Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

मोर्चाका नेता भन्छन्–अंगिकृतको प्रस्ताव आएको छैन, मिडियाले अफवाह फैलाए

\"rajendra-shrestha\"काठमाडौं, २१ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासम्बद्ध सङ्घीय गठबन्धनको सचिवालय संयोजक राजेन्द्र श्रेष्ठले अंगिकृत नागरिकताको प्रस्ताव नआएको बताएका छन् । संघीय समाजवादी फोरमका सहअध्यक्ष समेत रहेका श्रेष्ठले नेपाल सरकारको तर्फबाट संविधान संशोधनका लागि पठाएको भनिएको मस्यौदा आफ्नो हातमा नपरेको बताएका छन् । संविधान संशोधन मस्यौदा आफ्नो हातमा रहेको भनी केही मिडियाले कपोल्कल्पित समाचार लेखेको समाजिक सञ्जालमार्फत प्रष्ट्याएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘आजको कान्तिपुर अनलाइनले नेपाल सरकारको तर्फबाट संविधान संशोधनका लागि पठाएको भनिएको मस्यौदा मेरो हातमा समेत रहेको भनी प्रकाशित समाचारतर्फ मेरो ध्यानार्कषण भएको छ ।’ उनले फेसबुकमा लेखेका छन् ‘सरकारको तर्फबाट पठाएको भनिएको मस्यौदाबारे मलाई कुनै जानकारी नभएको र त्यस्तो मस्यौदामा कुनै सहमति पनि नगरिएको कुरा सबैको जानकारीका लागि अनुरोध गर्दछु ।’ सङ्घीय गठबन्धनको सचिवालय संयोजकको जिम्मेवारीमा रहेको नाताले आफूलाई धेरै सरोकारवाला साथीहरू तथा पत्रकार मित्रहरूले सम्पर्क गरेका उनले बताएका छन् । मोर्चालाई सरकारले पठाएको मस्यौदाको कुनै जानकारी नभएको र त्यस्तो मस्यौदामा कुनै पनि सम्झौता नहुने उनले उल्लेख गरेका छन् । यस्तो प्रायोजित, कपोलकल्पित तथा भ्रमपूर्ण समाचारमा कान्तिपुर अनलाइन जस्तो प्रतिष्ठित अनलाइनले मेरो नाम मुछेकोप्रति दुःख व्यक्त गर्दे खण्डन गर्दछु ।’ केही नेपाली मिडियाहरुले आफुहरुलाई भ्रामक समाचार सम्प्रेसण गरेर फसाउन लागेको श्रेष्ठले बताए । \"rajendra-status\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending