Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

प्रकाश दाहालसहित विप्लव माओवादी नेता प्रहरीको नियन्त्रणमा

\"biplab-lainchaur\"काठमाडौ, १९ कार्तिक । भारतीय सेनामा कार्यरत नेपालीलार्ई जोखिमपूर्ण क्षेत्रबाट फिर्ता गर्नुपर्ने र गोरखा भर्ति केन्द्र बन्द गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका वैद्य माओवादीका पोलिटब्युरो सदस्य अनिल शर्मा विरहीसहित १४ जनालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । गत कात्तिक १५ गतेका दिन जम्मुकश्मिरको राजौरी—बालकोट— मेंढर नजिकको ‘लाइन अफ कन्ट्रोल’मा भारतीय सेनामा कार्यरत नेपालका विमल तामाङको मृत्यु भएपछि गोरखा भर्ती बन्द गर्नुपर्ने माग गर्दै सो पार्टीले आज शान्तिबाटिकामा प्रदर्शन गर्ने क्रममा प्रहरी र माओवादी कार्यकर्ताबीच झडप भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले प्रदर्शनको क्रममा १३ जनालाई पक्राउ गरिएको जानकारी दिए । शान्ति सुरक्षालाई ध्यानमा राखी उनीहरुलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ । माओवादीका केन्द्रीय सदस्य गुणराज लोहनीले पोलिटब्युरो सदस्य शर्मासहित आकाश भेटवाल, प्रकाश दाहाल, रवि गोले, साहस भट्ट, टङ्क जोशी, ध्रुव अधिकारी, प्रकाश अधिकारीलगायत १४ जनालाई पक्राउ गरिएको जानकारी दिए । शान्तिबाटिकाबाट जुलुससहित लैनचौरस्थित नेपालका लागि भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेकामा शान्तिबाटिकामा प्रहरी हस्तक्षेपपछि ज्ञापनपत्र बुझाउने आजको कार्यक्रम स्थगित भएको केन्द्रीय सदस्य लोहनीले बताए । माओवादीले नेपाली गोर्खालाई समान सुविधा प्रदान गर्न र गोर्खा भर्ति केन्द्र बन्द गर्न माग गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending