । ‘बेटा मिलगयल बा, हम् लेकर आ रहा हे’, जवाफ फर्काइयो । विसं २०७३ साउन २९ गते मानवसेवा आश्रम चितवनका अभियन्ता सडक सेवामा निस्किएका बेला नारायणी पुल नजिकै गैंडाकोटको यात्रु प्रतिक्षालयमा कपडाविहीन अवस्थामा निरज भेटिएको थियो । निधारमा गम्भीर चोट र शरीरका विभिन्न भागमा घाउ थियो । आक्रामक भएकाले जबरजस्ती उठाएर ल्याइएको थियो । गन्धले उनको नजिक जानसक्ने अवस्था थिएन । ‘झुस्स दारी–कपाल थियो, मानसिक अवस्था पनि ठीक थिएन,’ उद्धारकर्ता आदर्श ढकाल आफ्नो अनुभव सुनाउँछन् । उद्धार गरेर ल्याइएपछि उनको सरसफाइदेखि औषधोपचार सुरु भयो । छोटो समयमै बोल्न सक्ने भए र नाम ठेगाना बताए । घर जाने भने पनि खुसी लागेको आश्रमकी संयोजक रुपा केसी सम्झन्छिन् । घरमा खेतीकिसान गरेर बस्ने धोको सुनाएका उनले आगामी दिन आफूजस्तै असहायको सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । मानवसेवा आश्रमले चितवन, मकवानपुर र काठमाडौँमा गरी अहिलेसम्म सडकबाट ५०० जनाको उद्धार गरेकामा १६६ जनालाई यसरी नै परिवारसँग पुनर्मिलन गराइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies