Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

स्थानीय तह पुनर्संरचना प्राविधिक समितिको समय आज सकिने

\"sanghiya-mamila-sthaniya-local-development\"काठमाडौं, २० कात्तिक । स्थानीय तह पुनर्संरचना आयोगले जिल्लाको प्राविधिक सहयोग समितिलाई दिएको समय शनिवार सकिदैछ । स्थानीय तह पुनर्संरचनाको काम जिल्लाकै प्राविधिक सहयोग समितिलाई दिइएको थियो । आयोगले जिल्लाकै प्राविधिक सहयोग समितिलाई पुनर्संरचनाको जिम्मेवारी दिए पनि अहिलेसम्म ७ जिल्लाले मात्रै आयोग समक्ष प्रतिवेदन बुझाएका छन् । अहिलेसम्म खोटाङ, इलाम, जुम्ला, प्यूठान, बझाङ, बाँके र अछामले मात्रै प्रतिवेदन बुझाएको स्थानीय तह पुनर्संरचना आयोगले जनाएको छ । आयोगले अधिकतम ७ सय ४४ स्थानीय तह पुनर्संरचनाको संख्याको मापदण्ड तय गरी जिल्लाको पुनर्संरचनाको जिम्मा जिल्लाकै प्राविधिक समितिलाई दिएको थियो । आयोगले स्थानीय तह पुनर्संरचना प्राविधिक समितिलाई संख्या र सिमाको टुंगो लगाउने जिम्मा दिएको थियो । समितिको समय सकिँदासम्म ७ वटा जिल्लाको मात्रै प्रतिवेदन आएको छ भने बाँकी ६८ जिल्लाको प्रतिवेदन आयोगले प्राप्त गरेको छैन । आयोगले यसअघि तय गरेको स्थानीय तहको संख्यामा प्रमुख दलहरुले नै विरोध गरेपछि प्रमुख तीन दलको सहमतिमा पुरानै इलाकालाई आधार मानेर पुनर्संरचना गर्न सरकारले आयोगलाई निर्देशन दिएको थियो । आगामी २०७४ माघ ७ भित्रै स्थानीय, प्रदेश तथा संघको निर्वाचन सम्पन्न भइसक्नुपर्ने संविधानमै उल्लेख भए पनि आयोगको कामले नै पूर्णता पाउन सकेको छैन भने संविधान संशोधनमा पनि दलहरुबीच सहमति जुट्न सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending