
माधव समूहको केन्द्रीय कमिटी बैठक केही बेरमा बस्दै, विधान अनुसार बैठक बोलाउन दवाव दिने

-
-
चैत १३ गते, २०७७ - १०:५१

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला बेला माधव माधब समूहले आफु पक्षीय केन्द्रीय कमिटी बैठक आज बोलाएको छ । काठमाडौं उपत्यकाभित्र रहेका उपलब्ध केन्द्रीय कमिटीलाई आमन्त्रण गरिएको सो समूहको बैठक काठमाडौँको कलंकीस्थित एक पार्टी प्यालेसमा बस्ने जनाईको छ ।
बैठकमा पार्टीभित्र देखिएको समस्याका बारेमा छलफल हुने नेता युवराज ज्ञवालीले जानकारी दिएका छन् । ओली पक्षले एकलौटी ढंगबाट पार्टी कब्जा गर्न खोजेको, फागुन २८ गते बालुवाटारमा गुटको बैठक राखि नवौं महाधिवेशनले पारित गरेको विधान विपरित केन्द्रीय कमिटी विस्तार गरेको, निर्वाचित पदाधिकारीको पद खारेज गरेको, विधान संशोधन गरी हिटलर बन्न खोजेको माधव समूहले आरोप लगाएका छन् । सो निर्णय खारेज नभइ बालुवाटार नछिर्ने घोषणा गरेको माधव समूहले अब कसरी अगाडि बढ्ने भन्ने बारे छलफल हुने नेता ज्ञवालीले बताएका छन् ।
माधव समूहले आज बोलाएको बैठकमार्फत सर्वोच्चको फैसलापछि पूर्ववत अवस्थामा एमाले विधानअनुसार केन्द्रीय समिति बैठक बोलाउन ओलीसमक्ष आग्रह गर्ने निर्णय गर्ने ज्ञवालीले जानकारी दिए ।
गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एकतालाई मान्यता नदिएसँगै माओवादी केन्द्र र एमाले पूर्ववत अवस्थामा फर्किएका छन् ।
त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूपक्षीय भेला गरेर माधव पक्षका नेताहरुको जिम्मेवारी खोस्नुका साथै, विधान संशोधनका लागि प्रस्ताव र अर्को पार्टीका २३ नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
माधव समूहले उक्त निर्णय ओलीले पार्टी विधान विपरित गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । ओलीको अवैधानिक कदम नसच्चिएसम्म संघर्ष जारी राख्ने बताउँदै आएको सो समूहले देशव्यपी समानन्तर कमिटी गठन गर्दै आएको छ।
यसअघि गत साता ओलीले बोलाएको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठकमा माधव पक्षका नेताहरु सहभागी भएका थिएनन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्रधानमन्त्री ओलीले झुटको खेती गर्नुभयो : वरिष्ठ नेता नेपाल
झापा । नेपाल कम्यूनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष...यी सात अनलाईन न्यूजपोर्टललाई २४ घण्टे स्पष्टीकरण
काठमाडौ । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा...बस र टिपर ठोकिँदा पाँच जनाको मृत्यु, ४१ घाइते
राँझा । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा आज साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु...फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति
खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी...उपचारका क्रममा कोरोना सङ्क्रमित युवकको मृत्यु
पर्सा । कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा...आजको राशिफल : यी राशिका लागि आजको दिन शुभ
वि।सं।२०७७ साल चैत्र ३१ गते । मंगलबार । ईश्वी सन् २०२१ अप्रिल १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर...काठमाडौँका यी पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने
काठमाडौ । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच...यसरी कोरोनाले फेरिदियो जिन्दगीको बाटो
गलेश्वर । काठमाडौँमा होटल व्यवसाय गरी बसेका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर...चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै
भिमेश्वर । नेपालको स्वीजरल्याड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डाको चरिकोटबाट नाम्दुबजारसम्म...नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने
काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...

प्रतिकृया लेख्नुहोस्:
- प्रधानमन्त्री ओलीले झुटको खेती गर्नुभयो : वरिष्ठ नेता नेपाल
- कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई समर्थन गर्ने
- एकताको सन्देश सिङ्गो देशलाई प्रवाह गर्न मलाई विश्वसको मत दिनोस : मुख्यमन्त्री शाही
- सर्वोच्च अदालतका प्रस्तावित न्यायधीशलाई सांसदहरुको प्रश्नः अदालतमा बेन्च सेटिङ हुन्छ कि हुदैन ?
- हाम्रो आन्तरिक मामिलामा चासो देखाएर सम्बन्ध नबिगार्नोस : यमलाल कंडेल
- प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, कोरोना महामारीबारे छलफल हुने
- शिक्षा मन्त्रालयको आग्रहः स्वास्थ्य मामदण्डमा ध्यान दिइ सिफ्टमा विद्यालय सञ्चालन गर्नु
- मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने एमाले कर्णाली संसदीय दलको निर्णय
- प्रधानमन्त्री ओली राष्ट्रहित विपरित गतिविधिमा लागेका छन् : अध्यक्ष प्रचण्ड
- वाग्मती प्रदेश एमालेद्वारा १५ सदस्यीय संसदीय बोर्ड गठन, प्रमुख सचेतकमा केशव पाण्डे
- कर्णाली प्रदेश कांग्रेस अझै अनिर्णित, संसदीय दलको बैठक विनानिष्कर्ष सकियो
- कोरोना संक्रमित देखिएको विद्यालय एक हप्ता बन्द गर्ने काठमाडौ महानगरपालिकाको निर्णय
- पछिल्लो एक सातामा ३०० बालबालिकामा कोरोना संक्रमित, पठनपाठन ठप्प
- कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिदै, विपक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गर्ने
- भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर