Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

चिसो बढ्यो, उपल्लो मुस्ताङी बेँसी झर्न थाले

\"mustang\"मुस्ताङ, २० कात्तिक । मुस्ताङमा पछिल्लो एकहप्तामा ह्वात्तै चिसो बढेको छ । चिसो बढेसँगै उपल्ला क्षेत्रका छ गाविसका सर्वसाधारण धमाधम बेँसी झर्न थालेका छन् । हिउँदे अन्नबाली थन्काएर लोमान्थाङ, छोसेर, छोण्हुप, घमी, सुर्खाङ र चर्राङ गाविसका १६ देखि ४० वर्ष उमेर समूहका सर्वसाधारण बेँसी झर्न थालेका हुन् । उनीहरुले कात्तिक दोस्रो हप्तादेखि फागुन अन्तिम सातासम्म म्याग्दी, बाग्लुङ, पर्वत, पोखरा, तनहुँ, काठमाडौँ र भारतसम्म पुगेर घुम्ती व्यापार गर्दछन् । यी गाविसमा करिब चार महिना वस्तुभाउको हेरचाह गर्न एक दुईजना वृद्धवृद्धा मात्रै रहन्छन् । स्कुले विद्यार्थी घुम्ती विद्यालयमा अध्ययन गर्न पोखरा झरिसेकका छन् । छ गाविसमा १२ भन्दा बढी विद्यालयले पोखराको लेखनाथ, बाग्लुङ बसपार्क र चिसापानीमा घुम्ती विद्यालयको शिविर सञ्चालन गरिसकेका छन् । चिसो बढेकाले फापर, जौँ, गहुँ र कोदो जस्ता अन्नबाली थन्काएर सर्वसाधारण धमाधम बेँसी झर्न थालेको छोसेरका स्थानीय लाम्पा छिरिङ गुरुङले जानकारी दिए । “हामीले तीन महिनासम्म घुम्ती व्यापार गर्छौं, केही रकम बचत गरेर किनमेल गरेर फर्कन्छौँ”, उनले. भने ,“चिसोले हाम्रो गाउँमा खासै अन्नबाली हुँदैन, व्यापारबाट आम्दानी गरेर त्यसैबाट जिविका चलाउने हो ।” घुम्ती व्यापारमा उनीहरुले मुस्ताङमा पाइने जिम्बु, भारतबाट ल्याइएका विभिन्न किसिमका लत्ताकपडा, सिद्रा, सियो, मालालगायतको व्यापार गर्ने गरेका छन् । चिसो बढेसँगै बिहान र बेलुकी सदरमुकाम जोमसोमलगायतका आसपासका क्षेत्रमा आगो तापेर बस्ने समूहसमेत बढ्न थालेका छन् । चिसोका कारण मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या कम हुँदै गएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending