Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कांग्रेसको पदाधिकारी बैठक, सभापति देउवा र बरिष्ठ नेता नै अनुपस्थित !

काठमाडौं । सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेण्डा तय गर्न बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पार्टी सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल नै अनुपस्थित भएका छन् । आइतबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा सभापति देउवा र नेता पौडेल अनुपस्थित रहेका थिए । देउवा कार्यव्यस्ता र पौडेल तनहुँमा छन् रहेको कारण बैठकमा नआएको कार्यलय मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताए ।

आगामी महाधेशनको बारेमा छलफल गर्न बैठक बोलाइएको थियो । क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम र समायोजनबारेका काममा बैठक केन्द्रीत रहेको प्रवक्ता विश्वप्रकास शर्माले बताएका छन् ।

आजको बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन समितिले हालसम्म गरेका काम र उत्पन्न समस्याबारे बिफ्रिङ गरेका थिए।

यस्तै केन्द्रीय क्रियाशील छानविन समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यता वितरण सम्बन्धमा देखिएका समस्याबारे जानकारी गराएका थिए। कांग्रेसको ६ जिल्लामा विवादको कारण क्रियमाशील सदस्यता वितरण तथा समायोजनको काम ठप्प रहेको छ । सिन्धुपाल्चोक जिल्लामा त समायोजनकै काममा विवाद हुँदा क्रियाशील फारम नै पुगेको छैन।

चैत १० गतेसम्म क्रियाशी वितरण गरी केन्द्रमा जानकारी दिन निर्देशन दिए पनि विभिन्न जिल्ला कार्यसमितिले क्रियाशी सदस्यता वितरण गर्न सकेका छैनन्।गत शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले चैत ३० गतेसम्म क्रियाशील बाँड्न भने पनि यो अवधिमा थप क्रियाशील वितरण हुन सकेन।

‘अब कति दिन थप गर्दा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका साथै विवरण इन्ट्री भइसक्छ भन्नेबारे आज सामान्य छलफल भएको भोलि केन्द्रीय समितिले यसबारे निर्णय गर्ने प्रवक्ता शार्माले बताएका छन् ।

भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकले माहाधिवेशनको कार्यतालिकामा केही हेरफेर सम्बन्धि निर्णय हुन सक्ने बताइएको छ ।
कांग्रेसले भदौ ७ देखि १४ औं महाधिवेशन गर्ने भने पनि पटकपटक महाधिवेशन कार्यतालिका प्रभावित भइरहेको छ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies