Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

एक महिला प्रहरी हवल्दारको साढे सात लाख फेसबुक फ्यान

\"smita-tandi\"काठमाडौं । एकजना महिला प्रहरी हवलदार, जो भारतको छत्तीसगढस्थित पुलिसमा हवलदार छिन् । स्मिता टान्डी जनताको सुरक्षामा तैनाथ हुन्छिन् । तर उनको बारेमा एउटा अनौठो कुरा के छ भने एउटी प्रहरी हवलदारमा जागिर खाइरहेकी साधरण युवती हुन् । उनका फेसबुक फ्यान झन्डै साढे सात लाख रहेका छन् । करिब डेढ वर्षअघि खोलेको उनको फेसबुक पेजमा फ्यानको संख्या सात लाख ३३ हजार ९ सय ४७ जना छन् । स्मिता हेर्दा बिल्कुल बिल्कुल साधारण देखिन्छिन् । न उनी देखाउनका लागि आफूबारे बढाई चढाई कुरा गर्छिन् न त तडकभडकपूर्ण जीवन नै छ उनको । तर उनीमा सेवा गर्ने एउटा नशा छ । उनी अफ्ठ्यारोमा परेका जो कसैलाई सहयोग गर्न तम्तयार भइहाल्छिन् । स्मिताका अनुसार उनले सन् २०११ मा पुलिसको जागिर थालेकी हुन् । त्यसको दुई सालपछि सन् २०१३ मा आफू प्रशिक्षणमा रहेका बेला उनका पिता शिव कुमार टान्डीको स्वास्थ्यमा समस्या देखियो । स्मिताले बताएअनुसार त्यो बेला बाबुको उपचार गर्न पैसा थिएन । त्यही कारण राम्रो उपचारको अभावमा उनका बाबुले ज्यान गुमाउपुर्यो । त्यस घटनापछि स्मिताले अफ्ठ्यारोमा परेकालाई मद्दत गर्न हरसम्भव प्रयास थालिन् । त्यसपछि उनले सन् २०१४ मा आफ्ना साथीसँग मिलेर एक समूह बनाइन् । स्मिता कोहीलाई अफ्ठ्यारो परेको थाहा पाउने बित्तिकै आफ्नो समूहका साथीहरु लिएर दौडि हाल्छिन् । त्यसपछि स्मिता फेसबुकमा आइन् र उनलाई आफूले चाहेभन्दा धेरै सहयोग मिल्न थाल्यो । उनले सहयोगको खाँचो परेका व्यक्तिको तस्बिर फेसबुकमा राखेर सहयोगबारे लेख्थिन् । बिस्तारै मानिसहरुले उनको कुरा सुन्न थालेपछि सहयोगका हात पनि बढाउन थाले । यतिमात्रै होइन छत्तीसगढ़ पुलिसका वरिष्ठ अधिकारीलाई स्मिताको यस कामबारे थाहा भएपछि स्मितालाई सामाजिक सञ्जाल कम्प्लेन्ट सेलमा सरुवा गरिदिए । त्यसपछि उनले आफ्नो सामाजिक अभियानलाई झनै बढाएकी छन् । उनले अहिलेसम्म कम्तमा पनि २५ जना गरिबहरुको निशुल्क अपरेशन गर्नमा मद्धत गरिसकेकी छन् । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending