Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

शक्तिशाली आइएनजीओ, निरिह प्रशासन

\"world_vision_logo-750\"सिन्धुपाल्चोक, २१ कात्तिक । बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकमा प्रवेश गरेको वल्र्ड भिजन इन्टरनेशनल नामक एक गैरसरकारी संस्थाको अनियमितता श्रृखला एक पछि अर्काे गर्दै खुल्दै गएको छ । केहि महिनाअघि आर्थिक अवस्था न्यून भएका पीडितहरुलाई दिने भनेको सात हजार ५ सय रुपैयाँ धनी र जागिरदारलाई दिएको विषयमा निकै विवादमा आएको वल्र्ड भिजनले यस पटक भुकम्पबाट क्षती भएको आनन्द उच्च माध्यामिक विद्यालय जलविरेको भवन निर्माणका लागि ७५ लाख रुपियाँमा टेण्डर चरम अनियमितता गरेको आरोप खेपिरहेको छ । चरम विवादकाबीच टेण्डर प्रक्रियाको नाटक सम्पन्न गरेर वल्र्ड भिजनले भवन मर्मत सुरु गरेको थियो । वल्र्ड भिजनले आनन्द मावि जलविरेको भवन निर्माणमा चरम अनियमितता गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा अर्काे उजुरी दर्ता भएको छ । भुकम्प पीडितहरुलाई सहयोग पु¥याउने नाममा धर्मको पनि सँगै प्रचार गरिरहेको वल्र्ड भिजनले आनन्द उमाविको भवन मर्मत गर्दा अनियमिमता गरेको भन्दै जलविरे गाविसका पुर्व सचिव दिनेश खड्काले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । ७५ लाख रुपियाँमा टेण्डर स्वीकृत भएपनि विद्यालय प्रशासनलाई भने कति लागतमा भवन मर्मत गर्न लागेको हो हालसम्म पनि जानकारी नदिएको उजुरीकर्ता पुर्व सचिव खड्काले जानकारी दिए । हामीले ७५ लाख रुपियाँमा भवन मर्मत हुदैछ भन्ने जानकारी पाएका हौ, तर यसको लागत कति छ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अनुगमन समितिका अध्यक्षलाई नै थाहै छैन खड्काले भने । कुल बजेट कति हो के काम गर्ने हो हामीलाई आजको दिनसम्म थाहै छैन खड्काले भने–‘बजेट कति छ भनेर जानकारी माग्दा वल्र्ड भिजनले दिनै मानेन ।’ भवन मर्मत गर्दा झ्याल ढोकाको खापा मर्मत गरेर नयाँ हाल्ने भन्ने सुनेपनि पुरानै खापामा रंग लगाएर हालेको खड्काले बताए । भवन मर्मत गर्दा गुणस्तरहिन वालुवा प्रयोग गरेको, प्राविधिकले इन्कार गरेको वालुवा समेत प्रयोग गरेको खड्काले खबरडबलीलाई जानकारी दिए । वाल लगाउँदा र प्लास्टर गर्दा १, ४ गनुपर्नेमा १, ६ गरेको खड्काले बताए । बिजुली बत्ती फिटीङ गर्दा बाहिरबाटै गरेको, भुइ तलामा ६ वटा पिलर राख्ने भनेकोमा पाँच वटा मात्रै राखेको विद्यालयले जानकारी दिएको छ । भवन मर्मत गर्दा व्यापक अनियमितता भयो, अनियमितता टुलुटुल हेर्ने सकिएन त्यसैले छानविनका लागि उजुरी दिएको हुँ, पुर्व सचिव खड्काले भने । भवन मर्मत गर्दा हालसम्म प्राविधिकले एक पटक पनि अनुगमन गरेका छैनन् । एक पटक वल्र्ड भिजनकै इन्जिनियर आएर अनुगमन गरे, त्यसपछि कोही आएको छैन खड्काले थपे । जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले जिल्ला शिक्षा अधिकारीलाई तत्कालै अनुगमन गरेर त्यसको रिपोर्ट बुझाउन निर्देशन दिएका छन् । अनियमितता भएको भए जस्तो सुकै अन्तराष्ट्रिय संस्था भएपनि कारवाही हुन्छ सिलवालले भने । वल्र्डभिजनले गरेको कामप्रति जिल्ला शिक्षा कार्यालयका प्राविधिकहरु समेत सन्तुष्ट छैनन् । विद्यालय हामीसँग सम्बन्धित छ तर हामीसँग कुनै समन्वय गर्दैनन् शिक्षा कार्यालयका एक प्राविधिकले खबरडबलीसंग भने । वल्र्डभिजन सँग यस विषयमा सम्र्पक गर्दा वल्र्ड भिजनका मबिन घले भने आफु बैठकमा रहेको जानकारी गराए । यस अघि वल्र्ड भिजनले भुकम्प पीडितहरुलाई दिएको बाख्रा समेत रोगले मरेको थियो, यहाँको हावापानीमा सुहाउँदो बाख्रा नदिएकाले बाख्रा मरेको जिल्ला पशुसेवा कार्यालयका एक कर्मचारीले जानकारी दिए । वल्र्डभिजनले आफ्ना कार्यक्रमसँगै धेरै बस्तीहरुमा एक÷एक थान बाइबल समेत वितरण गर्ने गरेको आरोप लाग्दै आएको छ । वल्र्ड भिजनलाई कारवाहीको दायरामा ल्याउन प्रशासन असक्षम भएको छ । जिल्लामा आएदेखि नै विवादीत वल्र्ड भिजनको अनियमितताको बारेमा जिल्ला प्रशासन कार्यालयमा दर्जनौ उजुरी दर्ता भएपनि उसलाई अहिले सम्म कुनै कारवाही नै भएको छैन । गत बैशाख १२ गतेको विनाशकारी भूकम्पले घरबास ध्वस्त भएपछि सबैको बास अहिले पनि अस्थाई टहरामै छ । बिशेषत पीडितहरुको जिवनस्तरमा सुधार ल्याउन वल्र्ड भिजन इन्टरनेशनल नामक गैरसरकारी संस्थाले अहिले जिविकोपार्जन र सामाजिक सुरक्षा परियोजना कार्यक्रम सञ्चालन गरेको छ । सामाजिक सुरक्षा परियोजना कार्यक्रम पीडितहरु माझ ल्याएर महिनामा साढे सात हजार भन्दा कम आम्दानी हुनेहरुलाई छ महिनासम्म साढे सात हजारका दरले वितरण गरेको जनाएको छ । तर उक्त कार्यक्रममा संस्थाले तोकेको नीति र नियम बाहिर बसेर नगद वितरण गरेको स्थानीयले आरोप लगाएका छन् । जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेका कतिपय संघ संस्थाहरु विवादमा मुछिन थालेका छन् । संस्थाहरुले ज्यालादारीलाई सञ्चालन गरेका कार्यक्रमले जागिरदारलाई मात्रै समेटने गरेको पीडितहरुले गुनासो गरेका छन् । हैबुङ–५ कि अन्तरी तामाङको एउटा खुट्टा नै छैन् । अझ भनौं उनी अपांग हुन् । खुट्टा नभएकाले तामाङले केहि काम गर्न सक्दिनन् । तर पनि वल्ड भिजनले सञ्चालन गरेको जिविकोपार्जन र सामाजिक सुरक्षा परियोजना कार्यक्रमले उनलाई देखेन । हैबुङ–५ कि कान्छी तामाङको छात्तिमा भयावह घाउ छ । महिनौं अघिदेखि उनले कुनै काम गर्न सकेकी छैनन् । पैसा अभावले उनको उपचार हुन सकेको छैन् । तर पनि वल्ड भिजनले सञ्चालन गरेको जिविकोपार्जन र सामाजिक सुरक्षा परियोजना कार्यक्रमले उनलाई समेटन् सकको छैन् । ‘अन्तरीको दाहिने खुट्टा छैन्, न त काम गर्न सक्छिन् तैपनि उहाँलाई पैसा दिईएनन्’ हैबुङका कृष्ण तामाङले भने । संस्थाको क्राइटेरियामा हुँदा हुँदै पनि अन्तरीको नाम काटेर अर्कौंको नाम समावेश गरेको कृष्णले आरोप लगाएका छन् । संस्था र वडा संयोजकको बदमासिको कारण यस्तो भएको कृष्णको भनाई छ । ‘भूकम्पपछि वडा संयोजकले राजनीतिक आस्था हेरेर राहत दिन आएका संघसस्थाहरुलाई नाम लिष्ट उतारेर दिने गरेको कृष्णले बताए । ‘यदि राजनीतिक आस्थाको आधारमा राहत नदिएको भए जसको खुट्टा नै छैन् उसले किन पाइनन् ?’ कृष्णले उल्टै प्रश्न गरे ‘अनि ति जो पैसा नभएर उपचार गर्न नपाएकि कान्छिले किन साढे सात हजार पाइनन् ?’ पीपलडाँडा–१ का सुजन बुढाथोकि दुबै कान सुन्दैनन् । कान नसुन्ने भएकाले बुढाथोकिले काम गर्न सक्दैनन् । उनले कान नसुनेको बर्षैं भइसक्यो । तर पनि वल्र्ड भिजनले सञ्चालन गरेको जिविकोपार्जन र सामाजिक सुरक्षा परियोजना कार्यक्रमले उनलाई छुन सकेन । त्यसोत संघसस्था पनि ‘ज्यालादारी, गरिबलाई भन्दा जागिरदार धनीहरुलाई मात्रै सहयोग गर्न आएको हैबुङ–३ का अर्का स्थानीय रामबहादुर गुरुङको आरोप छ । आर्थिक अबस्था जसको नाजुक छ उसैले राहत नपाएको रामबहादुरको भनाई छ । जसको चैं खेतबारी नै छैन् उसैलाई वीउविजन दिईएको छ अनि जसको घरमा चैं काम गर्न सक्ने मान्छे छैन् उसैले बाख्रा दिइएको रामबहादुरको आरोप छ । केहि महिना अघिदेखि वल्र्ड भिजन इन्टरनेशनल नामक गैरसरकारी संस्थाले जिल्लाको ८ गाविसमा जिविकोपार्जन र सामाजिक सुरक्षा परियोजना कार्यक्रम सञ्चालन गरेको थियो । तर उक्त संस्थाले सञ्चालन गरेको सामाजिक सुरक्षा परियोजना कार्यक्रम विवादित बनेको स्थानीयले आरोप लगाएका छन् । अपांग, वृद्धवृद्धा, एकललगायतलाई महिनामा ७ हजार ५ सय रुपैयाँ भन्दा कम आम्दानी हुनेलाई नगद वितरण गरेको थियो । उक्त संस्थाले पीपलडाँडा, सानोसिरुवारी, कुविण्डे, फुल्पिङकोट, भोटेचौर, हैबुङ र साँगाचोकमा नगदी कार्यक्रम सञ्चालन गरेको थियो । तर उक्त कार्यक्रम निकै विवादित बन्दै गएको छ । हैबुङ गाविसमा मात्रै होईन् अन्य गाविसमा पनि विवाद आने गरेको छ । उक्त संस्थाले १ हजार ९ सय ३ घरधुरीलाई सामाजिक सुरक्षा परियोजना कार्यक्रमले समेटेको वल्ड भिजनले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending