Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

भारतीय राष्ट्रपतिको भ्रमणबाट नेपालले के पायो ?

\"mukharjee\"काठमाडौं, २० कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको तीन दिने राजकीय भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किए । भारतीय राष्ट्रपतिको नेपाल भ्रमण १८ वर्षपछि भएको थियो । यसअघि भारतीय पूर्व राष्ट्रपति केआर नारायणन्ले नेपाल भ्रमण गरेका थिए । भारतीय राष्ट्रपतिले यस्तो समयमा नेपाल भ्रमण गरेका छन् कि जतिबेला नेपाल–भारतबीचको सम्बन्धमा केही असन्तुलन देखिएको थियो । नेपालमा गत वर्ष असोज ३ गते नयाँ संविधान जारी भएपछि दिल्लीले असन्तुष्टी जनाएको थियो । प्रदेशको सीमाकंन तथा संविधानप्रति असन्तुष्ट जनाउँदै मधेसवादी दलहरुले लामो समय मधेस आन्दोलन चर्काए । मधेस आन्दोलनसँगै भारतले पाँच महिना नाकाबन्दी नै लगायो । मधेस आन्दोलनकाबेला भारतले नाकाबन्दी लगाएका कारण नै भारतप्रति नेपालको असन्तुष्टी बढेको हो । दुई देशबीचको सम्बन्ध सुधारका लागि राज्यको तर्फबाट निकै नै मेहनत गरिए पनि आम नागरिकको भने भारतप्रतिको दृष्टिकोणमा सुधार आएको छैन । नाकाबन्दी गर्नेसम्मको भारतीय रबैयाका कारण नै कार्यकारी प्रमुख नभए पनि भारतीय राष्ट्रपतिको भ्रमणका क्रममा विरोधले समाजिक सञ्जालका भित्ताहरु रंगिए । नेपालको संविधान जारी भएसँगै असन्तुष्ट बनेको भारतसँगको सम्बन्ध सुधारका लागि नेपालले पनि निकै प्रयत्न गर्यो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीदेखि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्मले सम्बन्ध सुधारका लागि भन्दै भारत भ्रमण गरे । तर ती प्रयत्नहरु पनि पूर्ण हुन नसकेकै कारण सम्बन्ध सुधारका थुप्रै प्रयासहरु भइरहेका छन् । यसैक्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको तीन दिने राजकीय भ्रमण गरे । भारतीय राष्ट्रपतिको भ्रमण पनि दुई देशबीचको सम्बन्ध सुधारकै लागि कोशेढुंगा सावित हुने सत्ता पक्षधर नेताहरुको भनाइ थियो । मुखर्जीको भ्रमण सम्बन्ध सुधारका लागि भनिए पनि भारतीय राष्ट्रपतिलेसमेत नेपालको संविधान समावेशी नभएको संकेत गरे । सबै पक्षले स्वीकार गर्ने संविधान आवश्यक भन्दै मुखर्जीले पनि समावेशीतामै जोड दिए । यसको अर्थ मधेसवादी दलहरुलाई पनि स्वीकार्य हुने संविधान चाहिने उनको आशय स्पष्ट थियो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपतिसहित सबै दलका नेता र पूर्व प्रधानमन्त्रीसँग भेटेर मुखर्जीले संविधानकै विषयमा कुराकानी गरे । संविधान संशोधन गरेर असन्तुष्ट पक्षको माग सम्बोधन गर्नुपर्नेमा नै मुखर्जीले जोड दिए । सबैलाई समेटेर अघि बढ्न उनले सत्ता पक्षका नेताहरुलाई आग्रह गरे भने संविधान संशोधनसम्म पर्खिन मधेसवादी दलहरुलाई सुझाव दिए । यो बाहेक भारतीय राष्ट्रपतिको नेपाल भ्रमणबाट नेपालले अन्य कुनै उपलब्धी हासिल गर्न नसकेको विज्ञहरुको भनाइ छ । १८ वर्षपछि राष्ट्रपतिबाट भएको भ्रमणले सम्बन्धमा भने केही सुधारको संकेत देखिएको छ । पछिल्लो समय भारतले नेपाल–भारतका विभिन्न सन्धि सम्झौताहरुका सन्दर्भमा छलफल गर्ने तहसम्म पुग्नुलाई पनि सकारात्मक नै मानिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending