Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

दुर्घटना न्यूनीकरण गर्ने अभियान सुरु

भक्तपुर, २१ कात्तिक । सडक दुर्घटना वृद्धि भएर अत्यधिक व्यक्तिको ज्यान जान थालेपछि महानगरीय प्रहरी वृत्त थिमिले आजदेखि दुर्घटना न्यूनीकरण अभियान सुरु गरेको छ । विशेषगरी अरनिको राजमार्ग अन्तर्गत– ६ लेन सडकखण्डको थिमि क्षेत्रमा बढी दुर्घटना भएपछि त्यस्ता क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्ने अभियान सञ्चालन गरिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । अभियानलाई विभिन्न दलका स्थानीय नेता, बासिन्दा र सरोकार भएका निकायले साथ दिने भएका छन् । मध्यपुरथिमिको सबैभन्दा बढी दुर्घटना हुने क्षेत्रमा पर्ने मध्यपुर अस्पताल नजिकैको आकासे पुलसँगै दाहसंस्कारका लागि शव लैजान खुला गरिएको सडकको बारलाई तत्काल बन्द गरी शव लैजाँदा मात्र खोल्न मिल्ने गरी बार लगाउने व्यवस्था तत्कालै गरिने भएको छ । विगत एक सातामा यहीँबाट बाटो काट्ने क्रममा पैदल यात्रीलाई सवारी साधनले ठक्कर दिँदा तीन जनाको ज्यान गएको थियो । त्यसैगरी क्षयरोग अस्पताल अगाडि ६ लेन सडकमा बार नलगाई दायाँबायाँ खुला राखिएको क्षेत्रलाई बाटो काट्न नमिल्ने गरी स्थायी रुपमा बार लगाएर बन्द गरिने भएको छ । मध्यपुरथिमि चोकबाट अनन्तलिङ्गेश्वर नगरपालिका दधिकोटतर्फ जाने सडक दैनिक सवारी चाप हैरानी भएपछि त्यस क्षेत्रमा तत्कालका लागि बिहान ८ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म एकतर्फी सवारी साधन सञ्चालन गरिने भएको छ । जथाभाबी सवारी पार्किङ गर्ने, तीन जना सवार र तीव्र गतिमा सञ्चालित मोटरसाइकल एवम् सवारी साधन तथा बस बिसौनी बाहेक अन्यत्र रोकिएका कुनै पनि सवारी साधनलाई कारबाही गरिने, आकासे पुल भएका स्थानमा सडकबाट बाटो काट्ने पैदलयात्रीलाई सचेत गराउने र जनचेतनामूलक कार्यक्रमको सुरुआत गरिएको ओलियाले जानकारी दिए । यता थिमिकै बाहाखा बजार मिलरोड सडकमा जथाभाबी हुने पार्किङ र साँघुरो सडकका कारण दैनिक सवारी चाप हटाउन सवारी साधन रोक्न र पार्किङ गर्न नदिइने, सडकका दायाँबायाँ सञ्चालित तरकारी बजारलाई हटाएर अन्यत्र सारिने, बिना हेल्मेट चलाउने र तीन सवार मोटरसाइकललाई नियन्त्रणमा लिएर चालकलाई कडा कारबाही गरिने अभियान आजैदेखि सुरु गरिने भएको छ । मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनकृष्ण श्रेष्ठ, उपप्रमुख मुरारी आचार्य, थिमि नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवाली, शङ्खधर साख्वा प्रतिष्ठानका सचिव ज्ञानराम श्रेष्ठ लगायत राजनीतिक दलका स्थानीय प्रतिनिनिले दुर्घटना घटाउन र सडक कब्जामा लिएर व्यवसाय सञ्चालन गरिरहेकालाई कारबाही गर्न प्रहरीलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending