Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

छठको अवसरमा नवलपरासीमा मेलाको आयोजना

\"chhath-750\"नवलपरासी, २१ कात्तिक । छठ पर्वको अवसरमा नवलपरासीको विभिन्न ठाउँमा मेला लागेको छ । सदरमुकामस्थित परासी बजार, त्रिबेणी धाम, गुठी परसौनीको वार्ड नम्बर १ र ५ नारायणी नदिको किनार ठाडी घाट, नर्सहीको ठोकर नम्बर १२, महेशपुर, हरपुर, सरावल, बसहिया, बर्दघाटे, बेलासपुर, बेलाटारी लगायतका ठाउँमा मेला लाग्ने गरेको बताइन्छ । छठ पर्वको महत्त्व दिन प्रति दिन बढदै गइरहेको छ । हिन्दु धर्मावलम्बीले मनाइदै आएको छठ पर्व आजभोलि मुस्लिम समुदायको दिदिबहिनीले समेत मनाइदै आएको देख्न सकिन्छ । नवलपरासी जिल्लाको विभिन्न जलाशय घाट झिलमिल बत्तीले सजाइएको छ । यो पर्वमा कोष्टी भगवतीको पुजा अर्चना गरि पुत्र पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । विशेष रुपमा तराई भेगमा श्रद्धा र भक्ती पुर्वका मनाइन्छ । छठका अवसरमा पंचमीका दिन देखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठा पुर्वक नजिकको जलायसमा स्नान गरि बेलुकी पख दूध चामल उखुको रस भेली मा खिर पकाई यथा स्थानमा आफुले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई सो खिर खुवाइने चलन छ । परम्परा अनुसार छठको पहिलो दिन साझ अस्ताउदो सुर्यलाई नजिकको जलासयमा उभिएर पुजा सहित अर्घ दिएपछि रातभर नदि तथा पोखरी तलाउ किनारमा बसी छठी मइयाको भजन किर्तन गर्दै भोलि पल्ट सप्तमीका दिन बिहान उदाउँदो सुर्यलाई पुनः पुजापाठ सहित अर्घ दिएपछि विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मानउदा पारिवारिक कल्याण सन्तान प्राप्त सुख शान्ति तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । श्रृटीको सुरुवात देखि नै सुर्यको उपवास गरिदै आएको पाइन्छ । अग्नि पुराणमा पनि खस्ती व्रतको प्रसंग उल्लेख छ । १४ बर्षको बनवास र एक बर्षको अज्ञात बाँस बसेका बेला कुन्ति द्रौपति सहित पाण्डवले छठ व्रत गरेको महाभारतमा पनि पाइन्छ । त्रेता युगमा राजा दशरथ को रानी कौशल्याले पनि छठ व्रत गरेको पाइन्छ । कार्तिक महिनामा मनाइने छठ लाई ठुलो छठ भनिने गरिन्छ । चैतको खष्ठी तिथिमा पनि छिमेकी राष्ट्र भारतको बिहार, उत्तर प्रदेश तथा नेपालको पुर्वमा मिथिलामा समेत मनाइने गरिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending