Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

एक महिला प्रहरी हवल्दारको साढे सात लाख फेसबुक फ्यान

\"smita-tandi\"काठमाडौं । एकजना महिला प्रहरी हवलदार, जो भारतको छत्तीसगढस्थित पुलिसमा हवलदार छिन् । स्मिता टान्डी जनताको सुरक्षामा तैनाथ हुन्छिन् । तर उनको बारेमा एउटा अनौठो कुरा के छ भने एउटी प्रहरी हवलदारमा जागिर खाइरहेकी साधरण युवती हुन् । उनका फेसबुक फ्यान झन्डै साढे सात लाख रहेका छन् । करिब डेढ वर्षअघि खोलेको उनको फेसबुक पेजमा फ्यानको संख्या सात लाख ३३ हजार ९ सय ४७ जना छन् । स्मिता हेर्दा बिल्कुल बिल्कुल साधारण देखिन्छिन् । न उनी देखाउनका लागि आफूबारे बढाई चढाई कुरा गर्छिन् न त तडकभडकपूर्ण जीवन नै छ उनको । तर उनीमा सेवा गर्ने एउटा नशा छ । उनी अफ्ठ्यारोमा परेका जो कसैलाई सहयोग गर्न तम्तयार भइहाल्छिन् । स्मिताका अनुसार उनले सन् २०११ मा पुलिसको जागिर थालेकी हुन् । त्यसको दुई सालपछि सन् २०१३ मा आफू प्रशिक्षणमा रहेका बेला उनका पिता शिव कुमार टान्डीको स्वास्थ्यमा समस्या देखियो । स्मिताले बताएअनुसार त्यो बेला बाबुको उपचार गर्न पैसा थिएन । त्यही कारण राम्रो उपचारको अभावमा उनका बाबुले ज्यान गुमाउपुर्यो । त्यस घटनापछि स्मिताले अफ्ठ्यारोमा परेकालाई मद्दत गर्न हरसम्भव प्रयास थालिन् । त्यसपछि उनले सन् २०१४ मा आफ्ना साथीसँग मिलेर एक समूह बनाइन् । स्मिता कोहीलाई अफ्ठ्यारो परेको थाहा पाउने बित्तिकै आफ्नो समूहका साथीहरु लिएर दौडि हाल्छिन् । त्यसपछि स्मिता फेसबुकमा आइन् र उनलाई आफूले चाहेभन्दा धेरै सहयोग मिल्न थाल्यो । उनले सहयोगको खाँचो परेका व्यक्तिको तस्बिर फेसबुकमा राखेर सहयोगबारे लेख्थिन् । बिस्तारै मानिसहरुले उनको कुरा सुन्न थालेपछि सहयोगका हात पनि बढाउन थाले । यतिमात्रै होइन छत्तीसगढ़ पुलिसका वरिष्ठ अधिकारीलाई स्मिताको यस कामबारे थाहा भएपछि स्मितालाई सामाजिक सञ्जाल कम्प्लेन्ट सेलमा सरुवा गरिदिए । त्यसपछि उनले आफ्नो सामाजिक अभियानलाई झनै बढाएकी छन् । उनले अहिलेसम्म कम्तमा पनि २५ जना गरिबहरुको निशुल्क अपरेशन गर्नमा मद्धत गरिसकेकी छन् । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending