Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

आजदेखी बल्न थाल्यो नागस्थानमा ट्राफिक लाईट

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय वाणिज्य वैंकसँग समन्वय गरि नागस्थानमा नयाँ ट्राफिक लाईट जडान गरी आजदेखि सञ्चालनमा ल्याएकोछ । नयाँ जडान गरिएको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्‍घाटन गरे ।

\"\"

ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गरि आवागमनमा सहजता ल्याउन चोक चोकमा ट्राफिक लाईट जडान गर्ने कार्यलाई तीव्रता दिइदै आएका छौं । प्रबिधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम गर्न र दुर्घटना न्युनिकरण समेत हुने एसएसपी भट्टराईले बताए । हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधि तर्फ लग्न प्रयासरत छौ, यसको लागी सरकारी निकायका साथै बैंक बित्तिय संघसंस्थाहरु सँग समन्वय एव सहकार्यलाई निरन्तरता दिदै बिभिन्न चोकहरुमा एक पछि अर्को ट्राफिक लाईट जडान भैरहेका छन, त्यसैको परिणाम स्वरुप राष्ट्रिय बाणिज्य बैंकको सहयोगमा आजदेखि नागस्थानमा लाईट जडान संचालनमा ल्याउन सफल भएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै बिभिन्न क्षेत्रमा सहयोगी कार्यहरु भैरहेका छन । महाशाखाको समन्वयमा लामो समयसम्म प्रत्यक्ष लाभ हुने र दैनिक सडक व्यवस्थापनमा हुने समस्यालाई ट्राफिक लाईटले सहयोगी भुमिका खेल्ने बताए । श्रेष्ठले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने र सहकार्यको लागी हामी सदैव तत्पर रहेको समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै का.म.न.पा. वडा नं २२ का अध्यक्ष चिनकाजी महर्जनले पछिल्ला दिनहरुमा महाशाखाले बिभिन्न निकायहरुसँग सहकार्य गरि चोक चोकमा ट्राफिक लाईट जडान गरि प्रबिधीको प्रयोगलाई महत्व दिइ बिभिन्न समस्याहरुका बाबजुद सडक प्रयोगकर्ताको सेवा सुबिधामा अहोरात्र खटिदै आएकोमा बिशेष धन्यबाद्‌ समेत दिए । अध्यक्ष महर्जनले ट्राफिक प्रहरीका पछिल्ला गतिबिधि एव कार्यले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा खेलेको महत्वपुर्ण भुमिकाको समेत प्रशंसा गरे । उद्‌घाटन कार्यक्रममा महाशाखा प्रमुख, बैंकका पदाधिकारी, वडा अध्यक्ष र अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

आजदेखी संचालनमा आएको ट्राफिक लाईट समेत गरि उपत्यकाको मुख्य मुख्य ३२ वटा चोकहरुमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन हुने छ । ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाईट जडानको लागी समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।

प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारी, प्रवक्ता, ९८५१२८०९५५, महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies