Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

मोसुलमा बिद्रोहीको प्रतिरोधपछि सरकारी सेना पछि हट्यो

\"mosul-ira\"मोसुल, २० कात्तिक । इराकी विशेष फौजले मोसुल सहरमा जिहादी विद्रोहीविरुद्ध सशक्त कारबाही सञ्चालन गरे पनि विद्रोहीले गरेको कडा प्रतिकारपछि सरकारी सेनाका केही टुकडी आंशिकरुपमा पछाडि हटेका छन् । केही दिनदेखि जारी राखिएको कारबाहीका क्रममा शुक्रबार केही घण्टा जिहादी विद्रोहीलाई दबाव दिन सफल भएपनि विद्रोहीको सशक्त प्रतिकारपछि इराकी सेनाको विशेष गाडी ‘काउन्टर टेररिज्म सर्भिस’ (सीटीएस) अल कारामाहस्थित सडकबाट पछाडि फर्किन बाध्य भएको एएफपी जनाएको छ । कारबाहीमा संलग्न एक सैनिक अधिकारीले बताए, “हामीले जिहादी विद्रोहीबाट यति सशक्त रुपमा प्रतिकार हुन्छ भन्ने सोचेका थिएनौँ । उनीहरु (विद्रोही) ले सम्पूर्ण सडकलाई अवरुद्ध पारेकाले शुक्रबार अगाडि बढ्ने अवस्था आएन । ” “अब हामी नयाँ योजना बनाएर पुनः कारबाही सञ्चालन गर्ने छौँ,” सीटीएसका सुरक्षा अधिकारीले भने । अक्टुबर १७ मा व्यापक तयारी साथ बुलडोजर तथा ट्याङ्क गाडी, हवाई आक्रमण सामग्रीसहित मोसुलतर्फ अघि बढेको गाडी शुक्रबार मोसुलभित्र प्रवेश गरेका थिए । दुई बर्ष पहिले विद्रोहीले मोसुल सहर कब्जामा लिएपछि त्यहाँबाट बाहिरिएको सीटीएसको ‘मोसुल रेजिमेन्ट’ पहिलो पटक मोसुल क्षेत्रमा प्रवेश गरेको तर विद्रोहीको कडा प्रतिकारपछि आंशिक रुपमा पछाडि हट्न बाध्य भएको सरकारी सेनाका कमान्डर मुन्ताधर सालेमलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । मोसुल क्षेत्रमा करिब तीन हजारदेखि पाँच हजारको सङ्ख्यामा विद्रोही लडाकू रहेको सरकारी सेनाको अनुमान छ । मोसुल सहरमा करिब १० लाख मानिस बसोबास गर्छन् । इराकको राजधानी बग्दादबाट चार सय किलोमिटर उत्तरमा अवस्थित मोसुल सहर सन् २०१४ को जुनबाट आइएस लडाकू समूहले कब्जामा लिएका थिए । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending