Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

भारतीय राष्ट्रपतिको भ्रमणबाट नेपालले के पायो ?

\"mukharjee\"काठमाडौं, २० कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको तीन दिने राजकीय भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किए । भारतीय राष्ट्रपतिको नेपाल भ्रमण १८ वर्षपछि भएको थियो । यसअघि भारतीय पूर्व राष्ट्रपति केआर नारायणन्ले नेपाल भ्रमण गरेका थिए । भारतीय राष्ट्रपतिले यस्तो समयमा नेपाल भ्रमण गरेका छन् कि जतिबेला नेपाल–भारतबीचको सम्बन्धमा केही असन्तुलन देखिएको थियो । नेपालमा गत वर्ष असोज ३ गते नयाँ संविधान जारी भएपछि दिल्लीले असन्तुष्टी जनाएको थियो । प्रदेशको सीमाकंन तथा संविधानप्रति असन्तुष्ट जनाउँदै मधेसवादी दलहरुले लामो समय मधेस आन्दोलन चर्काए । मधेस आन्दोलनसँगै भारतले पाँच महिना नाकाबन्दी नै लगायो । मधेस आन्दोलनकाबेला भारतले नाकाबन्दी लगाएका कारण नै भारतप्रति नेपालको असन्तुष्टी बढेको हो । दुई देशबीचको सम्बन्ध सुधारका लागि राज्यको तर्फबाट निकै नै मेहनत गरिए पनि आम नागरिकको भने भारतप्रतिको दृष्टिकोणमा सुधार आएको छैन । नाकाबन्दी गर्नेसम्मको भारतीय रबैयाका कारण नै कार्यकारी प्रमुख नभए पनि भारतीय राष्ट्रपतिको भ्रमणका क्रममा विरोधले समाजिक सञ्जालका भित्ताहरु रंगिए । नेपालको संविधान जारी भएसँगै असन्तुष्ट बनेको भारतसँगको सम्बन्ध सुधारका लागि नेपालले पनि निकै प्रयत्न गर्यो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीदेखि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्मले सम्बन्ध सुधारका लागि भन्दै भारत भ्रमण गरे । तर ती प्रयत्नहरु पनि पूर्ण हुन नसकेकै कारण सम्बन्ध सुधारका थुप्रै प्रयासहरु भइरहेका छन् । यसैक्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको तीन दिने राजकीय भ्रमण गरे । भारतीय राष्ट्रपतिको भ्रमण पनि दुई देशबीचको सम्बन्ध सुधारकै लागि कोशेढुंगा सावित हुने सत्ता पक्षधर नेताहरुको भनाइ थियो । मुखर्जीको भ्रमण सम्बन्ध सुधारका लागि भनिए पनि भारतीय राष्ट्रपतिलेसमेत नेपालको संविधान समावेशी नभएको संकेत गरे । सबै पक्षले स्वीकार गर्ने संविधान आवश्यक भन्दै मुखर्जीले पनि समावेशीतामै जोड दिए । यसको अर्थ मधेसवादी दलहरुलाई पनि स्वीकार्य हुने संविधान चाहिने उनको आशय स्पष्ट थियो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपतिसहित सबै दलका नेता र पूर्व प्रधानमन्त्रीसँग भेटेर मुखर्जीले संविधानकै विषयमा कुराकानी गरे । संविधान संशोधन गरेर असन्तुष्ट पक्षको माग सम्बोधन गर्नुपर्नेमा नै मुखर्जीले जोड दिए । सबैलाई समेटेर अघि बढ्न उनले सत्ता पक्षका नेताहरुलाई आग्रह गरे भने संविधान संशोधनसम्म पर्खिन मधेसवादी दलहरुलाई सुझाव दिए । यो बाहेक भारतीय राष्ट्रपतिको नेपाल भ्रमणबाट नेपालले अन्य कुनै उपलब्धी हासिल गर्न नसकेको विज्ञहरुको भनाइ छ । १८ वर्षपछि राष्ट्रपतिबाट भएको भ्रमणले सम्बन्धमा भने केही सुधारको संकेत देखिएको छ । पछिल्लो समय भारतले नेपाल–भारतका विभिन्न सन्धि सम्झौताहरुका सन्दर्भमा छलफल गर्ने तहसम्म पुग्नुलाई पनि सकारात्मक नै मानिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies