Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा ९४८ जनाको उपचार

खोटाङ । दिक्तेलमा सम्पन्न तीनदिने निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा करिब एक हजार आँखाका बिरामीले सेवा लिएका छन् । दिक्तेलस्थित जिल्ला अस्पताल खोटाङमा आयोजना गरिएको आँखा उपचार शिविरमा १४२ को शल्यक्रिया, १३५ लाई चश्मा वितरण तथा ८०४ जना आँखाका बिरामीले साधारण उपचार र निःशुल्क औषधि पाएका छन् ।

यही चैत २६ गतेदेखि सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा जिल्लाका २०० ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मासमेत वितरण गरिएको जनाइएको छ । नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखा खोटाङको आयोजना तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।

उपचारमा आएका बिरामीलाई खाना तथा बासको समेत व्यवस्था गरिएको शिविरमा आँखा अस्पताल लहानका शल्य चिकित्सक डा महेश्वर चौधरीको नेतृत्वमा १३ स्वास्थ्यकर्मीको टोली आएको थियो । शिविरमा आएका अधिकांश आँखाका बिरामीमा मोतियाविन्दुको समस्या देखिएको आयोजक नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूले जानकारी दिए ।

आफ्नै जिल्लामा निःशुल्क शल्यक्रियासहित आँखा उपचार शिविर सञ्चालन भएपछि आँखाका बिरामी लाभान्वित भएका छन् । विगत चार वर्षदेखि मोतियाविन्दुका कारण बन्द रहेको आँखाले शल्यक्रियापछि देख्न थालेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी ९० वर्षीया रामशोभा राईले बताए ।

दिक्तेलमा आयोजना गरिएको शिविरमा जिल्लाका १० वटै स्थानीय तह तथा छिमेकी जिल्ला भोजपुरका बिरामीसमेत सहभागी भएको आयोजकले जनाएको छ । शिविरमा जिल्लास्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङसहित विभिन्न सङ्घसंस्थाका पदाधिकारीले स्वयंसेवकका रूपमा सहयोग गरेका थिए । यसअघि रावाबेँसी गाउँपालिकामा आयोजना गरिएको शिविरमा ७२५ जनाको उपचार गरिएको थियो । गाउँपालिकाको आर्थिक सहयोगमा यही चैत २१, २२ र २३ गते सञ्चालन गरिएको शिविरमा ४२ जनाको शल्यक्रिया गरिएको जनाइएको छ ।

नेत्रज्योति सङ्घले जिल्लाका अन्य स्थानीय तहमा समेत यसै वर्ष निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविर सञ्चालन गरेको थियो । विसं २०६० मा स्थापना भएको सङ्घले हरेक वर्ष जिल्लामा निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविर सञ्चालन गर्दै आएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आँखा बिरामीको सङ्ख्या ४४ हजारभन्दा बढी रहेको जनाइएको छ । नेत्रज्योति सङ्घअन्तर्गत आँखा अस्पतालले आर्थिक वर्ष २०७६/७७ गरेको ¥याप सर्वेक्षणमा उक्त तथ्याङ्क देखिएको हो ।

तथ्याङ्कानुसार जन्मजात दृष्टिदोष, बालअन्धोपन, मोतियाविन्दु, जलविन्दु, खस्रेरोग, भिटामिन एको कमी, रतन्धोलगायतका समस्या देखिएका छन् । विसं २०६८ को जनगणनाअनुसार खोटाङको कूल जनसङ्ख्या दुई लाख छ हजार ३१२ रहेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies